तस्विरः इन्द्रजीत थारु
लगातारको झरीले दाङको देउखुरी उपत्यका जलमग्न भएको छ । ४ दिन लगातार वर्षाको कारण देउखुरी उपत्यका अधिकांश बस्ती डुबानमा परेको छ । साथै, धानबाली चौपट भएको छ ।
जिल्लाको आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार दाङमा अहिलेसम्म करिब साढे तीन हजार घर डुबानमा परेका छन् । देउखुरीको राप्ती नदी र आसपासका खोलाका कारण लमही नगरपालिकाका साथै राप्ती, गढवा र राजपुर गाउँपालिका विभिन्न बस्ती डुबानमा परेका हुन् ।
घर कम डुबान भए पनि सबैभन्दा बढी गढवा गाउँपालिका प्रभावित भएको स्थानीय पुरन चौधरीले बताए । चौधरीका अनुसार गढवा–५ को बोधीपुर, धर्मापुर, लोखरपुरवा, लालपुर र गढवा–७ कान्छीगाउँ, झारबैरा लगायतको बस्तीमा बाढी पसेको छ ।
लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेको छ । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८ सय, राप्ती गाउँपालिकामा ६ सय र गढवा गाउँपालिकामा साढे ६ सय घर डुबानमा परेका छन् ।
राप्ती नदीमा पानीको बहाव बढेकाले कालापानी, पिपरखुट्टी, बगरापुर, सगरापुर, पहरुवा, लट्ठहवा, डोंरही, सिसहनिया लगायतका गाउँ डुबानमा परेको स्थानीय शिवहरि चौधरीले बताए ।
तस्विरः इन्द्रजीत थारु
त्यस्तै बाढीका कारण २ सय बढी घर पूर्ण रुपमा भत्किएका छन् । त्यस्तै बस्तीमा पसेको बाढीका कारण २ सय ४० जनालाई उद्धार गरेर सुरक्षित स्थानमा सारिएको जिल्ला आपतकालीन कार्य सञ्चालन केन्द्रले जानकारी दिएको छ ।
दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।
दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् ।
दाङमा अहिलेसम्म करिब तीन हजार बढी घर डुबानमा परेका छन् । जिल्लाका आपतकालीन कार्य सञ्चालन केन्द्रका अनुसार राप्ती, बबई नदी र अन्य खहरे खोलामा आएको बाढी बस्तीमा पस्दा ३ हजार ५ सय ३७ घर डुबानमा परेका छन् ।
तस्विरः पुरन चौधरी
दाङको देउखुरी उपत्यकाको लमही नगरपालिकामा सबैभन्दा धेरै बस्तीहरु डुबानमा परेका छन् । लमही नगरपालिकामा १ हजार ३९५, राजपुर गाउँपालिका ८००, राप्ती गाउँपालिकामा ६१० र गढवा गाउँपालिकामा ६६० घर डुबानमा परेका छन् ।
शनिबार पानी पर्न रोकिएकाले डुबान परेका बस्तीमा पानीका सतह क्रमशः घट्दै गएको स्थानीय पत्रकार दशरथ घिमिरेले बताए ।
भारी वर्षाले खसेको पहिरोका कारण विभिन्न ठाउँमा सडक अवरुद्ध हुनुका साथै विद्युतीय संरचनामा समेत क्षति पुगेको छ । पहिरोबाट दाङको लमही–घोराही १३२ केभी प्रसारण लाइनको टावर ढलेको छ । स्थानीयले मोवाइल समेत चार्ज गर्न पाएका छैनन् ।
यसैबीच पूर्व सांसद योगेन्द्र चौधरीले विपत्तिमा यो पार्टी र त्यो पार्टी नभनी देउखुरी उपत्यकाका बाढीपीडितलाई सक्दो सहयोग गर्न सबैसँग आग्रह गरेका छन् । उता लुम्विनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजीत थारु बाढीपीडितको उद्धारमा आफै खटिए ।
तस्विरः पुरन चौधरी
प्रकाशित:
१३९२ दिन अगाडि
|
२२ असोज २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९