Above News Title

नवलपुर र बर्दियाका काँग्रेस समर्थक थारूहरूबाट बागीको तयारी !

काँग्रेस महासमिति सदस्य मिनराज चौधरी भन्छन्ः निर्णय नसच्चिए विद्रोह गरेर स्वतन्त्र चुनाव लड्ने तयारी
नवलपुर र बर्दियाका काँग्रेस समर्थक थारूहरूबाट बागीको तयारी  !

नवलपुरका काँग्रेस समर्थक थारुहरुले कम्तिमा पनि प्रत्यक्षतर्फ नवलपुर क्षेत्र नं २ क मा एकजना थारु समुदायका नेतालाई प्रदेश उम्मेदवार उठाउन पत्रकार सम्मेलन मार्फत् ध्यानाकर्षण गराएका छन्। 

आम थारु नेपाली काँग्रेस पार्टी भेला आयोजक समितिका नवलपुरका संयोजक कमलराज गुरौबाट हस्ताक्षरित ५ बुँदे विज्ञप्ती जारी गर्दै शनिबार डण्डामा गरिएको पत्रकार सम्मेलन मार्फत उक्त ध्यानकर्षण  गराएका हुन्।

बिगत भाद्र १४ गतेदेखि पार्टीलाई उम्मेदवारको नामावली सिफारिस पठाउँदासमेत पार्टीले बेवास्ता गरेको र आइतबार असोज २३ गतेसम्म पनि माग सम्बोधन नभए नवलपुरका थारु काँग्रेसहरु गम्भीर निर्णय लिने पत्रकार सम्मेलनमा बताइयो ।

यसै गरी बर्दिया २ को कुनै एक प्रदेशमा काँग्रेसबाट थारु समुदायले टिकट नपाए विद्रोह गर्न सकिने उम्मेदवार सिफारिस गरिएका मिनराज चौधरीले ढकियाखबरलाई बताएका छन् । 

काँग्रेस महासमिति सदस्य समेत रहेका मिनराज स्थानीय चुनावमा बर्दियाको गेरुवा गाउँपालिकाबाट अध्यक्षको आंकाक्षी थिए । तर प्रदेश सभामा लाने भन्दै उनलाई थामथुम पारियो ।

यसपाली बर्दिया २ प्रदेश सभा ख बाट मिनराजले टिकट पनि पाएका थिए । तर बर्दिया २ को संघीय तथा प्रदेशको दुबै सिट गठबन्धनको माओवादीलाई गएपछि काँग्रेसले सुरुमै हात धुनु पर्यो । बर्दिया २ बाट आंकाक्षी काँग्रेस सहमहामन्त्री किशोरसिंह राठौर बाँके ३ बाट संघीय उम्मेदवार भई आफूलाई सुरक्षित गराएका छन् ।

काँग्रेस महासमिति सदस्य मिनराज चौधरीले भने, ‘सबै कुरा केन्द्रले मात्रै थोपरेर हुँदैन । स्थानीय अवस्था पनि बुझ्नुपर्छ । निर्णय नसच्चिए विद्रोह गरेर स्वतन्त्र चुनाव लड्ने तयारी गरेका छौं ।’ बर्दियाका असन्तुष्ट काँग्रेस थारुहरुको शनिबार बैठक बसेको थियो । 

प्रकाशित:

१३९२ दिन अगाडि

|

२२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९