नागरिक उन्मुक्ति पार्टीले मुख्य पकड रहेको कैलाली, कञ्चनपुर, बर्दिया र दाङमा उम्मेदवार टुङ्गो लगाएको छ ।
आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका प्रत्यक्षतर्फ यी जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ ।
रेशम चौधरी बर्दिया २ बाट
२ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं २ बाट संघीय तर्फबाट पार्टीका सर्वोच्च कमाण्डर रेशम चौधरी, प्रदेश क बाट धर्मबहादुर चौधरी, प्रदेश ख दर्पण कुसुम्या रहेका छन् । कुसुम्या चर्चित गायक हुन्
बर्दिया क्षेत्र न १ डा प्रदीप ढकालको नाम चर्चामा आए पनि कान्तिपुर दैनिकमा लामो समय पत्रकारिता गरेका ठाकुरसिंह थारुले बाजी मारेका छन् । यस क्षेत्रमा संघीयबाट पत्रकार थारुबाहेक प्रदेशबाट भने टुंगो लागेको छैन ।
कैलालीमा को को ?
पार्टी प्रवक्ता दामोदर पण्डितका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली–१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरी संघीयबाट तथा प्रदेश क बाट पार्टीका जिल्ला अध्यक्ष कैलाश चौधरी, प्रदेश ख बाट पार्टीका संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरी रहेका छन् ।
त्यस्तै, क्षेत्र नं २ बाट संघीयतर्फ अरुण चौधरी, प्रदेश क बाट रतन थापा र प्रदेश ख बाट रामेश्वर चौधरी रहेका छन् । रतन थापा एमाले कैलालीका निवर्तमान जिल्ला अध्यक्ष तथा निवर्तमान प्रदेश सांसद हुन् भने रामेश्वर चौधरी पेट्रोल पम्पका मालिक हुन् ।
उता क्षेत्र नं ३ बाट संघीयतर्फ गंगा चौधरी, प्रदेश क बाट घनश्याम चौधरी उम्मेदवार रहेका छन् भने प्रदेश ख बाट नाम टुंगो लागेको छैन । यहाँबाट इन्दु थारुको नाम कन्फर्म भए पनि उनलाई अहिले समानुपातिक तर्फको बन्द सूचीमा राखिएको छ ।
क्षेत्र नं ४ बाट संघीय तर्फ पूर्व सांसद कैया चौधरी प्रदेश क बाट राजेन्द्र देवकोटा तथा प्रदेश ख बाट कमलराज भट्ट उम्मेदवार रहेका छन् ।
सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं ५ बाट संघीयबाट लक्ष्मण थारुलाई उम्मेदवार बनाएको छ । त्यस्तै, क्षेत्र नं ५ प्रदेश क बाट श्रीराम चौधरी, प्रदेश ख बाट गोठुराम चौधरी रहेका छन् ।
कञ्चनपुर जिल्लाबाट यी हुन् उम्मेदवार
३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट नागरिक उन्मुक्ति पार्टीले क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार रानालाई संघीय सांसदको उम्मेदवार तय गरेको छ । क्षेत्र नं २ बाट डा फूलराम चौधरी तथा ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भए पनि अझै कन्फर्म हुन सकेको छैन । डा फूलराम चौधरीकी धर्मपत्नी गीता चौधरी सुदूरपश्चिम प्रदेशबाट नेपाली काँग्रेसको तर्फबाट प्रदेशसभाको समानुपातिकमा पहिलो नम्बरमा परेपछि उनी दोधारमा परेका छन् ।
दाङबाट सुरेन्द्र चौधरी
दाङदेउखुरीबाट संघीयबाट प्रत्यक्षतर्फ क्षेत्र नं १ मा सुरेन्द्र चौधरी, क्षेत्र नं २ मा रेशम चौधरी तथा क्षेत्र नं ३ मा कुमार चौधरी उम्मेदवार भएका छन् । सुरेन्द्र चौधरीका अनुसार क्षेत्र नं १ मा प्रदेश क तर्फ रन्जित चौधरी तथा प्रदेश ख तर्फ भक्ति चौधरी रहेका छन् ।
समानुपातिक तर्फको उम्मेदवारहरुको शनिबार बेलु्कासम्म टुंगो लाग्नेछ ।
प्रकाशित:
१३९२ दिन अगाडि
|
२२ असोज २०७९
२ दिन अगाडि
|
१३ साउन २०८३
४ दिन अगाडि
|
११ साउन २०८३
६ दिन अगाडि
|
९ साउन २०८३
१० दिन अगाडि
|
५ साउन २०८३
१२ दिन अगाडि
|
३ साउन २०८३
१३ दिन अगाडि
|
२ साउन २०८३
१४ दिन अगाडि
|
१ साउन २०८३
१३८९ दिन अगाडि
|
२५ असोज २०७९
१४२३ दिन अगाडि
|
२१ भदौ २०७९
१४३३ दिन अगाडि
|
१२ भदौ २०७९
१३८८ दिन अगाडि
|
२६ असोज २०७९
१३३७ दिन अगाडि
|
१५ मंसिर २०७९
१३९३ दिन अगाडि
|
२० असोज २०७९
१३२६ दिन अगाडि
|
२७ मंसिर २०७९