Above News Title

काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

पटक पटक मन्त्री भैसकेका गच्छदारदेखि रामजनमसम्म
काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारू उम्मेदवार

नेपाली काँग्रेसबाट संघीय चुनावमा प्रत्यक्षतर्फ ५ जना मात्रै थारु उम्मेदवारले टिकट पाएका छन् । टिकट पाउनेमा पटक पटक मन्त्री भैसकेका नेताहरु मात्रै छन् ।

टिकट पाउनेमा प्रदेश १ अन्तर्गत सुनसरी–३ बाट विजयकुमार गच्छदार तथा मधेस प्रदेस अन्तर्गत सप्तरी–४ बाट तेजुलाल चौधरी, बारा–१ बाट उमाकान्त चौधरी तथा पर्सा– ३ बाट सुरेन्द्रप्रसाद चौधरी रहेका छन् । त्यसै गरी सुदूरपश्चिम प्रदेशबाट कैलाली–१ बाट रामजनम चौधरी रहेका छन् ।

तर थारु बाहुल्य रहेको लुम्बिनी प्रदेशबाट संघीय चुनावमा प्रत्यक्षतर्फ कसैले टिकट पाएनन् । लुम्बिनी प्रदेशबाट संघीय चुनावमा प्रत्यक्षतर्फका एक आंकाक्षी ढकियाखबरसँग भन्छन्, ‘पार्टीले थारु बाहुल्य रहेको लुम्बिनी प्रदेशमा थारु नेताहरुलाई अन्याय गर्यो ।’

काँग्रेसबाट समानुपातिक सूचीमा को को ?

काँग्रेसको प्रतिनिधि सभा समानुपातिक सूचीमा थारू कोटाबाट पुरुषमा योगेन्द्र चौधरी (दाङदेउखुरी) र महिलामा कल्पना चौधरी (सुनसरी) पहिलो नम्बरमा परेका छन् । 

थारुतर्फ पुरुषमा योगेन्द्र चौधरी, चुम नारायण तवेदार, फिरु राना तथा महिलातर्फ कल्पना चौधरी, विना थनेत, जीवन राना थारु, सुशीला चौधरी रहेका छन् ।

असोज ११ गते पहिलो पटक सार्वजनिक गरिएको सूचीमा थारु कोटातर्फ ६ जनामा कैलालीबाटै ३ जनाको नाम समावेश थियो । तर बुधबार निकालिएको अन्तिम सूचीमा ७ जना समावेश गरिएकोमा कैलालीकी जीवन राना मात्रै अँटाएकी छिन्, त्यो पनि तेश्रो नम्बरमा । त्यसैले जीवन राना पनि छानिने, नछानिनेमा अप्थ्यारो स्थिति देखिएको छ । 

महिलामा चौथो नम्बरमा रहेकी सुशीला चौधरी (दाङदेउखुरी) को छानिनेमा कुनै गुञ्जायस देखिदैन । किनकि एउटै जिल्लाबाट योगेन्द्र चौधरी छानिइसकेपछि महिला कोटाको पुछारमा रहेकी उनको सम्भावना न्यून छ ।

यसअघि कैलालीबाट समावेश भएका खेम डंगौरा चौधरी र रामकुमारी चौधरीको नाम हटेको छ । यसअघि सूचीको ९८ औं नम्बरमा रहेका काँग्रेस कैलाली उपसभापति समेत रहेका डंगौरा चौधरी थारु कोटाको दोस्रो नम्बरमा थिए । जिल्ला उपसभापति डंगौरा चौधरीले सूचीमा अझै हेरफेर हुन सक्ने सम्भावना रहेको बताएका थिए । विडम्वना हेरफेरमा उनी नै परे । पुरुषमा चुम नारायण तवेदार र फिरु राना समेटिएका छन् ।

थारु कोटामा ४ सिट पर्ने भएपनि सो सूचीमा ७ जना थारु समुदायबाट नाम समावेश भएको छ । त्यस अनुसार २ पुरुष, २ महिला छानिने छन् । तर यदि प्रत्यक्षबाट महिला थोरै चुनिएमा पहिलो नम्बरमा रहेका पुरुष योगेन्द्र चौधरी मात्रै समेटिएर बाँकी ३ जना महिला परे जीवन राना पनि सांसद हुने भाग्यमानी हुन सक्छिन् ।

प्रकाशित:

१३९२ दिन अगाडि

|

२२ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३८९ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२३ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३३ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८८ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३७ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९३ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२६ दिन अगाडि

|

२७ मंसिर २०७९