Above News Title

थारू बस्तीमा दसैँको रौनक

सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान
थारू बस्तीमा दसैँको रौनक

तस्विरः चुर्ण चौधरी

थारु गाउँमा दसैँको रौनकता छाएको छ । सखिया, झुम्रा, छोक्रा, मुङ्ग्रहवालगायतका नृत्य र लोकभाकाले थारु गाउँ गुञ्जायमान भएका छन् ।

विगतका दुई वर्ष कोरोना सङ्क्रमणका कारण थारु समुदायले दशैँलगायतका चाडपर्व सहजरुपमा मनाउन पाएका थिएनन् । विदेश गएका कोरोनाकै कारण फर्केका थिएनन् । कोरोनको कहरका कारण घर परिवारसँगै बसेर दसैँ मनाइएको थियो ।
सामूहिक रुपमा टीका थाप्न पाइएको थिएन । कोरोनाका सङ्क्रमण घटेसँगै विदेश गएका यस पटकको दसैँ मनाउन स्वदेश फर्केका छन् । विदेशबाट फर्केका परिवारसँग भलाकुसारी गर्दै दसैँ मनाइरहेको कृष्णपुर नगरपालिका–२ का दुर्गाप्रसाद चौधरीले बताए ।

                                                                                                                                                                                                              दसैँमा पित्तर दिन जाँदै । तस्विरः नविन चौधरी

“यस पटकको दसैँ निकै रमाइलो गरी मनाइँदै छ”, उनले भने, “विदेश गएका, कामका लागि बाहिर गएका, पढाइका लागि बाह्य क्षेत्रमा गएका छोरा र भाइ सबै एक ठाउँमा जम्मा भएका छौँ, निकै रमाइलो छ”, “दसैँका बेला थारु बस्तीमा नाचगान परम्परागत रुपमा चल्दै आएको छ”, उनले भने, “महिला पुरुष, युवायुवती सबैको सामूहिकरुपमा नाचगानमा सहभागिता रहेको छ, यस बेला कुनै प्रकारको भेदभाव गरिँदैन, सबै समान हुन्छन् ।”

     दसैँमा पित्तर दिन जाँदै । तस्विरः नविन चौधरी

सामूहिक रुपमा आयोजना हुने नृत्यले सामूहिक भावनाको विकासमा यसले मद्दत पुर्याउने उनको भनाइ रहेको छ । दशैँका बेला नाच दशदेखि पन्ध्र दिनसम्म आयोजना गरिन्छ ।   अरु बेला जे जस्तो तरिकाले परिवारको भरणपोषण गरिँदै आए पनि दसैँका बेला थारु समुदायमा मीठो मसिनो खाने, नयाँ लुगा लगाउने चलन रहेको छ ।
दसैँका बेला थारु समुदायका घरमा ढिक्री, सुँगुर, कुखुरा, खसी, बोकाको मासु, घोँघी, पोइक साग, फुलौरी, ठेक्वा, माछाका परिकार बनाइने गरिन्छ । यी परिकार घरमै बनाइएको अन्ती धानको गुरी जाँड र दारुसँग खाने गरिन्छ । घरमा आएका पाहुनालाई यिनै परिकारले स्वागत गरिन्छ ।
थारु समुदायले असोजको शुक्ल पक्षको घटस्थापनाको दिन जमरा राखी सप्तमीदेखि दशमीसम्म दसैँ पर्व मनाउने गरेका छन । अष्टमीको दिनसम्म रातिका बेला मात्रै नृत्य देखाउने गरिन्छ । नवमीको दिनदेखि दसैँसम्म दिउँसोपख नृत्य देखाइने गरिन्छ । 

                                                                                                                                                                                                                                           तस्विरः सोम डेमनडौरा
नृत्य गर्न अगाडि गुरुवाले पूजा पाठ गरी नृत्य टोलीका सदस्यलाई दैवीय विपत्तिबाट जोगाउनका लागि तन्त्रमन्त्र गर्ने  गरेको दानसिंह दहितले बताए ।  उनका अनुसार नाचमा सबैभन्दा बढी बाजामा मादल, झाली, मजैरा, घुँघरुलगायतको प्रयोग बढी हुने गरेको छ ।  
दसैँका दिन बाजागाजा र नृत्यसहित कोसेली बोकेर गाउँका अगुवा वरघरबाट टीका थाप्ने चलन थारु समुदायमा रहेको छ । थारु समुदायमा अरु समुदायको जस्तो दसैँदेखि कोजाग्रत पूर्णिमासम्म टीका थाप्ने चलन भने रहेको छैन । थारु समुदायले दसैँको दिनमा मात्रै टीका थाप्ने गरेका छन् ।
पहिला चामलको पिठोको सेतो टीका दशैँका अवसरमा थारु समुदायले लगाउने गरेका थिए । हाल सेतो टीकासँगै रातो टीकासमेत लगाउने चलन चलेको छ । 

                                                                                                                                                                                                                                                तस्विरः नरेन्द्र दहित

थारु समुदायको आज मुर्गि पुज्ने दिन  
नवमीको दिन आज थारु समुदायले मुर्गि पुज्ना दिनका रुपमा मनाउँदै छन् । बिहानै नदी तलाउमा नुहाएर शुद्ध भई थारु समुदायले पितृको सम्झना गर्दै देउथानमा बत्ति बालेर मुर्गा पुज्ने कार्यमा लागेका छन् । मुर्गा पुज्नु अघि देउथानमा रहेका देवताको अगाडि भात, तरकारी, घरैया दारु, पानी राख्नुपर्ने चरन चौधरीले सुनाए । उनका अनुसार टपरीमाथि बह्रनी, जमरा, वेवरी, आदि चढाउनुपर्दछ ।

चढाइएका खाद्य पदार्थ पितृले आएर ग्रहण गर्ने विश्वास थारु समुदायमा रहेको छ । सिन्दूरले देवतालाई टीका लगाइ जल, दूध, मदिराको धार देवतामा चढाउनुपर्दछ । त्यस पछि मात्रै मुर्गा पुज्ने क्रम सुरु हुन्छ । मुर्गा पुज्ने कार्य सकिए पछि घरका सबैसँगै सबेर सामूहिकरुपमा भोजन ग्रहण गर्दछन ।

पितृलाई चढाइएका सामग्री नजिकको नदी, तलाउमा विर्षजन गर्न नृत्य टोलीसहित थारु समुदायका व्यक्ति  पित्तर दिन जाने गर्दछन् । जसमा महिलाको सक्रियता बढी रहने गर्दछ । यस क्रममा नाचगान गरी रमाइलो गर्ने चलन रहेको छ । रासस

प्रकाशित:

१४४१ दिन अगाडि

|

१८ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९