Above News Title

निसराउद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना लाभान्वित

अब कसैले अकालमा ज्यान गुमाउनुपर्दैनः शहरी विकास मन्त्री चौधरी
निसराउद्वारा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा ६७० जना लाभान्वित

शहरी विकास मन्त्री मेटमणि चौधरीले स्वास्थ्य सेवा अभावका कारण अब अकालमा कसैले पनि ज्यान गुमाउने नपर्ने बताएका छन् ।

देउखुरी निसराउ समूहले गढवा–५ स्थित, श्री मावि चैनपुरमा आयोजना गरेको निःशुल्क स्वास्थ्य शिविरको उद्घाटन गर्दै प्रमुख अतिथि मन्त्री चौधरीले उक्त धारणा राखेका हुन् । 


देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरीका अनुसार निःशुल्क स्वास्थ्य शिविरबाट ६७० जना लाभान्वित भएका छन् । जसमा महिला ३७८ तथा पुरुष २९२ जना रहेका छन् । 
सबैभन्दा बढी जनरल मेडिसिनबाट ३६४ जनाले सेवा लिए । त्यस्तै, आँखा जाँच २०५ जनाले सेवा लिए, जसमा मोतिविन्दुको २४ जना तथा आँखामा मासु पलाएको ३ जनाले सेवा पाएकोमा ८२ जनालाई चश्मा वितरण गरियो । अन्य सेवा लिनेमा दन्तसेवा ३४ जना, गाइनाकोलोजी २३ जना, अर्थोपेडिक स्पाइन सेवा १२३ जना, फिजोयोथोरापी ४६ जनाले सेवा पाए ।   

सो अवसरमा मन्त्री मेटमणि चौधरीले स्तरीय जनशक्ति, आवश्यक उपकरण र पूर्वाधार निर्माण तथा व्यवस्थापनसँगै नागरिकको स्वास्थ्य उपचार सेवा फेरिँदै गइरहेको धारणा राखे । उनले नागरिक स्वास्थ्यप्रति सरकारले आफ्नो जिम्मेवारीबोध गर्दै एक वडा, एक सामुदायिक स्वास्थ्य संस्था निर्माण तथा सञ्चालन गरी हरेक सहरदेखि गाउँसम्मको स्वास्थ्यवस्थालाई मजबुत बनाउँदै लग्ने विश्वास दिलाए ।  उनले भने, ‘ नेपाली नागरिकले अब औषधोपचार नपाएर ज्यान फाल्नुपर्ने अवस्थो छैन ।’ 
अर्को प्रसंगमा मन्त्री चौधरीले आसन्न प्रतिनिधि र प्रदेशसभाको निर्वाचनमा गठबन्धनका साझा उम्मेदवारलाई जिताउन अपिल गरे । मुलुकको भविष्य निर्माण र जनताको अधिकार जोगाउन गठबन्धन उभिएकाले अब मुलुकको भविष्य निर्माण गर्न पनि सत्ता गठबन्धन आवश्यक देखिएको उनको जिकिर थियो । 


कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका स्वास्थ्य मन्त्री इन्द्रजित चौधरीले स्वास्थ्य सेवा हरेक नागरिकको पहुँचमा हुनुुपर्ने त्यसका लागि सरकारले आवश्यक योजनासहितको संरचना, जनशक्ति र आवश्यक उपकरण व्यवस्थापन सँगै अघि बढेको जनाए ।
देउखुरी निसराउ समूहका अध्यक्ष शिव चौधरीको अध्यक्षतामा उद्घाटन भएको कार्यक्रममा गढवा गाउँपालिका अध्यक्ष यमनारायण शर्मा पोख्रेल,  गाउँपालिका उपाध्यक्ष शारदा चौधरी, ५ नं का वडाध्यक्ष लेखबहादुर थापा, देउखुरी निसराउ समूहका उपाध्यक्ष शत्रुघन चौधरी लगायतले मन्तव्य राखेका थिए । 


गढवा गाउँपालिका, फ्लोरेन्स हस्पिटल, ट्रमा सेन्टर, लमही आँखा अस्पताल, नोभा केयर फिजियो थेरापीको सहकार्य तथा थारु कल्याणकारिणी सभा, गढवाको सहआयोजनामा कार्यक्रम भएको थियो ।
शिविरमा  हाड जोर्नी विशेषज्ञ डा राजेश कुमार चौधरी, इन्डोक्राइनोलोजिस्ट डा सुनिल चौधरी, आँखा विशेषज्ञ लगायतको सेवा उपलब्ध थियो । साथै,  मेडिकल अफिसरहरु डा पुष्पा भुसाल, डा कृष्णऔतार चौधरी, डा केदार अधिकारी, डा श्रवण चौधरी, डा सुदीप चौधरी, रेडियोलोजिष्ट डा अमरिश चौधरी लगायतले विरामी जाँच गरेका थिए । सो अवसरमा कार्यक्रममा सेवा उपलब्ध गराएका चिकित्सक, नर्स, स्वयम्सेवक लगायतलाई देउखुरी निसराउ समूहले सम्मानपत्र प्रदान गरेको थियो । यस्तो कार्यक्रम आफूहरुबाट पहिलो पटक गरिएकोमा निरन्तरता दिने जनाउँदै कार्यक्रमबाट आफूहरु सन्तुष्ट रहेको अध्यक्ष शिव चौधरीले बताए ।


२०७० सालमा स्थापित निसराउ समूहले यसअघि देउखुरीमा हाफ म्याराथुनको आयोजना, थारु साहित्यिक कार्यक्रम, कोभिडको  समयमा राहत वितरण, बाढी पीडितहरुलाई सहयोग, लमहीमा अक्सिजन प्लान्ट स्थापनामा सहयोग लगायत सामाजिक कार्यमा सहभागिता जनाएको छ ।  

प्रकाशित:

१४४५ दिन अगाडि

|

१५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९