Above News Title

दसैंमा मात्रै थारू जातिको के हो घोर्वा फेर्ने प्रचलन ?

सुन्दरले भने, ‘‘घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसैँमा मात्र फेर्ने चलन छ । नयाँ देवता बनाउने बेला मात्र फेर्ने गरिन्छ । यो पटक-पटक वा बीच बीचमा फेर्ने चलन छैन ।’’
दसैंमा मात्रै थारू जातिको के हो घोर्वा फेर्ने प्रचलन ?

थारु समुदायमा दसैँमा आफ्नो देवता अर्थात् घोर्वा फेर्ने चलन छ । अन्य समयमा नभई दसैँमा देवता फेर्ने भएकाले अहिले घोर्वा ‘माटाको घोडा’ बनाउनेको व्यवसाय राम्रो चलेको छ ।

अन्य समयमा खोजेर विरलै खरिद गर्न पाइने घोर्वाको दसैँ लागेपछि सहज रुपमा खरिद गर्न पाइन्छ । माटाका भाडा बनाउने पेशाकर्मीले अहिले सबै खाले देवताको मुखाकृति बनाएर घोर्वाको बिक्री थालेका थारु समुदायका अगुवा बताउँछन् । जानकी गाउँपालिका–१ तोरैयापुरकी आममती चौधरीले विशेषतःदसैँ पर्व नजिकिएसँगै थारु सुमदायका देवता अंकित घोर्वाको बिक्री सुरु भएको बताए । अन्य समयमा न्यून रुपमा माटाका देवता घोर्वाको बिक्री भए पनि दसैँमा यसको राम्रो बिक्री हुने गर्छ’’, उनले भने, दसैँ सुरु भएसँगै दैनिकरुपमा घोवा बिक्री भइरहेका छन् । यसबेला घर लिपपोत गरेर हरेक घरमा घोर्वा फेर्ने गरिन्छ ।’’

माटाको काम गर्ने जातिले घोर्वा बनाउने गर्दछन् । प्रायः दसैँमा थारु समुदायमा घोर्वा फेर्ने प्रचलन रहेकाले अन्य समयभन्दा घोर्वाको बिक्री राम्रो हुने गरेको टीकापुरका सुन्दर चौधरीले बताए । ‘‘माटाका भाडा घोडा आकारमा विभिन्न देवताका चित्र अङ्कित घोर्वा लिइ देउता कोठामा सजाउने गरिन्छ’’, सुन्दरले भने, ‘‘घोर्वा माटाका बनाइने भएकाले वर्ष दिनभरिमा केही टुटफुट भएको वा कुनै खोट देखिएमा दसैँमा मात्र फेर्ने चलन छ । नयाँ देवता बनाउने बेला मात्र फेर्ने गरिन्छ । यो पटकपटक वा बीच बीचमा फेर्ने चलन छैन ।’’

मौसमी रुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्छन्, ‘‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्’’, उनले भने, ‘‘थारु सुमदायका जातअनुसार घोर्वा देवता फरकफरक रुप वा स्वरुपबाट निर्मित गरिने गरिएका छन् । सोहीअनुसार मेल खाने घोर्वा मात्र फेर्ने गरिन्छ ।’’

मौसमी रुपमा मात्र बिक्री हुने भएकाले प्रति घोर्वा रु पाँच सय देखि रु एक हजारसम्ममा बिक्री हुन्छ । तोरैयापुरकी व्यवसायी सुमिता थारु भन्छन्, ‘‘थरिथरिका देउताका चित्र बनाएका छौँ, यतिखेर राम्रो बिक्री भइरहेका छन्’’

थारु समुदायका मुल पदवीअनुसार घोर्वालाई कुल पुरोहित देवताका रुपमा चिनिन्छ । पाँच इन्द्रिय भएको देवताकारुपमा रहेकाले घरका सदस्यको संरक्षण तथा दुःख बिरामीबाट छुटकारा दिलाउने देवताका रुपमा घोर्वालाई मान्ने र पुज्ने गरिन्छ । नयाँ देवता किन्न आउने ग्राहकको पुरानो देवताको स्वरुपसँग मेल खाने गरी मात्र बिक्री गर्ने गरेको उनले बताए । घोर्वा पनि जात विशेष आधारमा विभिन्न थरिका रहेका हुन्छन् ।

दसैँमा विशेष रुपमा मैया देउताको पुजासँगै सौरा, खेखरी र जात विशेषका आधारमा विभिन्न देवताको पूजा गर्ने चलन छ । थारु समुदायका अगुवा समिर चौधरी पर्व मनाउने, पूजाआजा गर्ने आआफ्नै तरिका रहेकाले थारु समुदायमा दसैँमा घोर्वा फेर्ने, खानपान र रमाइलो गर्ने चलन रहेको बताउँछन् । ‘‘दसैँमा थारु समुदायमा देउताका भाडा फेर्न, गाउँ गाउँमा नाचगान गर्ने, समुदायमा रहेका नाचगान र पहिरन संरक्षण गर्ने गरिन्छ’’, उनि भन्छन् ‘‘सपरिवार, छिमेकी तथा आफन्त जम्मा भएर रमाइलो गरी नाचगान गर्दै दसैँ मनाउने तरिकाले थारु समुदायको पहिचान जोगाएको छ ।’’

दसैँ सुरु भएपछि थारु गाउँमा सखिया, मुग्रौहा, झुम्रालगायत नाचगान गर्ने गरिन्छ । ‘‘आफैँले मादल बजाएर, पुरुषले धोती तथा भेगुवा लगाउने, महिला एउटै खालको लेहँगा र चोलीमा सजिएर नाचगान गर्ने चलनले रमाइलो हुन्छ’’, उनि थप्छन् , ‘‘थारु समुदायमा चाडपर्व मनाउँदा विशेष तवरले मनाइन्छ । दसैँको समयमा थारु समुदायका गाउँगाउँमा रात्रिकालीन नाटक प्रदर्शन, नाचगान जस्ता कार्य हुन्छन् । यसले संस्कृति संरक्षण र कला र संस्कृति युवा पुस्तालाई हस्तान्तरणमा सघाउँछ ।’’

प्रकाशित:

१४०० दिन अगाडि

|

१५ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१३९० दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४२४ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४३४ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१३८९ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३३८ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१३९४ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३२७ दिन अगाडि

|

२७ मंसिर २०७९