लङजम्पकी कीर्तिमानी निशा चौधरीले नयाँ रेकर्ड बनाएकी छन्।
दाङको तुलसीपुर उपमहानगरपालिका– १६ भेलाही गाउँकी १७ वर्षीया निशाले शुक्रबार आफ्नै नाममा रहेको राष्ट्रिय रेकर्ड तोडेर कीर्तिमान बनाएकी हुन्।
नवौं राष्ट्रिय खेलकुद अन्तर्गत एथलेटिक्सतर्फ तुलसीपुरस्थित बेल्झुण्डी रंगशालामा भएको लुम्बिनी प्रदेशस्तरीय छनोटमा निशाले ५ मिटर ५० सेन्टिमिटरको नयाँ राष्ट्रिय कीर्तिमान बनाएकी हुन्।
स्मरण रहोस्, गत असारमा भएको राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा जुनियर स्पर्धातर्फ निशाले सिनियरतर्फकै राष्ट्रिय कीर्तिमान बनाएकी थिइन्। सो प्रतियोगितामा उनले ५ दशमलब ४७ सेन्टिमिटरको राष्ट्रिय र्कीर्तिमान बनाएकी थिइन्। उक्त कीर्तिमान अहिले आफैले तोडेकी हुन्।
निशाले आगामी असोज २८ देखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशमा हुने हुने नवौं राष्ट्रिय खेलकुद प्रतियोगितामा लुम्बिनी प्रदेशलाई स्वर्ण दिलाउने वाचा गरिन्।
उपमहानगरनगरस्तरीय १२ औं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा उनले पहिलो पटक सहभागिता जनाएकी थिइन्। जसमा उनले ट्रयाकतर्फ छोटो दुरीको १०० र २०० मिटर दौड र फिल्ड तर्फको लङजम्पमा उत्कृष्ट प्रदर्शन गरेकी थिइन्।
यसैगरी, नवौं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत लुम्बिनी प्रदेशस्तरीय एथलेटिक्स छनोट प्रतियोगितामा दाङ जिल्ला च्याम्पियन भएको छ। बेल्झुण्डीमा भएको प्रतियोगितामा १५ स्वर्ण, ५ रजत र ३ कास्य पदक जितेर दाङ जिल्ला च्याम्पियन बनेको हो।
त्यस्तै ६ स्वर्ण, ४ रजत र ९ कास्य पदक जितेको बर्दिया दोस्रो र ४ स्वर्ण, ४ रजत र २ कास्य पदक जितेको कपिलवस्तु तेस्रो भए। प्रतियोगितामा बाँके जिल्लाले ३ स्वर्ण, १४ रजत र ३ कास्य पदक जितेको थियो।
प्रकाशित:
१४५१ दिन अगाडि
|
८ असोज २०७९
१५ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९