Above News Title

कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

रेशम चौधरी र लक्ष्मण थारु पनि उम्मेदवार बन्दै
कैलाली, कञ्चनपुर र बर्दियामा को को छन् नागरिक उन्मुक्ति पार्टीका उम्मेदवार ?

नागरिक उन्मुक्ति पार्टीले कैलाली, कञ्चनपुर र बर्दियामा उम्मेदवार टुङ्गो लगाएको छ । आगामी मंसिर ४ गते हुने प्रदेशसभा र प्रतिनिधिसभा सदस्य निर्वाचनका यी जिल्लाबाट उम्मेदवार हुनेको नाम करिब–करिब टुङ्ग्याएको सो पार्टीले जनाएको छ ।
पार्टीका संगठन विभाग प्रमुख लक्ष्मण किशोर चौधरीका अनुसार ५ वटा निर्वाचन क्षेत्र रहेको कैलाली–१ बाट रेशम चौधरीकी पत्नी तथा पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठ चौधरीको नाम सर्वसम्मत सिफारिस भएको र रञ्जिता नै उम्मेदवार बन्ने निश्चित छ ।
त्यस्तै, क्षेत्र नं २ बाट अरुण चौधरी, क्षेत्र नं ३ बाट गंगा चौधरीको नाम टुङ्गो लागेको उनले बताए । क्षेत्र नं ४ बाट राजाराम चौधरी र पूर्व सांसद कैया चौधरीमध्ये एक जना उम्मेदवार बन्ने उनले जनाए । 
सरकारले टीकापुर घटनामा संलग्नविरुद्धका मुद्दा फिर्ता लिने निर्णय गरेसँगै कैलाली क्षेत्र नं ५ बाट थरुहट नेता लक्ष्मण थारुलाई उम्मेदवार बनाउने तयारी भइरहेको उनले जनाए ।
३ निर्वाचन क्षेत्र रहेको कञ्चनपुर जिल्लाबाट पनि नागरिक उन्मुक्ति पार्टीले उम्मेदवारी दिने तयारी गरेको छ । क्षेत्र नं १ बाट पार्टीका जिल्ला अध्यक्ष नन्दकुमार राना, क्षेत्र नं २ बाट फूलराम चौधरी र ३ बाट मुन्नी चौधरीलाई उम्मेदवार बनाउने तयारी भएको संगठन विभाग प्रमुख चौधरीले जनाए ।
त्यस्तै, २ वटा निर्वाचन क्षेत्र रहेको बर्दियाको निर्वाचन क्षेत्र नं १ मा ३ जनाको नाम अगाडि सारिएको छ । सो क्षेत्रबाट डा प्रदीप ढकाल, सोमै थारु र पार्टीकै संगठन विभाग प्रमुख लक्ष्मणकिशोर चौधरीमध्ये एक जना उम्मेदवार बन्ने जनाइएको छ । क्षेत्र नं २ बाट रेशम चौधरीको नाम अगाडि सारिएको छ ।
नागरिक उन्मुक्ति पार्टीले कसैसँग गठबन्धन नगरी एकल रुपमा चुनाव लड्ने बताउँदै संगठन प्रमुख चौधरीले भने, ‘हाम्रो पार्टीको जन्म नै राजनीतिक उत्पीडन, अन्याय र विभेदबाट भएको हो । अहिलेसम्म ठूला दल भन्नेहरुले हामीलाई स्वीकार गर्नै सकेका छैनन् ।’

प्रकाशित:

१४५७ दिन अगाडि

|

३ असोज २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९