थारु कल्याणकारिणी सभा दाङ जिल्ला अधिवेशन पुस २२, २३ र २४ गते हुने भएको छ । सभाको मंगलबार घोराहीमा बसेको वैठकले यस्तो निर्णय गरेको हो ।
त्यसै गरी वैठकले कार्तिक मसान्तसम्म वडा र पालिका स्तरको अधिवेशन गर्ने र मंसिर मसान्तसम्म क्षेत्रिय अधिवशेन सम्पन्न गर्ने निर्णय भएको सभाका सचिव प्रकाश चौधरीले जनाए ।
यसै गरी बैठकमा असोज १३ गते डस्या मिलन कार्यक्रम, थारु कल्याणकारिणी सभाको बर्षिक स्मारिका प्रकाशन गर्ने निर्णय पनि गरिएको सभाका सचिव चौधरीले जानकारी दिए ।
स्मारिकाको लागि भुवन चौधरीको संयोजकत्वमा ७ सदस्यीय समिति गठन गरिएको छ । समितिको उपसंयोजकमा सन्तोष दहित, सदस्य प्रकाश चौधरी, रामपति चौधरी, दिपक चौधरी, नगेन्द्र चौधरी र सविता चौधरी सदस्य रहेका छन् ।
त्यसै गरी आगामी मंसिर ४ गते हुने प्रतिनिधि तथा प्रदेश सभा सदस्यका लागि दाङबाट प्रत्यक्ष तथा समानुपातिक सदस्यको लागि नाम सिफारिस भएका थारु नेताहरुलाई बधाई तथा शुभकामना दिने निर्णय भएको थाकस सचिव चौधरीले जानकारी दिए ।
थाकस दाङका अध्यक्ष भुवन चौधरीको अध्यक्षता तथा सभाका केन्द्रीय कोषाध्यक्ष चूर्णवहादुर चौधरीको बर्का पहुनाइमा सम्पन्न भएको थियो ।
केन्द्रीय अधिवेशनका लागि केन्द्रले भने कुनै मिति तय गरेको छैन ।
प्रकाशित:
१४६१ दिन अगाडि
|
२९ भदौ २०७९
१५ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९