Above News Title

कैलारी गाउँपालिकाद्वारा एक सय दिनको उपलब्धि सार्वजनिक

बिरामीलाई निःशुल्क रगत उपलब्धदेखि मालपोत समायोजनसम्म 
कैलारी गाउँपालिकाद्वारा एक सय दिनको उपलब्धि सार्वजनिक

कैलालीको कैलारी गाउँपालिकाले एक सय दिनको उपलब्धि सार्वजनिक गरेको छ । मंगलबार एक कार्यक्रमका बिच उपलब्धि सार्वजनिक गर्ने क्रममा गाउँपालिकाका अध्यक्ष राजसमझ चौधरीले मालपोत समायोजनदेखि रक्त संचार केन्द्रसँगको सहकार्यमा कैलारी गाउँपालिकाबासीलाई निःशुल्क रगतको उपलब्ध गराउनेसम्मको उपलब्धि सुनाए । 
मालपोत दरमा समायोजन, सुत्केरीलाई निःशुल्क एम्बुलेन्स गाउँपालिका बाहिर जिल्लाभित्र जन्मदर्ता प्रोत्साहन कार्यक्रम संचालन, नदी नियन्त्रण तथा तटबन्धनका कार्यक्रम संचालन, पुलहरुको मर्मत सम्भार, कैलारी गाउँपालिकाका सडकको मर्मत सम्भार लक्कड, बन्दरगौह्री तथा सिमरानाको झोलेंगु पुल निर्माण सम्पन्न गरेको छ । 
त्यस्तै १५ सैयाको अस्पताल निमार्णका लागि सम्झौता तथा योजना कार्यान्वयन प्रक्रियामा, स्वास्थ्य शाखाबाट विभिन्न स्वास्थ्य शिविर संचालन, धनगढी नेत्रालयसंगको सहकार्यमा आँखा शिविर संचालन, विपतपुर गाउँका आगलागी पीडितको २२ वटा घर निर्माणदेखि पीडितलाई निःशुल्क विद्युत मिटर जडान रहेको छ । 
त्यस्तै गाउँपालिकाको समन्वयमा शिवरत्नपुरमा राहत वितरण, पशु स्वास्थ्य शिविर संचालन, धानवालीको राहत वितरणका लागि समन्वय तथा सहजीकरण, वडा ६ र ९ का कृषक समूहलाई कृषि कार्यका लागि २५÷२५ लाख अनुदान, पकेट कार्यक्रम संचालनका लागि वडा छनौट, संचालित कार्यक्रमहरुको सघन अनुगमन लगायत उपलब्धि रहेको सार्वजनिक गरियो । 
यस अघि जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता लिन बैंकमा जानुपर्ने बाध्यता रहेकोमा हाल वडा कार्यालयबाट सामाजिक सुरक्षा भत्ता वितरण गरिएको, मिनी रंगशाला, वीपी पार्क डिपिआर निर्माण, विद्यालयको सघन अनुगमन, विद्यालय भवन निर्माण लगायतका लागि कार्यदल गठन, संघीय तथा प्रदेश सरकारसंगको समन्वयमा थप बजेट तथा कार्यक्रमको सुनिश्चिता गरिएको बताइएको छ ।  
गाउँपालिका अध्यक्ष राजसमझ चौधरीले गाउँपालिकाको गतिविधि त्रैमासिक रुपमा सार्वजनिक गर्ने बताए । गाउँपालिका उपाध्यक्ष भगवतीकुमारी चौधरी मालपोत दरमा समायोजन गर्दा गाउँपालिकावासी खुशी भएको बताइन् । 
गाउँपालिकाको एक सय दिनको उपलब्धि सार्वजनिकीकरण कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत वीरबहादुर ऐर, वडाध्यक्षहरु, कार्यपालिका सदस्य, कर्मचारीहरु सहभागी थिए ।
 
प्रकाशित:

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९