Above News Title

 गच्छदार  सर्वसम्मत उम्मेदवार सिफारिसः आफूले नै जित्ने दावी

अदालतबाट सफाइ पाउनेमा विश्वस्त
 गच्छदार  सर्वसम्मत उम्मेदवार सिफारिसः आफूले नै जित्ने दावी

सुमन पुरी
विराटनगर

आगामी मंसिर ४ गते हुने प्रतिनीधि सभा निर्वाचनका लागि भ्रष्टाचार आरोपमा सांसद पदबाट निलम्बित विजयकुमार गच्छदारलाई नेपाली कांग्रेसले सुनसरी क्षेत्र नम्बर ३ बाट प्रतिनिधिसभाको उम्मेदवारमा सिफारिस गरेको छ। सुनसरी क्षेत्र नम्बर ३ को शनिबार बसेको बैठकले गच्छदारलाई फेरि उम्देवारका रुपमा एकल नाम सिफारिस गरेको हो।  बालुवाटारस्थित ललिता निवासको सरकारी जग्गा किनबेच प्रकरणमा मुछिएका गच्छदारको सांसद पद अहिले निलम्बवनमा छ। अदालतले अन्तिम फैसला गरि नसकेको अवस्थामा गच्छदार उमेदवार बन्ने नबन्ने अन्यौल थियो।

तर गच्छदारको प्रभावका कारण अन्य आकांक्षीको नाम काटेर उनको मात्रै सिफारिस गरिएको बैठकमा सहभागी एक नेताले बताए। नेपाली कांग्रेस सुनसरी क्षेत्र नम्बर ३ का क्षेत्रीय सभापति मेहदी हुसैनले सहमतिमै गच्छदारको एकल नाम सिफारिस भएको बताए। अदालतमा मुद्दा विचाराधीन रहे पनि आफूलाई चुनावमा उम्मेदवार बन्न नरोक्ने भन्दै गच्छदारले आफू नै चुनाव उठ्ने अडान लिएका थिए। गच्छदारले जनादेशले आफूमाथि लागेको आरोप चिर्ने भन्दै पार्टीबाट उम्मेदवार बन्न पाउनु पर्ने प्रस्ताव राखेका थिए। 

भ्रष्टाचार मुद्दा 
०७४ को आमनिर्वाचनबाट सांसद निर्वाचित भएका उनीविरुद्ध ०७६ माघ २२ गते भ्रष्टाचार मुद्दा लाग्यो। ललिता निवासको जग्गा प्रकरणमा अनियमितता अभियोगसहित अख्तियार दुरुपयोग अनुसन्धान विशेष अदालतमा मुद्दा चलाएपछि गच्छदारको सांसद पद निलम्बित अवस्थामा छ।ललिता निवासको सरकारी जग्गा विक्री प्रकरणमा अनियमतिता गरेको आरोपमा मुद्या दायर गरेपछि उनी फरार भएका थिए। सामूहिक हत्या अभियोगमा जेल रहेका आलम कांग्रेसबाट सर्वसम्मत सिफारिसतर शेरबहादुर देउवा प्रधानमन्त्री भएपछि २०७८ साल असार २८ गते उनी विषेश अदालतमा हाजिर भएका थिए। त्यही दिन उनी १० लाख रुपैयाँ धरौटी बुझार रिहा भएका थिए। 

६ पटक जित १८ पटक मन्त्री
सुनसरी क्षेत्र नम्बर ३ बाट गच्छदार यसअघि ६ पटक निर्वाचित भइसकेका छन्। यो अवधिमा उनी १८ पटक मन्त्री भएका छन्। सत्ता र शक्तिमा रहेका गच्छदारले शक्तिको दुरुपयोग गरेर निर्वाचन जितेको आरोप लाग्दै आएको छ। यस पटक आफ्नै क्षेत्रमा कमजोर देखिएका गच्छदारले आफूमाथि एमाले सरकारले विनाकरण मुद्दा लगाएको दावी गर्दै आएका छन्। शुक्रबार अचानक गृह जिल्ला हुँदै निर्वाचन क्षेत्र आएका गच्छदारले आफूले फेरि निर्वाचन जित्ने दावी गरेका छन्। पत्रकारसँग कुराकानी गर्दै उनले भने, ुमेरो जनाधार राम्रो छ। म नै चुनाव जित्छु र न्यापालिकाले मलाई न्याय दिन्छ। 

कार्यकर्ता थामथुम पार्दै 
सुनसरी क्षेत्र नम्बर ३ मा मात्रै होइन कुनै बेला विजय कुमार गच्छदार प्रदेश १ मै कग्रेसका प्रभावशाली नेता मानिन्थे। गिरिजाप्रसाद कोइरालाका दाहिने हातका रुपमा चिनिने गच्छदार ०६४ को संविधानसभाको निर्वाचनका बेला मधेसीजनअधिकार फोरमबाट विजयी भएका थिए। दोस्रो संविधानसभाको निर्वाचनमा उनी फोरम लोकतान्त्रिक बनाई त्यही पार्टीबाट निर्वाचित भए। अघिल्लो निर्वाचनमा उनी कांग्रेसमा फर्किँदै त्यही क्षेत्रबाट विजयी भए। भ्रष्टचार मुद्दा लागेसँगै उनी पार्टीमा कमजोर देखिएका छन्।कांग्रेसको १४ औ अधिवेनशमा धनराज गुरुङसँग २ मतले पराजित भए। उनी केन्द्रमा मात्रै पराजित भएनन् गाउँ नगर अधिवेशनमा सुनसरी ३ का अधिकांश पालिकामा उनीइतरका नेताहरु विजयी भए।

उनका आफ्नै भाइ वेद गच्छदारलेसमेत गुट परिवर्तन गरेपछि अल्पमतमा परेका थिए। उनले उम्मेदवार बनाएका टेकचन्द्र विश्वास गाँउ नगर अधिवेनशमा पराजित भएसँगै एमाले प्रवेश गरिसकेका छन्। उनका सहयोगीका रुपमा रहेका थारु समुदायमा प्रभाव राख्ने मिलिराम चौधरीसमेत एमाले प्रवेश गरेका छन्। मिलिराम थारु काल्यणकारणी सभा तथा जनजाती महासंघ सुनसरीका पूर्व अध्यक्ष समेत हुन्। गाउँ नगर अधिवेशनपछि कांग्रेस छाडेर बसेका पूर्व राज्यमन्त्री सुमित्रा कुमारी थरुनी र उनका विश्वास पात्र प्रदीप चौधरीसमेत एमाले प्रवेशको तयारीमा थिए। 

शनिबार एमाले अध्यक्ष केपी शर्मा ओलीबाट पार्टी प्रवेशको तयारीमा रहेका थरुनी र चौधरीलाई भने गच्छदार पार्टीमै राख्न सफल भएका छन्। शुक्रबार गृहनगर आएर गच्छदारले उनीहरुलाई कांग्रेस प्रवेश गराएका छन्। उनीहरु कांग्रेसबाट राजीनामा दिएर बसेका थिए। नेपालखबरबाट

प्रकाशित:

१४७२ दिन अगाडि

|

१९ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९