काठमाडौं
विहीबार रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीमा कैलालीका तीनजना बहालवाला तथा पूर्व सांसदहरुको प्रवेशले जिल्लामा तरंग ल्याएको छ । बिहीबार रिपोर्टस क्लबमा भएको पार्टी प्रवेश कार्यक्रममा सुदूरपश्चिम प्रदेश सांसद तथा एमाले कैलाली जिल्ला अध्यक्ष रतन थापा, एमालेकै पूर्व सांसद हिमाञ्चल भट्टराई तथा राप्रपका केन्द्रीय सदस्य तथा पूर्व सांसद कैंया चौधरी लगायतले पार्टी प्रवेश गरे ।
सोही पार्टी प्रवेश कार्यक्रममा उद्घोषकले धेरै बौद्धिक व्यक्तित्वहरुको प्रवेश भएको तथा सोको प्रतिनिधित्व गर्दै डा प्रदीप ढकाललाई मन्तव्य दिन बोलाए ।
मन्तव्यका क्रममा डा ढकालले आफ्नो पृष्ठभूमि खुलाएनन्, न त उद्घोषकले नै खुलाएका थिए । बरु ठूला दलहरुले देशलाई निकास नदिएकाले रेशमको पार्टीमा प्रवेश गरेको उनले बताए ।
रेशमको पार्टी प्रवेश गर्ने डा प्रदीप ढकाल पशुपति क्षेत्र विकास कोषको पूर्व सदस्य सचिव हुन् । कोषको सदस्य सचिवमा उनलाई २०७४ साउन ३२ मा नियुक्त गरिएको थियो । नेपाल लोकतान्त्रिक फोरमका तर्फबाट तात्कालीन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्री जितेन्द्र देवले उनलाई नियुक्त गरेका थिए । लोकतान्त्रिक फोरमलाई अध्यक्ष विजयकुमार गच्छदारले पछि काँग्रेसमा विलय गराएका थिए । पहिले लोकतान्त्रिक फोरममा आवद्ध धेरै कार्यकर्ता नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरिरहेका छन् ।
बर्दिया क्षेत्र नं १ बाट डा ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवार भएमा काँग्रेसका सन्जय गौतम तथा एमालेका लक्ष्मण ज्ञवालीलाई कडा टक्कर दिन सक्छन् ।
आफ्नो पढाइ कैलालीमा भएको तथा रेशम साथी भएको नाताले पनि पार्टी ज्वाइन गर्न मन बनाएको डा ढकालले बताए । उनले रातोपाटीसँग भने, ‘पूर्ण राजनीति गर्ने मनसुवा छैन । तर नागरिक उन्मुक्ति पार्टीको फ्रन्ट लाइनमा देखिएको छु । पार्टीले दिएको जिम्मेवारीअनुसार काम गर्नेछु ।’
ठूला दल पुरानै ढर्रामा काम गरिरहेकाले नागरिक उन्मुक्ति जस्तो वैकल्पिक राजनीतिक शक्ति जरुरी रहेको बताउँदै उनले भने, ‘रेशम चौधरी जस्तो निर्दोष व्यक्तिलाई थुनिएको छ । उहाँ जस्ता युवा, उर्जाशील व्यक्तिहरु राजनीतिमा आउनुपर्छ । अन्याय विरुद्ध आवाज उठ्नुपर्छ ।’
डा ढकाल बर्दिया क्षेत्र नं १ अन्तर्गत बारबर्दियाका स्थायी वासिन्दा हुन् । स्मरण रहोस्, बर्दिया क्षेत्र नं २ बाट संसदीय चुनाव लड्ने रेशमले उद्घोष गरेका छन् । बर्दिया क्षेत्र नं १ बाट डा ढकाल नागरिक उन्मुक्तिबाट प्रतिनिधि सभामा उम्मेदवार भएमा काँग्रेसका सन्जय गौतम तथा एमालेका लक्ष्मण ज्ञवालीलाई कडा टक्कर दिन सक्छन् ।
प्रकाशित:
१४७५ दिन अगाडि
|
१६ भदौ २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९