भैरहवा
थारु बौद्ध समाज केन्द्रीय समितिले मंगलबार रुपन्देहीमा पहिलो जिल्ला भेला सम्पन्न गरेको छ । रुपन्देहीको ओमसतिया गाउँपालिका–२, पडसरीमा अवस्थित थारु कल्याणकारिणी सभाको जिल्ला सभाहलमा सो भेला सम्पन्न भएको हो ।
भेलाले राज चौधरी (सैनामैना)को अध्यक्षतामा १३ सदस्यीय जिल्ला कार्यसमिति चयन गरेको छ । जसको उपाध्यक्षमा रिता चौधरी (बुटवल), सचिव मनजीत चौधरी(तिलोत्तमा), सहसचिव रिता चौधरी (तिलोत्तमा) र कोषाध्यक्ष कृष्ण कुमारी चौधरी (तिलोत्तमा) रहेका छन् ।
त्यस्तै सदस्यहरुमा चित्ररेखा चौधरी (बुटवल), केशब चौधरी (कोटहीमाई), सोमनाथ थारु (देवदह), अयोध्या चौधरी (देवदह), धनराज चौधरी (ओमसतिया), श्याम बहादुर थारु (ओमसतिया) र हरिचन्द्र चौधरी (शुद्धोदन) रहेका छन् र एक जना सदस्य कार्यसमितिको बैठकबाट निर्णय गरी मनोनित गरिने बताइएको छ ।
त्यसैगरी सल्लाहकारहरुमा सतिशकुमार चौधरी, बिजय बहादुर सिंह थारु, रेखाप्रसाद चौधरी, नरसिंह चौधरी र सरिता चौधरी रहेका छन् ।
उक्त भेलालाई नेपाल थारु राष्ट्रिय मंचका केन्द्रीय अध्यक्ष रेखाप्रसाद चौधरी, थारु कल्याणकारिणी सभा रुपन्देहीका अध्यक्ष सतिशकुमार चौधरी लगायतले सम्बोधन गरेका थिए । कार्यक्रमको उद्घाटन समाजका केन्द्रीय उपाध्यक्ष रामकुमार चौधरीद्वारा बुद्ध बन्दना वाचन गरेर गरिएको थियो ।
कार्यक्रम समाजका केन्द्रीय अध्यक्ष गोकुल थारुको सभाध्यक्षता, केन्द्रीय उपाध्यक्ष राजेन्द्र चौधरीको स्वागत र केन्द्रीय सचिव राजेश चौधरीको सञ्चालनमा सम्पन्न भएको थियो ।
प्रकाशित:
१४७६ दिन अगाडि
|
१५ भदौ २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९