फायल फोटोः केर्नी न्यूज
कञ्चनपुर
सरकारले मुक्त घोषणा गरेको दुई दशकभन्दा बढी हुँदा पनि यहाँका मुक्तकमैयाको न्यायोचित पुनःस्थापनाको कार्य हुन सकेको छैन । मुक्त कमैयालाई पुनःस्थापना गर्दा खोला बगर, वन क्षेत्र, सुकुम्बासीले भोग चलन गरेको जग्गा उपलब्ध गराउँदा नदी कटानसँगै बसोबास गर्न नसकिने बाटो किनार जङ्गलका छेउछाउको जग्गामा बस्न बाध्य पारिएको मुक्तकमैयाका अगुवाले बताए । शिक्षा, स्वास्थ्य, रोजगारमा मुक्त कमैयाको पहुँच नपुगाइएको मुक्तकमैया अगुवाको भनाइ छ ।
“मुक्तकमैयाको जीविकोपार्जन गर्न कुनै विकल्प छैन”, मुक्त कमैया समाज जिल्ला समिति कञ्चनपुरका अध्यक्ष घाँसीराम रानाले भने, “वर्षायाममा र गर्मीयाम सिजनल मजदुरीबाहेक काम पाउने अवस्था छैन ।” रोजगारीका लागि छिमेकी देश भारत गएर न्यून ज्यालामा काम गर्नुपर्ने भएकाले जीवन निर्वाह गर्न समस्या भएको उनले उल्लेख गरे । जग्गा बन्धक राख्न नपाउने भएकामा सीप भएकाले कुनै बैंक तथा वित्तीय संस्थाबाट ऋण लिन नसकि व्यवसाय गर्न नपाएको समाजका सचिव रामप्रसाद रानाले बताए ।
मुक्त कमैया बालबालिका शिक्षाबाट वञ्चित भइरहेको उल्लेख गर्दै रानाले विद्यालय भर्ना गरे पनि आर्थिक अभावले बीचमै विद्यालय छुटाएर कमलरी लगाउन बाध्य भएको बताए । “आर्थिक अभावले धेरै बाललबालिका उच्च शिक्षासम्म पुग्न सक्दैनन्”, उनले भने, “उच्च शिक्षा अध्ययन गरिरहेका बालबालिकालाई छात्रवृत्ति उपलब्ध नहुँदा समस्या छ ।”
बस्तीमा विद्यालय भए पनि शिक्षक दरबन्दी नहुँदा सञ्चालनमा समस्या रहेको उनको भनाइ छ । मुक्तकमैया अगुवा लाहुरे डगौराले हालसम्म जग्गा पाएर पुनःस्थापन भएका मुक्त कमैयाको सङख्या चार हजार दुई सय ८९ रहेको जानकारी दिए ।
उनका अनुसार कञ्चनपुरमा जग्गा सट्टा पाएका एक सय २९, पुनःस्थापना हुन बाँकी एक सय २९ र पुनःस्थापना भएका जग्गा नदीले कटान गरी विस्थापनमा परेका मुक्तकमैयाको सङख्या तीन सय ६१ रहेको छ । हालसम्म ‘क’ वर्गको रातो परिचयपत्र पाएका तीन हजार नौ सय २४, ‘ख’ वर्गको निलो परिचयपत्र पाएका चार सय ९५, ‘ग’ वर्गको पहेलो परिचयपत्र पाएका ३३ र ‘घ’ वर्गको सेतो परिचयपत्र पाएका गरी जम्मा चार हजार पाँच सय पाँचले मुक्तकमैया परिचयपत्र पाएका छन् । रासस
प्रकाशित:
१४७५ दिन अगाडि
|
१५ भदौ २०७९
१५ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९