Above News Title

दाङदेउखुरी–१ को गठबन्धनको साझा उम्मेदवार मै हुँः सहरी विकास मन्त्री चौधरी

दाङदेउखुरी–१ को   गठबन्धनको साझा उम्मेदवार मै हुँः सहरी विकास मन्त्री चौधरी

लमही 
नेकपा एकीकृत समाजवादीका पोलिट्व्यूरो सदस्य एवं सहरी विकास मन्त्री मेटमणि चौधरीले दाङदेउखुरी क्षेत्र नम्बर १ बाट आफू नै गठबन्धनको साझा उम्मेदवार भएको बताएका छन् । 
क्षेत्रीय कार्यकर्ता भेलालाई सम्बोधन गर्न शुक्रबार गृह जिल्ला आइपुगेका मन्त्री चौधरीले पार्टी स्थापना भएको भर्खरै एक वर्ष मात्र पुगेकाले अझै पनि पार्टी निर्माण गर्न, नयाँ साथीहरुलाई पार्टी प्रवेश गराउन र उचित जिम्मेवारी दिन ध्यान दिनुपर्ने बताए ।  

राप्ती करिडोर शिलान्यास भइसकेकाले अब डिपिआरको थप प्रक्रिया अघि बढ्ने बताएका सहरी मन्त्री चौधरीले महदेवाबाट भारतको पचफेडवा बजार जोड्ने बाटो, सिर्सिया नाका खोल्ने लगायतका योजनालाई आफूले प्राथमिकतामा राखेको बताउँदै भने, ‘तपाईंहरु चुनावको तयारीमा लाग्नुस् । केही समस्या भए भन्नुस् । यति बुझ्नुस् कि यस क्षेत्रबाट गठबन्धनको साझा उम्मेदवार मै हुँ ।’ 

उम्मेदवार टुंगो नलागेको योगेन्द्रको भनाइ
उता दाङदेउखुरी क्षेत्र नम्बर १ बाट उम्मेदवारको आंकाक्षी रहेका काँग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरीले सो क्षेत्रमा गठबन्धनले उम्मेदवार टुंगो नलागेको बताएका छन् । 
योगेन्द्रले शुक्रबार सामाजिक सन्जाल फेसबुकमा भनेका छन्, ‘गठबन्धनले सिट बाँडफाटको टुङ्गो लगाएको छैन, सिटको टुङ्गो लगाउदा स्थानीय निर्वाचनको मतलाई बिर्सनु हुँदैन, होइन भने गठबन्धनबाट पनि चुनाव जिताउन गाह्रो हुन्छ, संगठनमा बिद्रोहको भाब आउन सक्छ, नेता कार्यकर्तामा निराशा हुन सक्छ ।’ 
योगेन्द्रले विहीबार लेखेको स्टाटसमा दाङदेउखुरी क्षेत्र नम्बर १ मा भएको स्थानीय चुनावमा केही हजार मत ल्याउने दलले टिकट पाए गठबन्धनले हार्ने संकेत गरेका थिए । तर सो स्टाटस हटाएका थिए ।
शुक्रबारको सामाजिक सन्जाल फेसबुकमा योगेन्द्रले थप भनेका छन्, सकारात्मक सोचले लेखेको मेरो स्टाटसलाई बङग्याएर मन्त्री मेटमणि चौधरीजीको नामै उल्लेख नगरेको सन्दर्भलाई नामै किटान गरेर उहाँलाई मैले चुनौती दिएको बिषय बनाएँ भन्ने कुरा भ्रमित प्रचार बाजी मात्र हो । उहाँको पार्टीले पनि उहाँ उठ्ने कि नउठ्ने टुङ्गो पनि लगाएको छैन । मैंले कुनै व्यक्ति विशेषको कुरा किन गरुँ, केवल सैद्धान्तिक कुरा मात्र राखेको थिएँ । यसलाई फरक तरिकाले ब्याख्या गरिदिदा दुःख लागेको छ ।

प्रकाशित:

१४८१ दिन अगाडि

|

१० भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९