Above News Title

रन्जिताले गरिन् कैलाली–१ बाट उम्मेदवारीको घोषणा

रन्जिताले गरिन् कैलाली–१ बाट उम्मेदवारीको घोषणा

काठमाडौं
नागरिक उन्मुक्ति पार्टीकी केन्द्रीय अध्यक्ष रन्जिता श्रेष्ठ चौधरीले कैलाली–१ बाट उम्मेदवारीको घोषणा गरेकी छिन् । 
आज बुधबार कैलालीको लम्कीमा मौन जुलुस तथा कोणसभा कार्यक्रममा उनले उम्मेदवारी घोषणा गरेकी हुन् ।  कोणसभालाई सम्बोधन गर्दै उनले २०७२ भदौ ७ गतेको टीकापुर घटनामा थारु समुदायलाई मात्रै दोष दिइएको तर भदौ ८ को थारुहरुको घर, पसलमा आगजनी गरिएको घटना नजरअन्दाज नगरिएकोमा दुःखेसो पोखिन् ।
यसअघि प्रधानमन्त्री देउवा पत्नी आरजु देउवा जहाँ उठ्ने, त्यहीँबाट रन्जिताले चुनाव लड्ने हल्ला आए पनि अब त्यो हल्लामा सीमित भएको छ । 
तीन हप्ते मेची–काली अभियान कहिले कहाँ ?
नागरिक उन्मुक्ति पार्टीको तीन हप्ते मेची–काली अभियान भदौ ६ बाट सुरु गरेको छ । यस क्रममा पहिलो दिन कञ्चनपुरमा संगठन बिस्तारको कार्यक्रम तथा दोस्रो दिन ७ गते टीकापुरमा थरुहट विद्रोहको स्मरण दिवस मनाएको छ । तेश्रो दिन आज कैलालीको लम्कीमा मौन जुलुस तथा कोणसभा कार्यक्रम गरिएको छ ।

मेची–काली अभियान अन्तर्गत भदौ ९ गते बाँकेको राप्तीसोनारी, भदौ १० गते दाङदेउखुरी, भदौ ११ गते कपिलबस्तु, भदौ १२ गते रुपन्देही, भदौ १३ गते नवलपरासी कार्यक्रम गरिने भएको छ । त्यस्तै, भदौ १४ गते चितवन, भदौ १५ गते पर्सा, भदौ १६ गते बारा, भदौ १७ गते रौतहट, भदौ १८ गते सर्लाही तथा भदौ १९ गते महोत्तरी कार्यक्रम गरिने भएको छ । 
त्यस्तै, भदौ २० गते धनुषा, भदौ २१ गते सिराहा, भदौ २२ गते सप्तरी, भदौ २३ गते सुनसरी, भदौ २४ गते मोरङ, भदौ २५ गते झापा तथा भदौ २६ गते उदयपुरमा नागरिक उन्मुक्ति पार्टीले कार्यक्रम गर्ने भएको छ । पार्टीका संरक्षक रेशम चौधरीका अनुसार पार्टीले पहाड क्षेत्र लगायत हालसम्म ४१ जिल्लामा प्रदेश तथा संघीय सांसदको उम्मेदवारी दिने भएको छ । तर मेची–काली अभियानमा पहाडी जिल्लामा कार्यक्रम समेटिएको छैन । 

प्रकाशित:

१४८२ दिन अगाडि

|

८ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९