Above News Title

नागरिक उन्मुक्ति पार्टीले संघीयमा १५० र प्रदेश सभामा २५० स्थानमा उम्मेदवार उठाउने

नागरिक उन्मुक्ति पार्टीले संघीयमा १५० र प्रदेश सभामा २५० स्थानमा उम्मेदवार उठाउने

काठमाडौं
आगामी मंसीर ४ गते हुने प्रतिनिधि सभा तथा प्रदेश सभाको निर्वाचनमा रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले दुबै तहमा गरी ४ सय स्थानमा उम्मेदवार खडा गर्ने भएको छ ।
हालसम्म प्रतिनिधि सभाका १५० र प्रदेश सभाका २५० क्षेत्र गरी ४ सय उम्मेदवार तय भएको रेशम चौधरीले सोमबार ढकियाखबरलाई जानकारी दिए । अहिले आफूलाई भेट्न आउने करिब ४० प्रतिशतले टिकट माग्ने गरेको बताउँदै उनले भने, ‘स्थानीय चुनावमा टिकट लिनोस् भनेर हातजोड विन्ती गर्दा पनि उम्मेदवार पाउन गाह्रो थियो, अहिले टिकट कसलाई पो दिने भन्ने गाह्रो अवस्था आएको छ ।’ 

नागरिक उन्मुक्ति पार्टीले हालसम्म ४१ जिल्लामा उम्मेदवारी दिने तय भैसकेको जानकारी पनि रेशम चौधरीले दिए । तराईसंगै पहाडमा समेत पार्टी उक्लिन थालेको छ । काठमाडौं, ललितपुरबाट समेत उम्मेदवार उठाउने तय गरिएको छ । 
उम्मेदवारी दिने अन्य जिल्लामा कञ्चनपुर, कैलाली, बाँके, बर्दिया, सुर्खेत, दाङ, कपिलवस्तु, रुपन्देही, नवलपुर, परासी, चितवन, बारा, पर्सा, रौतहट, सप्तरी, सर्लाही, महोत्तरी, सिन्धुली, सिरहा, सुनसरी, मोरङ जिल्ला रहेका छन् । त्यस्तै, अछाम, बझाङ, बाजुरा, डडेल्धुरा, दैलेख, दार्चुला, डोटी, हुम्ला, जाजरकोट, झापा, जुम्ला, कालिकोट, मुगु, रामेछाप, उदयपुर, काभ्रे, दोलखा र नुवाकोट पनि छन् । पार्टी संगठन विस्तारकै क्रममा रहेकाले उम्मेदवार हुन सक्ने जिल्ला अझ थपिन सक्ने रेशम चौधरीको भनाइ छ ।

प्रकाशित:

१४८४ दिन अगाडि

|

७ भदौ २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९