कञ्चनपुर
नागरिक उन्मुक्ति पार्टी कञ्चनपुरको जिल्ला अध्यक्षमा नन्द कुमार राना चयन भएका छन् ।
बुधबार एक कार्यक्रमको आयोजना गरी रानाको अध्यक्षतामा २१ सदस्यीय जिल्ला समिति गठन गरिएको छ । जसअनुसार कार्यसमितिमा उपाध्यक्षमा बन्दीराम डंगौरा, सचिवमा पिताम्बर चौधरी, सहसचिवमा पतिराम चौधरीलाई चयन भएका छन् ।
यस्तै सदस्यहरुमा जगदीश निरौला, लक्ष्मण डंगौरा, राम कुमारी राना, बिन्तु प्रसाद चौधरी, सम्झना चौधरी, हेमन्तराज उपाध्याय, विष्णु चौधरी, खेमराज बडु, बिमल चौधरी, पार्वती चौधरी, सुरेश चौधरी, सुगम चौधरी, डुठा राना, पल्टु राना, राजमान चौधरी, कलावती चौधरी, तिलक चौधरी, ईतवारी राना र सुग्रीब चौधरी चयन भएका छन् ।
यसै गरी भदौ ११ गते बेलौरीको खुलामञ्चमा नागरिक उनमुक्ति पार्टीले पार्टी प्रबेश कार्यक्रम राखेको जनाएको छ । सोही दिन नागरिक उन्मुक्ति पार्टी कार्यालय कञ्चनपुरकोे उद्घाटन कार्यक्रम पनि रहेको जिल्ला अध्यक्ष नन्दकुमार रानाले जानकारी दिएका छन् ।
यसै गरी अर्के समाचार अनुसार नागरिक उन्मुक्ति पार्टी कैलाली क्षेत्र नं २ प्रदेश (ख) बर्दगोरिया गाउँपालिका कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रममा बुधबार विभिन्न पार्टी त्याग गरी ५७१ जना नागरिक उन्मुक्ति पार्टीमा प्रवेश गरेको पार्टीका सुदूरपश्चिम संगठन विभाग प्रमुख अरुणकुमार चौधरीले जनाएका छन् । अरुणकुमार चौधरीले कैलाली क्षेत्र नं २ बाट प्रतिनिधिसभा उम्मेदवारीको दावी गरेका छन् ।
प्रकाशित:
१४८९ दिन अगाडि
|
२ भदौ २०७९
१४ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१६ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९