गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

गुन्द्रुक बिक्रीको जिम्मा गाउँपालिकाले लिएपछि किसान उत्साहित

९११ दिन अगाडि

|

१४ मंसिर २०८०

दिदिबहिनी र दाजुभाइ बीचको प्रेम र समर्पणको प्रतीक : समाचकेवा पर्व

दिदिबहिनी र दाजुभाइ बीचको प्रेम र समर्पणको प्रतीक : समाचकेवा पर्व

९१४ दिन अगाडि

|

१२ मंसिर २०८०

सरला चौधरी काठमाडौँको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाको आयोजनामा काठमाडौबासी थारुहरुले समाचकेवा पर्व मनाएका छन् । समाचकेवा पर्व खास गरी पूर्वी तराईमा बसोबास गर्ने थारु समुदायमा मनाइने मौलिक पर्व हो । यो पर्व कात्तिक शुक्ल द्धितीया अर्थात् भाइटिकाको दिनदेखि शुरु भई कात्तिक पूर्णिमाको दिन समापन गरिन्छ । यसै सन्दर्भमा काठमाण्डौको विभिन्न ठाउँमा थारु महिला समाज र थारु महिला सभाले समापन गरेको हो। यो पर्व दिदिबहिनी र दाजुभाइबीच प्रगाढ प्रेम र समर्पणको रुपमा मनाउने परम्परा रहेको थारु भाषा साहित्य केन्द्र वसघराको भुलाइ चौधरीले बताए । उनको अनुसार दुइ हजार बर्ष पहिले गरभ देशमा गरभा नामका राजा थिए ।  उनको रानीको नाम आदम्पिती थियो । उनको दरबार सबै कुराले भरिपुर्ण थियो । उनका छोरा साम र छोरी सभा थिइन । दरबारको परम्परानुसार समाको विवाह सेन वंशीय राजा चक्रबर्तिसँग भएको थियो । समाको सानैमा विवाह भएको कारणले उनी माइतीमै बस्दथिन् । दरबारमा धेरै मानिस आउजाउ गर्थे, भाइभारदारहरु पनि धेरै थिए । समा असाध्यै राम्री गुणवती थिइन । एक जना भाइदारलाई समा असाध्यै मन पथ्र्याे । उ समाको प्रेममा पागल थियो तर समा विवाहित भएको कारणले समाले  भारदारको प्रेम प्रस्ताव अस्विकार गरिन् । यहि बदला लिनको लागि कुरौटे भारदार राजासँग समा चरित्रहिन भएको चुग्ली लगाए  छ । र राजाले भारदार अथवा चुग्लाको कुरा सुनेर समालाई बनवास जान आज्ञा दिए । राजाको आवेगमा आएर लिएको निर्णयलाई रानीलाई असह्य भएछ र विलाप पुर्ण गीत गाउँछिन् । यही गीत गाउँदै थारु समुदायका महिलाहरु घर घरमा समाचकेवा मनाउने प्रम्परा रहेको थारु महिला समाजकी केन्द्रिय सचिव अनिता र्चाैधरीले बताइन् । समा जब वनबास तिर लाग्छिन्, उनका भाईहरु दरबार फर्कन आग्रह गर्दछन् । तर समा भने आफ्नो वुबाको आज्ञा पालनको अपमान नगर्ने भन्दै दरबार फर्कन अस्विकार गर्छिन र बनवास तिर लाग्छिन् । बनबासमा दुख कष्ट नहोस भन्दै लावालस्कर सहित उनलाइ चाहिने सामग्री र उनको सबभन्दा मन पर्ने कुकुर संगीतको भमरा, नतुवा लगाएत आवश्यक बस्तुहरुको बन्दोबस्त गरेर उनी सँग पठाइन्छ । जब उनी बनबासमा पुग्छीन् राजाले चुकलालाई दण्ड सजाय दिन्छन् । त्यही बदला लिनको लागि फेरीपनि चकलाले फेरी जंगलमा आगो लगाइ दिन्छ तर समाको सात भाई जंगलमा आगो निभाउँछन् । समा चाँही अर्को जूनीमा भाइबहिनीको रुपमा फेरीपनि जन्म लिने बाचा गर्दै चराको रुपमा परिणत हुन्छिन् । भाइहरु जंगल पुग्दा दिदिलाई चराको रुपमा देखेर वियोगान्त स्वरुप बहिनीको माया नपाए पनि अर्को जन्ममा समा र चकेवाको रुपमा जन्म पाउँ भन्दै फर्किए । त्यही दिनदेखि भाइबहिनीको प्रतिक रुपमा थारु समाजमा समाचकेवा मनाउन थालेको जनविश्वास रहेको थारु समाजकी केन्द्रिय अध्यक्ष गीता चौधरीले बताइन् ।  

कैलालीमा बरघर प्रणाली जोगाउन पारिश्रमिकको व्यवस्था

कैलालीमा बरघर प्रणाली जोगाउन पारिश्रमिकको व्यवस्था

९२० दिन अगाडि

|

६ मंसिर २०८०

कैलालीको कैलारी गाउँपालिका–६, बेनौलीका भलमन्सा काजीराम महतो र चिराकी सन्तराम चौधरीले एक वर्ष सेवा गरेबाफत गाउँलेबाट ४६ हजार ९ सय रुपैयाँको दरले बाली (पारिश्रमिक) पाए । २६८ घरधुरी रहेको बेनौलीमा प्रति घरधुरी ३५० रुपैयाँका दरले बाली सङ्कलन गरियो । उठेको आधा रकम भलमन्सा र आधा रकम चिराकीलाई दिइयो । गाउँ प्रमुख भलमन्सा र खबर वाहकको जिम्मेवारी निर्वाह गर्ने चिराकी तथा चौकीदारले मात्रै होइन सो गाउँमा पूजापाठ गर्ने गुरुवा र सहायक गुरुवा केसौकाले पनि बाली पाए । गाउँलेहरूले प्रति घरधुरी साढे १७ किलोका दरले धान र साढे दुई किलोको दरले चामल एकमुष्ठ दुवै जनालाई बाली बुझाए अर्थात् एक जनाले सालाखाला ८० हजार रुपैयाँ वार्षिक पारिश्रमिक बुझे । बेनौलीका भलमन्सा महतोले भने– ‘थारू समुदायको भलमन्सा प्रणाली सदियौँदेखि प्रचलित प्रथा हो । यो प्रथाभित्र आफ्नै नियम हुन्छन् । प्रथालाई अस्तित्वमा राख्न गाउँको सेवामा खट्ने व्यक्तिहरूलाई पारिश्रमिक स्वरूप बाली दिने चलन चल्दै आएको छ ।’ धनगढी उपमहानगरपालिका–११, बाँसखेडाका पूर्वभलमन्सासमेत रहेका धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरीले आफ्नो बस्तीमा चौकीदारलाई २० किलो र भर्रा (पुरोहित) लाई ३० किलो धान बाली स्वरूप दिइएको बताए । बाली सङ्कलन कार्य सो बस्तीमा मात्रै होइन आजभोलि पश्चिम नेपालका प्रायः सबै थारू बस्तीमा धमाधम भइरहेको छ । धान बाली भित्र्याइसकेयता सो कार्य भइरहेको हो । बरघर सशक्तीकरण अभियानकर्ता एकराज चौधरीले पश्चिम नेपालको दाङ, बाँके, बर्दिया, कैलाली र कञ्चनपुर जिल्लामा बरघर तथा भलमन्सा प्रथा कायमै रहेको बताउँछन् । भलमन्सा, बरघर, गुरुवा, केसौकालाई बाली दिने प्रचलन पनि कायमै रहेको जानकारी दिए । कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् । समाजमा सेवा गर्नेलाई समाजले नै सेवाको मूल्याङ्कन स्वरूपको पारिश्रमिक दिनु वैज्ञानिक र सामाजिक रहेको एकराज बताउँछन् । जसबाट समाजमा सुशासन कायम रहनुको साथै समाज सेवाप्रति अभिप्रेरित गर्ने र यो प्रथालाई अस्तित्वमा राखि राख्ने उनको धारणा छ । उनले भने, ‘समाज सेवा गर्ने व्यक्तिको पनि घरपरिवार हुन्छन् । उसको सेवाको मूल्याङ्कन गरेर पारिश्रमिक दिन कार्यले समाजमा सुशासन ल्याउँछ । सेवा गर्न प्रोत्साहित गर्छ ।’ तर कतिपय बस्तीमा भने भलमन्सा तथा बरघरबाहेक गुरुवा र चौकीदारलाई मात्रै पारिश्रमिक दिँदै आइएको छ । समाज सेवामा तलब लिनु उचित नरहेकाले आफूहरूको बस्तीमा भलमन्सालाई नदिने प्रचलन रहेको धनगढी नगर भलमन्सा समिति अध्यक्ष रोहित चौधरी बताउँछन् । ‘भलमन्सा गाउँको प्रमुख हो । उसको जिम्मेवारी समाज सेवा हो, नोकरी होइन । त्यसैले समाजबाट लिनु उचित होइन,’ नगर भलमन्सा समिति अध्यक्ष उनले भने, ‘हाम्रो लडाइँ तथा माग राज्यसँग हो । भलमन्साहरू समाजबाटै सर्वस्वीकृत व्यक्ति हो । हरेक विकास निर्माण नेतृत्वदायी भूमिका रहन्छ । त्यसैले उनीहरूको विकासमा सरकारको दायित्व रहनु पर्दछ ।’ बरघर प्रथा थारू समुदायमा स्थापित प्रथा हो । प्रथा अनुसार थारू समुदायमा बरघरले निश्चित समयका लागि समाजबाट कार्यकारी प्रमुखको जिम्मेवारी पाएका हुन्छन् । माघी पर्वलाई नयाँ वर्षका रूपमा मनाउँदै आएको थारू समुदायमा माघी पर्व मनाइसकेलगत्तै माघी डेवानी कार्यक्रम आयोजना गरी बरघर चयन गर्ने र वर्षभरिका लागि कार्ययोजना बनाउने कार्य हुन्छ । समुदायको वार्षिक कार्यायोजनाभित्र समुदायको नेतृत्वकर्तालाई बाली दिने वा नदिने तथा बालीको दररेट तोक्ने कार्य सर्वसहमतिले पारित हुने बताइन्छ । थारू समुुदायमा बरघर÷भलमन्सा, चिराकी÷चौकीदार, गुरुवा र केसौकाहरूको नेतृत्वदायी भूमिका रहँदै आएको छ । गाउँभित्रको पानी पँधेरो, सडक, सिँचाइ कुुलो, पुल पुलेसा निर्माण तथा मर्मत सम्भारदेखि जन्म, विवाह, मृत्यु संस्कारसम्ममा भूमिका रहन्छ । गाउँमा भैपरी आउने झैझगडा मिलाउने कार्यसमेत बरघरकै रोहबरमा हुँदै आएको छ । स्थानीय स्तरमा कानुनी मान्यतासँगै सुविधा पनि पछिल्लो समय बरघर तथा भलमन्सा प्रथाले कानुनी मान्यता पाउन थालेको छ । हालसम्म १५ पालिकाले कानुनी मान्यता दिइसकेका छन् । योसँगै पालिकाहरूले बरघर भलमन्साहरूको क्षमता विकास तालिमदेखि लिएर अन्य सुविधा प्रदान गर्दै आएका छन् । भलमन्सा ऐन ल्याइ सकेकोको कैलालीको कैलारी गाउँपालिकाले भलमन्साहरूलाई मासिक ५ सय रुपैयाँको दरले मोबाइल रिचार्ज खर्च प्रदान गर्दै आएको छ ।  

बीबीसीको १००  प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

बीबीसीको १००  प्रभावशाली महिलाको सूचीमा नेपालबाट रुक्साना कपाली

९२० दिन अगाडि

|

५ मंसिर २०८०

बीबीसीले यस वर्षका लागि निकालेको सय प्रभावशाली महिलाको सूची सार्वजनिक भएको छ । जसमा नेपालबाट रुक्साना कपाली समेत समेटिएकी छन् ।  ट्रान्सजेन्डर मानव अधिकारवादी अभियन्ता कपालीले यौनिक तथा अल्पसंख्यक लैंगिक समूहबारे खुलेर बोल्दै आएकी छिन् ।  कानूनकी विद्यार्थी उनले हाल नेपालमा एलजीबीटीप्लस समूको लागि कानूनी र संवैधानिक अधिकार स्थापित गर्न सक्रियता जनाउँदै आएकी हुन् । बीबीसी सूचीमा पर्ने उनी एकमात्र नेपाली हुन्। १०० प्रभावशाली महिलाको सूचीमा अमेरिकाकी भूतपूर्व प्रथम महिला मिसेल ओबामा, ब्यालन डि’ओर जित्ने फुटबलर आइताना बोनमाटीलगायत छन् । 

तिहारको चौथो दिन: आज गोवर्द्धन पूजा

तिहारको चौथो दिन: आज गोवर्द्धन पूजा

९२८ दिन अगाडि

|

२८ कात्तिक २०८०

यमपञ्चक अर्थात् तिहारको चौथो दिन आज गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी मीठो खानेकुरा खान दिएर मनाइँदैछ ।   कार्तिक शुक्ल प्रतिपदाका दिन गोवद्र्धन पर्वत, बली, गोरु र हलिको पूजा आजा गरी सम्मान प्रकट गर्ने गरिन्छ । आजका दिनमा घर आँगनमा लिपपोत गरी गाईको गोबरको पर्वत बनाई त्यसलाई गोवद्र्धन पर्वत मानी पूजा गरिन्छ । द्वापर युगमा भगवान् श्रीकृष्णले हत्केलाले गोवद्र्धन पर्वत उचाली गोकुलवासीलाई मुसलधारे वर्षाबाट बचाएको सम्झनामा गोवद्र्धन पर्वतको पूजा गर्ने प्रचलन बसेको धर्मशास्त्रविद् प्रा डा देवमणि भट्टराई बताउछन् ।  गोवद्र्धन पूजा प्रतिपदाका दिन सूर्योदय भएका दिन गर्नुपर्ने विधि रहेको नेपाल पञ्चाङ्ग निर्णायक विकास समितिका अध्यक्ष प्रा श्रीकृष्ण अधिकारीले बताए । बली, हलि एवम् गोरु पूजा भगवान् विष्णुले बली राजालाई यमपञ्चकका पाँच दिन मत्र्यलोकको शासन गर्ने अधिकार दिएको विश्वासका आधारमा आज बली राजाको पनि सम्झना स्वरुप पूजा आराधना गरिन्छ । यसैकारण तिहारमा देउसी भैलो खेल्नेले ‘हामी त्यसै आएनौँ बली राजाले पठाए’ भनेर भट्याउने चलन चलेको हो । वर्षभर जोतिएर मानव हितका लागि सेवा गर्ने गोरुलाई पनि आज पूजा आजा गरी मीठा मीठा खानेकुरा खान दिने प्रचलन छ । गोरुलाई देवाधिदेव महादेवको वाहन अर्थात् साँढेका रूपमा पनि पूजा गर्ने परम्परा छ । यसैगरी, वर्षभर गोरु जोत्ने हलि एवम् अन्य कृषि कर्म गर्ने किसानलाई पनि आज पूजा गरी मीठा मीठा परिकार खुवाइन्छ । यसैले आजको दिनलाई हलि तिहार वा अपभ्रंश भई हलतिहार पनि भनिन्छ ।

तिहारको तेस्रो दिन : आज गाई पूजा

तिहारको तेस्रो दिन : आज गाई पूजा

९२९ दिन अगाडि

|

२७ कात्तिक २०८०

कार्तिक शुक्ल प्रतिपदा एवं यमपञ्चक अर्थात् तिहारको तेस्रो दिन आज गाईको पूजाआजा गरी मनाइँदैछ ।  गाईलाई पवित्र मानी पूजा गर्ने वैदिक सनातन कालदेखिको परम्परा हो । गाईले दिने दूध आमाले खुवाएको दूध जत्तिकै पौष्टिक हुने भएकाले गाईलाई गौमाता भनी सम्मान गरिन्छ ।  स्थानीय जातका गाईमा हुने जुरोले सूर्य र चन्द्रमाबाट ऊर्जा लिई दूध, गहुँत र गोबरका माध्यमबाट मानिसमा शक्ति दिने भएकाले गाईको महत्व रहेको आधुनिक विज्ञानले पनि प्रमाणित गरेको छ । गाईको पूजा गरी आजका दिन मीठा परिकार खान दिएमा गाईबाट पाइने शुद्धता सधैँ प्राप्त हुने धार्मिक विश्वास छ । नेपालका कतिपय भाग र केही समुदायमा कार्तिक कृष्ण औँसीकै दिन गाई पूजा गर्ने परम्परा रहे पनि औँसीको अन्त्य र प्रतिपदाको शुरुमा गाई पूजा गर्नुपर्ने शास्त्रीय मान्यता रहेको नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्य प्रा डा देवमणि भट्टराईले राससलाई जानकारी दिए । आज गाई पूजा गरी साउन शुक्ल पूर्णिमाका दिनमा दाहिने हातमा बाँधिएको रक्षाबन्धन गाईको पुच्छरमा बाँधिदिएमा मृत्युपश्चात् गाईले स्वर्ग जान वैतरणी नदी तारिदिने धार्मिक विश्वास छ ।