चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

चिसोसँगै अस्पतालमा बिरामीको चाप बढ्दो

८९९ दिन अगाडि

|

२७ मंसिर २०८०

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

त्रिवि स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप

८९९ दिन अगाडि

|

२७ मंसिर २०८०

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय स्नातकोत्तर तहमा विद्यार्थी भर्नाको म्याद एक महिना थप गरिएको छ । त्रिवि मानविकी तथा सामाजिक शास्त्र सङ्काय डीनकाे कार्यालयले भर्नाको म्याद पुस २४ गतेसम्म थप गरेको हो। यसअघि मङ्सिर २५ गतेसम्म मात्र भर्नाको म्याद थियो । अब पुस २४ गतेसम्म भर्नाका लागि आवेदन दिन सकिनेछ।  स्नातकोत्तर तथा अधिस्नातक तह ( MA& PGD) मा नयाँ विद्यार्थी भर्ना सम्बन्धी म्याद थप गरिएको सूचना त्रिभुवन विश्वविद्यालय, मानविकी तथा सामाजिक शास्त्र सङ्काय, डीनको कार्यालयले जनाएको छ।  सेमेस्टर प्रणालीमा आधारित शैक्षिक वर्ष २०२३ (२०८०/०८१) को अधिस्नातक (PGD) तथा स्नातकोत्तर (MA) तहका केन्द्रीय विभागहरू / क्याम्पसहरू तथा विभाग / कार्यक्रमहरूमा नयाँ विद्यार्थी भर्नाको आवेदन फाराम भर्ने समयावधि पुस २४ गतेसम्म थप गरिएको जनाएको छ।  आवेदकहरूले अनलाइन मार्फत आवेदन दिनुपर्नेछ। त्यसका लागि द्वारा entrance.tufohss.edu.np टाइप गरी New Student Registration बाट आफूले भर्ना हुन चाहेको विषय तथा अध्ययन गर्न चाहेको केन्द्रीय विभाग / क्याम्पस/कार्यक्रमहरूका निमित्त अनलाइन आवेदन फाराम भर्न सकिने छ ।  म्याद नाघी प्राप्त हुन आएका र रीत नपुगेका आवेदन फाराम उपर कुनै कार्यवाही नहुने त्रिविले जनाएको छ। त्रिवि वा त्यसबाट मान्यता प्राप्त शिक्षण संस्थाबाट सम्बन्धित विषयमा स्नातक तह वा सो सरहको परीक्षा उत्तीर्ण गरेका एवम् सम्बन्धित विषय समितिले निर्धारण गरेका मापदण्डहरू पूरा गरेका विद्यार्थीहरू यस प्रवेश परीक्षामा सहभागी हुन सक्ने छन् ।  अनलाइन आवेदन फाराम भर्दा हालसालै खिचेको फोटो र एस.एल.सी. / एस.ई.ई. देखि स्नातक तहसम्म उत्तीर्ण गरेका सम्पूर्ण शैक्षिक प्रमाण-पत्रहरू अनिवार्य रूपमा अपलोड गर्नुपर्नेछ।  आवेदन फाराम पुस २४ गते राती १२:०० बजेसम्म र दोब्बर दस्तुरमा पुस २६ गते राती १२:०० बजेसम्म भर्न सकिनेछ । प्रवेश परीक्षा पुस २७ गतेदेखि हुनेछ।

ईःलाई ललितपुरमा उभिन अवरोध

ईःलाई ललितपुरमा उभिन अवरोध

८९९ दिन अगाडि

|

२६ मंसिर २०८०

२६ मंसिर, काठमाडौं । ललितपुर महानगरपालिकाका फुटपाथ व्यवसायीलाई व्यापार गर्ने अवसर दिनुपर्ने माग राखेर ललितपुर महानगरपालिका कार्यालय बाहिर उभिएका अभियन्ता ई: लाई स्थानीय वासिन्दाले अवरोध गरेका छन् । ई: ले ललितपुरको लगनखेलदेखि मंगलबजारसम्मको सडकमा फुटपाथ व्यापार गर्न नदिएपछि त्यहाँ व्यापार गरेर जीविका चलाएका साना व्यवसायीको रोजीरोटीमै समस्या परेको भन्दै मंगलबार १०८ मिनेट उभिएर विरोध प्रदर्शन गर्ने घोषणा गरेका थिए । मंगलबार अपरान्ह ई: महानगरपालिकाबाहिर उभिन जाँदा पाटनका स्थानीय बासिन्दाले अवरोध गरेका हुन् । ‘हामी पूर्वनिर्धारित कार्यक्रम अनुसार नै उभिन थालेका थियौं तर उभिन सुरु भएको पाँच मिनेटमै स्थानीयले आएर हामीसँग झगडा गरे । अहिले हामी प्रहरीको सुरक्षा घेरामा छौं,’ ई: को अभियानमा सहभागी रक्षा बमले  भनिन् । उनका अनुसार स्थानीयले ‘सम्पदा मास्न पाइँदैन, फुटपाथमा व्यापार चाहिँदैन’ भन्दै नाराबाजी गरेर ईःले राखेको आन्दोलनको ब्यानर पनि च्यातिदिएका थिए । सुरक्षा अवस्थालाई मध्यनजर गरेर पुल्चोकमा ठूलो संख्यामा प्रहरी खटाइएको छ । जिल्ला प्रहरी परिसर ललितपुरका प्रमुख एसएसपी सिद्धिविक्रम शाहका अनुसार अभियन्ता ईःलाई पुल्चोकस्थित प्रहरी कार्यालयमा राखिएको छ भने बाहिर स्थानीयले प्रदर्शन गरिरहेका छन् । ‘स्थिति तनावग्रस्त हुने भएपछि फुटपाथमा व्यवसाय सञ्चालन गर्न पाउनुपर्छ भन्ने अभियन्तालाई हामीले प्रहरीचौकीमा राखेका छौं, बाहिर आन्दोलन चलिरहेकै छ,’ उनले भने ।  

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

सुन्तलाको बगैँचा पस्न डराउँछन् दोसल्लेवासी

९०१ दिन अगाडि

|

२५ मंसिर २०८०

२५ मंसिर, म्याग्दी । म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका प्रेम पाइजा बगैँचामा फलेको सुन्तलाको दाना कसरी टिप्ने भन्ने चिन्तामा छन् । दोसल्लेकै रेबहादुर पुनको फल दिने भएका सुन्तलाका बोट बिजुलीको तारले छुन थालेपछि मर्न थालेका छन् । ४२ घरधुरीको बसोबास रहेको दोसल्लेका बासिन्दाले पूरै गाउँमा सुन्तलाखेती गरेका छन् । नौ हजार सुन्तलाको बोट भएको बगैँचाको बीचमा रहेको ११ केभी क्षमताको विद्युतको नाङ्गो तारले हाँगा छुन थालेको छ । बगैँचाभित्र पस्न विद्युत्को करेन्ट लागेर दुर्घटना हुने जोखिम रहेको अन्नपूर्ण गाउँपालिकाका पूर्वउपाध्यक्ष केशमाया मगरले बताइन् । ‘सुन्तलाको बोटले बिजुलीको वितरण लाइनको तार छोएकाले बगैँचामा जाँदा करेन्टको झट्का आउँछ’, दोसल्ले व्यावसायिक सुन्तला कृषक समूहका अध्यक्ष पाइजाले भने, ‘तारमा छोइएर सुन्तलाको बोट मर्न थालेका छन् । रहेका बोटका सुन्तलाको दाना टिप्न, गोडमेल र मलजलका लागि बगैँचामा पस्दा करेन्ट लागेर दुर्घटना हुने डर छ ।’ सुन्तलाको बोट हुर्कदै गएपछि हाँगाले नाङ्गो तार छोएर जोखिम बढेको हो । चार सय भोल्टको विद्युत् प्रवाह हुने नाङ्गो तारले छोइएर सुन्तलाका बोट मर्न थालेका हुन् । गोडमेल गर्दा र सुन्तलाको फल टिप्दा करेन्ट लाग्ने जोखिम रहेको स्थानीय बेगबहादुर पाइजाले बताए । ‘सुन्तला बगैँचाभित्र जाँदा करेन्ट लागेर ज्यानै जाला भन्ने डर छ’, उनले भने, ‘तारले छोएको बोटको सुन्तला माया मार्नुपर्ने अवस्था छ । बगैँचा पस्दा कता करेन्ट लागेर मरिने हो भन्ने डर छ ।’ केही दिनअघि दोसल्ले जानुभएका गण्डकी प्रदेशसभा सदस्य हरिबहादुर भण्डारीलाई स्थानीयवासीले विद्युतीय दुर्घटनाको जोखिम न्यूनीकरणका लागि नाङ्गो तार हटाएर एबिसी केबुल भएको कालो तार जडान गर्ने व्यवस्था गर्न माग गरेका थिए । ‘दोसल्लेको विद्युतीय दुर्घटनाको जोखिमको अवस्थाका बारेमा नेपाल विद्युत् प्राधिकरण बेनी वितरण केन्द्रमा जानकारी गराएपछि प्राविधिक टोलीले स्थलगत निरीक्षण गरेको छ’, उनले भने, ‘जति सक्दो छिटो नाङ्गा तार हटाएर एबिसी केबुल राख्ने तयारी गरेका छौँ ।’ सदस्य भण्डारीको नेतृत्वमा आइतबार नेपाल विद्युत् प्राधिकरणको बेनी वितरण केन्द्रका प्रमुख प्रताप बराल, इञ्जिनियर शिव पौडेल, लेखा प्रमुख श्याम रानासहितको टोलीले दोसल्लेको विद्युत् वितरण लाइनको स्थलगत निरीक्षण गरेको छ । केन्द्रका प्रमुख बरालले सुन्तला बगैँचाभित्र नाङ्गो तारको विकल्पका एबिसी केबुल राख्न प्रक्रिया अघि बढाएको र केही दिनमै तार परिवर्तन गरिने बताए । अन्नपूर्ण गाउँपालिकाको दोवा, बेनी नगरपालिकाको बास्कुनालगायत ठाउँमा बस्ती र बगैँचामाथि रहेको विद्युत्को तार व्यवस्थापन गर्न पहल गरिरहेको प्रदेशसभा सदस्य भण्डारीले बताए ।

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको तयारी तीब्र, सुनसरीको गढीमा गरिने 

९०३ दिन अगाडि

|

२२ मंसिर २०८०

आठौं थारू साहित्य राष्ट्रिय सम्मेलन मोरङमा हुने तय भएको समाचार यसअघि आएकोमा स्थानीय आयोजक हौली परिवारले सुनसरीको गढीमा गरिने जानकारी दिएको छ । यसअघि स्थानीय संयोजनकर्ता हौली परिवारको मंसिर १५ को बैठकले आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन आगामी माघ २६ देखि २८ गतेसम्म मोरङको विराटनगर या सुनसरीको गढी वा दुहबीमा गर्ने निर्णय गरेको थियो । हौली परिवारका अध्यक्ष श्रवण सुतिहारले भने, ‘हौली परिवार सुनसरी र मोरङ दुबै जिल्लामा सक्रिय छ । त्यसैले, सुरुमा स्थानको अलमल जस्तो भयो । अब भने आठौं थारु साहित्य राष्ट्रिय सम्मेलनको मिति माघ २६ देखि २८ गते अनि स्थान सुनसरीको गढी गाउँपालिका–२, गढीमाई फिक्स भएको छ ।’ अध्यक्ष सुतिहारले सम्मेलन सफल गर्न आफ्नो संयोजकत्वमा ५१ सदस्यीय तयारी समिति तथा विभिन्न उपसमिति गठन गरिएको पनि बताए । उनले तयारीलाई तीब्रता दिएको जनाए ।  थारु लेखक संघ तथा जंग्रार साहित्यिक बखेरी पनि आठौं थारू साहित्य राष्ट्रिय सम्मेलनको आयोजक हुन् । मोरङ, सुनसरीमा आठौं थारु साहित्य राष्ट्रिय सम्मेलन हुन नसके जंग्रार साहित्यिक बखेरीको संयोजनमा बर्दियामा आयोजना गर्ने तयारी अगाडि बढेको थियो । अब बर्दियामा गरिने साहित्य सम्मेलनलाई के नाम दिने छलफल गरिने बखेरीका अध्यक्ष सोम डेमनडौराले बताए ।  स्मरण रहोस् थारू साहित्य राष्ट्रिय सम्मेलन सहयोगार्थ बखेरीेले मंसिर १५ गतेदेखि २२ गतेसम्म बर्दियाका विभिन्न स्थानमा पुस्तक प्रदर्शनी गरेको थियो । साथै, सम्मेलन सहयोगार्थ एक कप चिया अभियान जारी राखेको छ ।   

लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा आजदेखि लागु

लुम्बिनीको राजधानी क्षेत्रमा ३ वर्षपछि जग्गा फुकुवा आजदेखि लागु

९०५ दिन अगाडि

|

२१ मंसिर २०८०

तेजेन्द्र के.सी.  लुम्बिनी प्रदेश सरकार मन्त्रिपरिषद् बैठकले कार्तिक १ गते राजधानी दाङ क्षेत्रको जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो । उक्त निर्णय बिहीबारदेखि लागु हुने  भएको छ । प्रदेशको राजधानीको तोकिएपछि २०७७ असोज १६ गते राप्ती गाउँपालिकाको पूरै वडा, गढवा गाउँपालिका वडा नम्बर १, २ र ३, अर्घाखाँची शितगंगा नगरपालिका वडा नम्बर ८ र ९ को जग्गा रोक्का राख्ने निर्णय गरिएको थियो । ३ वर्षपछि त्यो क्षेत्रका लागि जग्गा कित्ताकाट नगरी बिक्री वितरण गर्न पाउने गरी प्रदेश सरकारले गरेको निर्णय बिहीबारदेखि लागु हुने मालपोत कार्यालयले सूचना निकालेर जनाएको छ । जग्गा फुकुवा नहुँदा जनजीवन प्रभावित भएको, आर्थिक कारोबार र लगानी ठप्प भएको, घरायसी दैनिक कामकाज रोकिएको भन्दै आन्दोलनसमेत भएको थियो । लुम्बिनी प्रदेश सरकाले सर्तसहित नयाँ कित्ताकाट नहुने गरी जग्गा फुकुवा गर्ने निर्णय गरेको हो । मालपोत कार्यालय लमहीका कार्यालय प्रमुख मानबहादुर कुवरका अनुसार उक्त निर्णय बिहीबारदेखि लागु हुँदैछ । ‘निर्णय कार्तिकमा भए पनि बल्ल यहाँ इमेलबाट पत्र आयो, हामीले पनि सोही अनुसार सूचना जारी गरेका छौँ, भोलिदेखि काम गर्ने छौँ ।’ हाल जग्गा पासको काम रोकिँदा राजस्व संकलनमा पनि असर परेको थियो । त्यसमा सबैभन्दा धेरै मारमा राप्ती गाउँपालिका परेको छ । उक्त गाउँपालिका उपाध्यक्ष कमलापति चौधरीका अनुसार तीन वर्ष जग्गा रोक्का हुँदा राजस्वमा धेरै असर परेको थियो । राप्ती गाउँपालिकाले हालै पुरानो कित्ताकाटलाई यथावत् राख्दै नयाँ घडेरीका लागि पनि एउटा मापदण्ड बनाएको बताइन् । जग्गा फुकुवा प्रक्रिया कार्यान्वयनका लागि पत्राचार गर्दा सर्तसहितको भनिएकाले राजधानी व्यवस्थापनमा असर नपर्ने गरी कार्यान्वयनमा ल्याउने प्रयास भइरहेको लुम्बिनी प्रदेश सरकारका प्रवक्ता एवं गृहमन्त्री सन्तोष पाण्डेयले बताए । जग्गा फुकुवाको लागि सर्त निर्धारण गर्न गठित समितिको सिफारिस अनुसार कित्ताकाट नहुने गरी किनबेचसम्म फुकुवा गर्दा जग्गा एकीकरण कार्यमा प्रतिकूल असर नपर्ने भन्दै प्रतिवेदन बुझाएको थियो । प्रतिवेदनका आधारमा प्रदेश पूर्वाधार विकास प्राधिकरणको पूर्वाधार विकास समितिको बैठकबाट रोक्का जग्गा फुकुवा गर्ने निर्णय गरेको थियो । राजधानी क्षेत्रका १४ वटा वडाको जग्गा कारोबार फुकुवाका लागि आवश्यक प्रतिवेदन तयार पार्न ढिलाइ भएका कारण फुकुवासम्बन्धी निर्णय गर्न ढिलाइ भएको थियो । प्रदेश पूर्वाधार विकास प्राधिकरणले पनि राजधानी तोकिएको १४ वटै वडालाई लक्षित गरेर जग्गाको ल्याण्ड पुलिङ्गको काम अघि बढाउने तयारी गरेको मन्त्री पाण्डेयले बताए । राजधानीका नाममा जग्गा कारोबारीहरू सलबलाउन सक्ने, भू–माफियाको चलखेल गर्न सक्ने भन्दै तत्कालीन सरकारले राजधानी घोषणा गर्नु ४ दिनअघि नै राजधानी क्षेत्रको जग्गा किनबेच तथा कित्ता काटमा रोक लगाएको थियो । 

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

'मगर संस्कृतिमा मगर भाषाको प्रयोग' विषयक विचार गोष्ठी सम्पन्न 

९०६ दिन अगाडि

|

२० मंसिर २०८०

काठमाडौँ । नेपाल प्रज्ञा-प्रतिष्ठान र नेपाल साहित्य मन्दिरद्वारा संयुक्त रूपमा 'मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोग' नामक कार्यपत्रसहित विचार गोष्ठीको आयोजना मङ्सिर १९ गते मङ्गलवार प्रतिष्ठानको देवकोटा सभाकक्षमा सम्पन्न भएको छ । । उक्त ग‍ोष्ठीको समुद्घाटन प्रज्ञा-प्रतिष्ठानका सदस्य सचिव डा. धनप्रसाद सुवेदीले गर्नुभएको थियोे । कार्यक्रममा कार्यपत्र प्रस्तुत प्रज्ञा-प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा.विष्णुकुमार सिञ्जालीले गर्नुभएको थियो । यस कार्यपत्रमा नेपाली समाजमा मगर भाषा र यसको महत्त्व ,मगर संस्कार र संस्कृतिमा मगर भाषाको प्रयोगको अवस्था,जन्म संस्कार ,छेवर तथा गुन्यूचोलो संस्कार,विवाह संस्कार ,मृत्यु संस्कार,मगर भाषाका कर्मकाण्डीय पुस्तक,पुजाआजा,मगरका थान ,मन्दिर,चाडवाड ,नातापाता,खानाका परिकार ,नाचगान,मगर संस्था,मगर दर्शन,विस्थापन र संस्कारमा मगर भाषाको प्रयोगका बारेमा चर्चा गरिएको थियोे । यस अवसरमा सदस्य सचिव सुवेदीले 'प्रत्येक जातजातिको मातृभाषा,संस्कृति र संस्कारका विषयमा सम्बन्धित पक्षसँग रहेर अनुसन्धान र बहसलाई प्रतिष्ठानले अघि बढाउँदै जाने कुरामा जोड दिनुभएको थियोे । यसैगरी कार्यक्रमका सभाध्यक्ष ,प्रज्ञा-प्रतिष्ठानका प्राज्ञ परिषद् सदस्य तथा भाषा (मातृभाषा कोश र व्याकरण) विभाग प्रमुख त्रैलोक्यमान बनेपाली (अगिब)ले स्वागत मनतव्यका क्रममा संस्कार, संस्कृति, शिक्षा, स्वास्थ्य, धर्म, व्यवहारमा मगर भाषाकाे प्रयाेग कसरी भइरहेकाे छ र भाषा बाेल्नमा किन ह्रास आइरहेकाे छ भन्ने कारण खाेज्ने प्रयत्न कार्यपत्रले गरेकाे छ ।साथै उक्त भाषाका उपलब्धि, समस्या र समस्याका समाधानका उपायहरूका बारेमा सम्बन्धित निकायहरूसँग छलफल गर्ने पनि जानकारी गराउनुभएको थियो। यसैगरी कार्यक्रमका विशिष्ट अतिथि तथा संस्कृतिविद् प्रा.डा. प्रेमकुमार खत्रीले प्रत्येक भाषा,संस्कृति र संस्कारको उत्खनन् र संरक्षण आफैँलेे गर्नुपर्छ । त्यसले मात्रै भाषा र संस्कृति बाँच्छ' भन्नुभएको थियोे। यसै क्रममा भाषाविद् पूर्ण रानाले उक्त कार्यपत्रमाथि टिप्पणी गर्नुभएको थियोे ।यस्तै सहभागीका तर्फबाट सुरेन्द्र थापा,डा.लालबहादुर पुन मगर ,नरकुमारी घर्तीमगर ,हेमबहादुर पुलामी मगर ,माया रोका मगर,उत्तमनारायण मल्ल र सञ्जोग लाफा मगर लगायतले आआफ्नो धारणा राख्नुभएको थियोे ।