Above News Title

थारू लेखक संघबाट थारू साहित्य पुरस्कारका लागि कृति आह्वान 

आगामी माघ ५ गते भित्र आफूले लेखन तथा संकलन गरेको कृति बायोडाटासहित मनोनय दर्ताका लागि अनुरोध
थारू लेखक संघबाट थारू साहित्य पुरस्कारका लागि कृति आह्वान 

थारू लेखक संघ नेपालले ‘थारू साहित्य पुरस्कार २०७९’ का लागि कृति आह्वान गरेको छ ।

कार्यसमितिको हालै धनगढीमा बसेको बैठकले माघ २० देखि २२ गतेसम्म राप्ती सोनारीको सिढन्वामा  ७औं  राष्ट्रिय थारू साहित्य सम्मेलनको अवसरमा स्रष्टालाई सम्मान गर्ने जनाएको छ । 

यसका लागि संघले पुरस्कारका लागि इच्छुक कृतिकारलाई आगामी माघ ५ गते भित्र आफूले लेखन तथा संकलन गरेको  कृति बायोडाटासहित मनोनय दर्ताका लागि अनुरोध गरेको छ ।

थारू भाषा, साहित्य, कला र संस्कृति आदि विधामा कलम चलाई थारू वाङ्मयमा महत्वपूर्ण योगदान पु¥याउने लेखक, स्रष्टा, साहित्यकार, कलाकार एवं अनुसन्धानकर्ताहरुलाई सम्मान तथा पुरस्कार प्रदान गर्ने उद्देश्यले संघले  करिब ६ लाखको अक्षय कोष स्थापना गरेको छ ।  संघका अध्यक्ष जीत ट्रासनका अनुसार पुरस्कार रकमका लागि संस्थापक तथा आजीवन सदस्यता वापतको रकम तथा कार्यक्रम गरी जोगाइएको रकमले  अक्षय कोष स्थापना गरिएको हो । संघले प्रदान गर्ने पुरस्कार मूल्यांकन समितिको अन्तिम निर्णय नै सर्वमान्य हुने जनाएको छ ।

संघले २०७८ फागुन ११ र १२ गते कञ्चनपुरमा भएको छैठौं राष्ट्रिय थारू साहित्य सम्मेलनमा गीत संगीत क्षेत्रमा महत्वपूर्ण योगदान पु¥याउने दोषहरण चौधरीलाई नगद १५ हजार ५५५ नगद पुरस्कार सहित प्रमाणपत्रले सम्मान गरेको थियो । यसपाली पुरस्कारको रकममा १० हजार बृद्धि गरी २५ हजार ५ रुपैया बनाएको छ ।

त्यसैगरी २०७७ चैत्र २१ र २२ गते सुर्खेतमा भएको पाँचौ राष्ट्रिय थारु साहित्य सम्मेलनमा आख्यानकार शेखर दहितलाई नगद ११ हजार १११ सहित पुरस्कृत गरिएको थियो ।

प्रकाशित:

१३५० दिन अगाडि

|

२२ पुष २०७९

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९