प्रेममा मन कस्तो हुन्छ ?
सिमलको भुवाजस्तै कोमल हुन्छ
नदीको पानीजस्तै कञ्चन हुन्छ
समुद्रको छालजस्तै तरंगित हुन्छ
हिमालबाट बहेको वायुजस्तै शीतल हुन्छ
मन त समयजस्तै हो
कुनै सिमाना हुँदैन
ब्रह्माण्डमा डुल्दछ
आकाशमा दौडिन्छ
शून्यतामा पौडिन्छ
वायुसँगै बग्दछ
बर्षासँगै बर्सिन्छ
स्वच्छ र निर्मल हुन्छ
त्यही मनले प्रेमको लहर बनाउँदछ
त्यही लहरले पात्र खोज्दछ
त्यही प्रेम प्रसारित हुन्छ तिमी र ममा
अनि, समयको चक्रकै बीचमा
त्यही प्रेमले तन र मनको
सम्पूर्ण अस्तित्व एकाकार गरी
शून्य बनाइदिन्छ
तन बिछोडिएपनि मनको प्रवाहमा
जीवन्त बनेर प्रेम प्रवाहित भइरहन्छ
प्रिय,
तिमी साँच्चिकै निर्दयी बनिदिएको भए हुने
तिम्रो प्रेममा अलिकति अधूरोपन
बाँकी राखिदिएको भए हुने नि
तनले त्यागेर गएपनि
अन्तरहृदयको गहिराइबाट
चुपचाप प्रेम प्रवाह गरिरह्यौ
दूर क्षितिजबाटै पनि
मौनरुपमै तिमीले प्रेम गरिदियौ
त्यही प्रेमको लयमा
हामी एक भइरहेका रैछौँ नि
हेर त प्रिय,
युगौँको बिछोडमा तनले
उमेरको आफ्नो प्रकृति छोडेन
समयको चक्रमा पुलुक्क हेर्दै
तिम्रो प्रेमीको तन बिसर्जित हुने आशामा
पर्खेर बसेका जीवले
अब के खालान् त ?
चिहान खनेर पनि के पाउलान् र ?
अग्निमा जलेर धुँवा बनी बहँदा पनि
वायुका जीवले केही नपाउने भए नि .
भौतिक अस्तित्व समाप्तिमा
आफ्नो जीवनको आधार बनाउने
धमिरा र कमिलाको भाग पनि बाँकी नराखीकन
मनले नै रित्याइदियौ तिमीले
ती आशाले हेरिरहेका नजरलाई निरास पार्दैै
सम्पूर्ण अस्तित्व खिचिदियौ तिमीले .
गिद्ध बलियो छ
स्यालहरु फूर्तिला छन्
हुँडारहरु कुइँकुइँ गरिरहेकै छन्
किराहरु सकपकाइरहेकै छन्
आफ्नो भाग आउने आशामा
तर ती सबैलाई तिमीले
निरास बनाइदिएकी छौ प्रिय
प्रिय,
तिम्रो ममताको मापन नै छैन
तिम्रै प्रेममा लीन भएर
तिम्रै प्रेममा बिलीन भएर
शून्य आकाशमा मनलाई डुलाइरहेको छु
धर्तीमा आशा गरेर बसिरहेका जीवलाई
निराश पारेर .
प्रिय,
तिम्रो प्रेमको प्रचण्ड रापले
हाड मक्किइसकेको छ
छाला चाउरिइसकेको छ
मांस डढिसकेको छ
नशा सुकिसकेका छन्
मस्तिष्क खुम्चिइसकेको छ
जीवन अस्तित्व मेटिइरहेको छ
अनन्त यात्रारम्भ अगाडि
दुई अस्तित्वको पुनर्मिलनको आशामा
तिम्रा क्षितिजतर्फ हेर्दै
नजरहरु पर्खिरहेका छन्
अब एकपटक फेरि
फर्केर आऊ भो प्रिय,
अनन्तमा प्रस्थान हुनु अगावै
अँगालोमा लपेटिएर
अनन्त आकाशमा कावा खाँदै
प्रेममा लीन हुन ।
प्रकाशित:
१३५३ दिन अगाडि
|
१७ पुष २०७९
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९