तस्विरः कृष्णराज सर्वहारी
केवी चौधरी
ए साथी,
एकछिन बिसाउनुस् न भारी
यो चौतारीमा बसेर
लालुपातेको फूलसंग
धित मरुन्जेल बात मारौ
परको त्यो उखुबारीमा
पारिलो घामसंगै
उखुको रस सरि
प्रेमको अनुभूति गरौं
प्लस र माइनसको दुःखद जन्जाल त्यागेर
यादहरुको बिच्चबाट
एउटा रुमानी कथा सम्झिदै
वर्षौदेखि हराइरहेको कालपारे दाइलाई सम्झना गरौ
हामीले खेलेका
छुर र घोरबासाको लय लाई नकुल्चिकनै
वर्तमानको यो दौडलाई गति दिने सल्लाह गरौ
म होइन
हामीले नै गुर्बाबाले निर्माण गरेको
बाँसघारी पारीका
सुन्दर बस्तीहरुलाई सजाउने प्रण गरौ
महत्वाकांक्षाको भीडबाट टाढा कतै
सरलताको छहारीमा
शितलताको बहस गरौं
खेन्वाको डिलमा बसेर
दिलको गहिराइबाट
एक मुठी मुस्कान मिसाएर
छब्वा मिन्ही संगै
भिउँरामा माछा मार्ने सल्लाह गरौ
र बर्सेनि आउने माघको
यो टिट्त्याउने जाडोलाई
सर्लक्कै ओढेर
अधुरो त्यो बसन्तको कल्पना गरौ ।
ए साथी,
एकछिन बिसाउनुस् न भारी
गुलरिया, दाङ
प्रकाशित:
६३६ दिन अगाडि
|
३ पुष २०८१
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९