Above News Title

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको अध्यक्षमा थापा सर्वसम्म्त

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको १८ औ वार्षिककोत्सव  तथा छैठो अधिवेशनबाट अध्यक्षमा निम बहादुर थापा चयन भएका छन् । 

मंसिर २२ गते शनिवार मञ्चको कार्यालय रातोडाँडामा भएको अधिवेशनबाट उपाध्यक्ष योगमाया शाही, सचिव बाल मुकुन्द शर्मा आचार्य, सहसचिव प्रेम जिसी, कोषाध्यक्ष दीपा खत्री, सदस्यहरुमा शशिधर ज्ञवाली, शिवहरि चौधरी, राधेश्याम गुप्ता, रविलाल आचार्य, केडी शर्मा चयन भएका छन् । एक सदस्य थप गर्न बाँकी छ । 

उक्त कार्यक्रममा  नेपाली साहित्यमा योगदान गरेबापत मञ्चबाट स्थापित अक्षय कोषबाट विभिन्न स्रस्टाहरुलाई विभिन्न विधामा पुरस्कार तथा प्रमाणपत्र  कार्यक्रमका प्रमुख अतिथि वरिष्ठ साहित्यकार तथा पत्रकार नारायणप्रसाद शर्माबाट प्रदान गरिएको थियो । सम्मानित हुने स्रष्टामा विणा रोका ठागुरामपति साहित्य सम्मान, देउखुरी कतार साहित्य सम्मान शिवराज पन्थी, पोख्रेल पद्य साहित्य सम्मान मकुश पन्थी, जगतभिमा साहित्य सम्मान प्रदीपराज श्रेष्ठ, होतविष्णु साहित्य सम्मान पदमप्रसाद शर्मा, पाठक कला सङ्गीत सम्मान चन्द्रकला शाह, खिमानन्दकेशरा साहित्य सम्मान नरेशजंग राणा, रामरुपनी साहित्य सम्मान दीपक कुमार यादव, केदाररत्न साहित्य सम्मान गणेश विषमलाई प्रदान गरियो । त्यस्तै, देउखुरी बालप्रतिभा पुरस्कार प्रेजिना रावत क्षेत्री, अनिता सुन्दास, पुष्पा वस्नेत, समीर केसीलाई प्रदान गरियो । यसैगरी, योगदानमा आधारित  अग्रज सम्मान राजेन्द्रप्रसाद चौधरी (शिक्षा क्षेत्र), बामदेव पौडेल (समाजसेवा र साहित्य) लाई दिइयो ।

कार्यक्रममा राप्ती साहित्य परिषद्का अध्यक्ष डा टीकाराम उदासी, उत्तमकृष्ण मजगैया लगायतले शुधकामना मन्तव्य दिएका थिए । कार्यक्रममा संस्थागत प्रतिवेदन सचिव केशव शर्मा घिमिरेले तथा आर्थिक प्रतिवेदन कोषाध्यक्ष दीपा खत्रीले प्रस्तुत गरेकी थिइन् । मञ्का अध्यक्ष हरि  पोखरेलको सभापतित्वमा भएको कार्यक्रममा उपाध्यक्ष राधा गौतमको स्वागत तथा सचिव केशव शर्माले कार्यक्रम सहजीकरण गरेका थिए । कार्यक्रममा विभिन्न स्रस्टाहरुले रचना वाचन गरेका थिए ।

कार्यक्रमको समापनमा मञ्चका अध्यक्ष हरि पोखरेलले एकै व्यक्तिले लामो समय नेतृत्व गरे नयाँ नेतृत्व तयार नहुने हुँदा आफूले करिब डेढ दशकको मञ्चको नेतृत्वको भारी बिसाएको बताए । उनले संस्थाको अन्य गतिविधिमा भने आफूलाई दिइएको जिम्मेवारीबाट पछि नहट्ने बताए । नवनिर्वाचित अध्यक्ष थापाले यस अघिको नेतृत्वभन्दा अधिक काम गर्न कोशिश गर्ने, नभए त्यो भन्दा कम नहुने प्रतिवद्धता व्यक्त गरे । 

प्रकाशित:

६४७ दिन अगाडि

|

२४ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९