दुर्गाबहादुर थारु ‘कविर’
जनयुद्धका धुवाँले ढाकिएको त्यो आकाश
जहाँ सपनाहरू गोलीजस्तै उड्थे,
त्यहीँ उभिएकी थिइन् कमरेड चेतना,
आँखामा परिवर्तनको उज्यालो बोकेर।
हिजो,
उनको पाइला सत्ता चढ्थ्यो,
उपमेयरको कुर्सीले सम्मान गर्थ्यो उनको संघर्षलाई,
भीडले नारा लगाउँथ्यो,
“क्रान्ति जिन्दावाद!”
आज,
सडकको छेउमा चिसो हावासँग लड्दै,
मकैको धुवाँमा हराएकी छिन् उनी,
आफ्नै इतिहासलाई पोल्दै जस्तो लाग्छ
प्रत्येक दानासँग।
जीवन,
कहिले बन्दुकको नालमा लेखिन्छ,
कहिले पोलेको मकैको बास्नामा हराउँछ।
क्रान्ति,
कहिले सत्ता हुन्छ,
कहिले पेटको आगो ।
के बदलियो?
समय, कि मूल्यहरू ?
कि हामी नै थाक्यौं
आफ्नै आदर्श बोक्न ?
चेतना भने अझै जीवित छिन् ।
उनको नामजस्तै,
हामीलाई सम्झाउँदै
कि संघर्ष कहिल्यै सकिँदैन,
र क्रान्ति
कुर्सीमा होइन,
मानिसको जीवनमा मापन हुनुपर्छ ।
मकैको धुवाँभित्र पनि
एक किसिमको विद्रोह हुन्छ ।
चुपचाप,
तर गहिरो।
मधुवन नगरपालिका बर्दियाकी प्रथम उपमेयर सुवरानी थारु (कमरेड चेतना) ले सडक छेउमा पोलेको मकै बेचिरहेको फोटो सामाजिक संजालमा देख्दा फुरेको कविता)
.....
कवि बारबर्दिया नगरपालिकाका पूर्व मेयर हुन् ।
प्रकाशित:
१५६ दिन अगाडि
|
३० चैत २०८२
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९