राबत
अनारकली
रामकली
या यस्तै कुनै 'कलि' नाम पाएकी
बाँदर्नीले
पहिरिएर दुरुस्त मान्छेको लुगा
नाच्छे-
डिमिडिमी, डिमिडिमी, डिमिडिमी
डमरुको तालमा ।
त्यस्तै-
धर्मेन्दर
जितेन्दर
या यस्तै-यस्तै उपनाम पाएको बाँदर
काँधमा लौरो बोकेर
गरिटोपल्छ चौकीदारी
गरिटोपल्छ माया
गइटोपल्छ ससुराली ।
प्रतिक्रियामा हामी
हाँस्छौं, दु:ख लुकाएर
ताली दिन्छौं, गाली लुकाएर ।
यथार्थमा तिनले
टोपलेका मात्र हुन्
सत्य त-
बाँदरको काम बिगार्नु हो ।
तर सरोकार छैन हामीलाई
बाँदरको पूर्वकथा, मध्यकथा या अन्त्यसँग
सरोकार छैन हामीलाई
मदारीको नाम, थर या वतनसँग पनि ।
दीर्घकालीन दु:ख साँचेर
बाँचेका हामीहरू
केवल साट्छौं-
चानचुन नोटसँग क्षणिक हाँसो...
प्रिय, रमिते मित्र !
यो पहिले-पहिलेको दृश्य हो
जसका बाँदरहरू
कहाँकहाँ गइसके होलान्
जसका मदारीहरू
कहाँकहाँ पुगिसके होलान् !
हामी भने
अझैसम्म त्यहीँ छौं
जहाँ बाँदर र मदारीले छाडी गएका थिए ।
फरक यत्ति भो कि-
अचेल हामी
भोट दिएर रमिता हेर्छौं ।
प्रकाशित:
१९४ दिन अगाडि
|
२१ फागुन २०८२
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९