-चित्रबहादुर चौधरी
आजीले बुझेकी थिइन्
पुस सकिएर माघ आउँछ
बुडीले हेक्का गुमाएकी छैनिन्
माघ-फागुनले घरबार जुराउँछ।
मेरी घरगोसिन्या पढ्दैछिन्-
पुसे स्याँठको मलिन अनुहार
छिनछिनमा बदलिँदो बदरी
मैगर गुडरीले रोक्न नसकेका
टौवा र पौवाले नपत्त्याएका
लात्ती खाएरै अघाएका गोडाहरू!
सुन्दैछिन्-
दाइभाइको मन फिर्त्याउन
अघ्रान तेर्स्याएर डग्गरमा
छेंडिएका छाईका अलापहरू-
'जिन् जाओ डाडु अँढार बनाके !'
एइ ! आजी बुडी
ओइ ! घरगोसिन्याँ र छाई
तिम्रो पाठशालाले सिकायो
र,
अहिले म पनि
कनिकुथी समयको कखरा पढ्दैछु
जानि नजानी जुगको पहाडा भट्टयाउँदैछु-
हामी फागुने भोजाहा टेपरी होइनौं !
*** *** ***
*भोजाहा टेपरी: बिहेको टपरी
*आजी:परबज्यै
*बुडी:बज्यै
*घरगोसिन्याँ:घरबुढी
*छाई: छोरी
*गुडरी:सिरक
टीकापुरः कैलाली
प्रकाशित:
२१४ दिन अगाडि
|
१ फागुन २०८२
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९