Above News Title

पपुलिज्मको भूत

पपुलिज्मको भूत

भुवन चौधरी 

मान्छे गाउँ छाडेर, 
जब शहर बस्तीमा घुम्छ,
मान्छे ऐनामा होइन, 
भीडको आँखामा
आफूलाई खोज्न थाल्छ ।

कहिले जात फेर्छ,
पहिचानको छाला फुकालेर
कालो षड्यन्त्रको,
नयाँ नारा ओढ्छ ।

कहिले धर्म फेर्छ,
आफ्नो डिउरहार जलाएर  
आस्थामाथि चोट पुर्याई ,
ताली बज्ने ठाउँ रोज्छ ।

कहिले पार्टी फेर्छ,
विचार होइन,
बैगुनी रंग भरिएको
बेलुन जस्तै,
हावा बगेको दिशा पछ्याउँदै ।

कहिले नाम फेर्छ,
इतिहास लुकाएर
आफ्नो 
धरातल बिर्सिएर
क्षणिक लोकप्रियताको फ्ल्यासप्रिन्ट वाला
साइनबोर्ड टाँस्दै ।

र कहिले त
हुलिया नै फेर्छ,
बोली, चाल, आँखा, अनुहार
सबै उधारो लिन्छ भीडबाट,
आफूचाहिँ हराउँछ ।

खै किन हो कुन्नी,
पपुलिज्मले मान्छेलाई
माटोसँग जरा गाँसेको
स्वामीको रुख बन्न दिँदैन
एकै क्षणमा
ओइलाइ जाने
गमलाको फूल हुन सिकाउँछ । 
पानी ताली हो, 
हुरी जाली  
माटो वाहवाही र आयु
अर्को ट्रेन्ड आउँदासम्म ।
.................... 

घोराही १६, भगवानपुर, दाङ

प्रकाशित:

२३१ दिन अगाडि

|

१४ माघ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९