Above News Title

छविलाल कोपिलाका ७ मुक्तक

कसैलाई राक्षस, कसैलाई भगवान बनाउँछ मान्छे, अरूलाई पागल, आफूलाई विद्वान बनाउँछ मान्छे
छविलाल कोपिलाका ७ मुक्तक

कसैलाई राक्षस, कसैलाई भगवान बनाउँछ मान्छे
अरूलाई पागल, आफूलाई विद्वान बनाउँछ मान्छे
जब खप्परमा बुद्धि पलाई मनबाट विवेक सकिन्छ
तब, ऊ मुर्दा गाड्ने, आफ्नै चिहान बनाउँछ मान्छे ।

अचेल मेरो मुटु चस्किरहेछ, तिमीले के ग-यो, मैले के गरें ?
घरिघरि यो मन मस्किरहेछ, तिमीले के ग-यो मैले के गरें ?
बाटो बिराउनु, आफू हराउनु बिराउनु अनि हराउनुमै बित्यो 
दिन यसरी नै खस्किरहेछ, तिमीले के ग-यो, मैले के गरें ?

ऊ सहर पस्यो, ऊसँगै गाम पनि सहर पस्यो
गाम सँगै–सँगै, उसको नाम पनि सहर पस्यो
हलो, कोदालो, घर, खेतबारी गाई र गोठालो
यी सबै ऊ सँगै उसको काम पनि सहर पस्यो ।

म यात्रु उही यो यात्रा उही हो र यहाँ केही हराइरहे जस्तो छ
म सम्झु कसरी, अनायसै यहाँ त यो मन डराइरहे जस्तो छ
कहाँ पुग्ने होला, कहाँ टुङ्गो भेटाउने होला, केही थाहा छैन
म एक्लो, बस् ! म एक्लो यो बाटोभरि बरबराइरहे जस्तो छ ।

यो स्वप्नबिन्दु हो, हामी आफैले चढ्नु अनि झर्नु पर्छ
यहाँ के के आउँछ आफै आँट्नु पर्छ र आफैले गर्नु पर्छ
बाँचौं हाँसेर, आखिर निरन्तर हिड्ने यात्रा हो जिन्दगी
हिड्दाहिड्दै एक दिन यही लड्नु पर्छ र यही मर्नु पर्छ ।

उहीँ उपिया, उही उडुस, उही किर्नाहरू डसेका छन्
देश जलाउने बाँदरहरूले आफै खरानी घसेका छन्
हेर्नुस्, होसियार रहनू होला भ्रमित आश्वासन बोकेर
फेरि पनि, तिनै स्याल, हुइया गाउँ गाउँ पसेका छन् ।

आउनुस् एकान्तमा एकैछिन देशको चिन्ता गरौं
आफ्नै कला, संस्कृति र भूषाभेषको चिन्ता गरौं
अतिक्रमण गरिरहेछन् छिमेकीले हाम्रापनहरूमा
आउनुस्, बसौं र आफ्ना परिवेशको चिन्ता गरौं ।

लमही नगरपालिका–३, मजगाउँ, दाङदेउखुरी

प्रकाशित:

२६६ दिन अगाडि

|

८ पुष २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९