कवि मौन व्रत
फूल हुनु भनेको
आवाजलाई किलकिले निर गाँठो पारेर राख्नु पनि हो ।
०
फूल हुनु भनेको
हुण्डरी, मुसलधारे पानी र चक्रवातलाई चुपचाप सहनु पनि हो ।
०
फूल हुनु भनेको
कौसीमा, बार्दलीमा, आँगनमा, शयन कक्षमा
मानव आँखाको प्यास मेट्नका लागि सजिनु पनि हो ।
०
फूल हुनु भनेको
मनको बोरामा अवसादको गह्रुङ्गो जाँतो राखेर
त्यसैको मून्तिर आफू थिचिई राख्नु पनि हो ।
०
फूल हुनु भनेको
सस्तो होस् वा महङ्गो होस्
असहाय, निरीह र निस्सार हुनु पनि हो ।
०
फूल हुनु भनेको
आफ्नो ईच्छा बेगर
टिपिन, चुँडिन, कुल्चिन र ओइलाउन तयार हुनु पनि हो ।
०
फूल हुनु भनेको
आफूले सर्वाधिक घृणा गरेको परिस्थितिको
गला र हातमा तदर्थको लागि सजिनु पनि हो ।
०
फूल हुनु भनेको
अनुमानै गर्न नसकिने
नियतिसँग सैना लगाउनु पनि हो ।
०
अवश्य पनि
फूल हुनु भनेको
सृष्टिको यौटा महत्वपूर्ण जिम्मेवारी हो
तर
फूल हुनु भनेको
सारवान निरन्तरताको अनिवार्य सेतु भई
सृष्टिको भार वीरतापूर्वक थेगिरहे पनि
दुनियाँको नजरमा गतिहीन देखिनु हो ।
(०(
फूल हुनु भनेको
शिरमा सिउराईनुको सौन्दर्य पनि हो
स्वागतमा सजाईनुको गौरव पनि हो
विदाईमा खटाईनुको वियोगान्त पनि हो
एक्कासी सृष्टिको जिम्मेवारी खोसिएर
मन्दिरमा चढाईनुको बाध्यता पनि हो ।
०
छोरी,
चढाउन मन भए आफूलाई कहीँ
आफ्नै मनभित्र
आफ्नै मनको फूल टिपेर
आफ्नै मनलाई चढाउनू
आफू मान्छे हुँ भन्ने कहिल्यै नबिर्सिनू
सभ्यताले जोगाउदै यहाँसम्म ल्याएको आगो ननिभाउनू
फूलजस्तो सुन्दर मन बनाउनू
तर आफ्नो प्राण फूलमा प्रतिस्थापन नगर्नू ।
०
छोरी, तिमी मान्छे नै बन्नू
फूल हुन फूलहरुलाई नै छाडिदिनू ।
स्केचः एआइ
प्रकाशित:
३३७ दिन अगाडि
|
२७ असोज २०८२
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३५ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९