Above News Title

सडक छेउको रूख

सडक छेउको रूख

लोकराज आचार्य

कहिले बसले
कहिले कारले
कहिले ट्रकले
धुलो उडाइरहे सडक छेउको रूखलाई
सेताम्मे रूख हेरिरछे वाल्ल पर्दै
वर्षौंदेखि मौन रहंदै सहिरहेको छ
धुलो र धुवाँहरु
ध्वनिहरू, हल्लाहरू ।

कोही हिंड्ने तर्खरमा छन्
कसैले हिंड्ने सुरूवात गरेका छन्
पहिल्यै हिंडेकाहरू पुगिसके
तर रूख जहींको त्यहीं छ 
दुःख पाउने सडक छेउको रूख
दुःख पाइरहेको छ 
बस रूखलाई सहनु मात्र छ ।

हेरिरह्यो रूखले सबैलाई
कसैले फर्केर हेरेन रूखलाई
केही छिमेकी रूख सकिए सडकको निम्ति
तर बचेको सडकको रूख 
केवल बचेको मात्र छ 
बाँच्नुको साटो
केवल बचेको मात्र छ ।

प्रकाशित:

३३९ दिन अगाडि

|

२६ असोज २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९