जेबै लैहरा
येलछै
बाबु, भैया लैले
जितिया करीके लैले येलहा
बाबु, भैयाके पेरवाके मासु देलियै खाइले
तेलपौर रोटी या दही, चुरा सनेस
बोइकके पुगलियै लैहरा ।
येलछै लैहरा गामभोइरके दैया, बहैन सब
बिानके सबसे सुख, दुःखके बात करैत
माजलियै मुरी खैर, माइटसे
घेराके पतामे दही, चुरा या घेराके फूल चरहाइत
करलियै पूजा जितमहान बाबाके नामसे
पहैनका दिन लहयाके खेलियै
भिनसरमे मैया उइठके निन्हलकै
माछ, ओल, अलहु, सजुवाइन या भन्टाके तरूवा
बनेलकै मरूवाके रोटी
हमरौके सब बहैन भिन्सरमे मैयाके
निन्हलाहा ओटघन खाइले बैठलियै
तखैनते मैया कहलकै
जितिया पावैन बर भारी
धियापुताके ठोइक सुतेलि
अपना लेली भोइर थारी
खेलियै ओटघनमे माछ, चुरा,
तरूवाबघहरूवा या मरूवाके रोटी, दही, केरा, गुर
यी भेलै ओटघन ।
ओटघन ख्याके दिनभोइर
गामके सब सखी मिलके
सुनैले गेलियै जितमहानके कथा
बुझहलियै चुलही, सियारीके चरित्र
बाबा जितमहान बाबाके पूजा कैरैत
करलियै कामना सन्तानके सुख, शान्ति या दीर्घायुके ।
दिनभोइर, राइतभोइर निवाला व्रत बैठके
बिहानके सुरूज उगलै ताब लहया सोन्याके
घेराके पता या फूल चरहेलियै
कुश नोहसे खोइटके फेकलियै चारूभरा
जिमहान बाबासे फैन
सन्तानके दीर्घायुके कामना करैत
बौटरा घोटैत व्रत तोरलियै ।
शैन दिन ओटघन ख्याके
रैव दिन उपास बैठै छै
सोम दिन व्रत तोरै छै
तेकरा कहैछै सुइध लगनाइ
भर्खर बियाह भेलहा दैया, बहैन
या छुतका परलासे टुटल रहै छै जितिया
सेसब सुइध लागैछै से साल मात्रे
फैनसे उठाइछै जितिया ।
जितिया पर्व बहौत उदार छै
यी पुरूष प्रधानके ओकालत नै करैछै
दैया, बहैन सब घरवलाके लेल नै
आपन सन्तानके लेल जितियाके व्रत करैछै
सन्तानके रक्षक महताइर चियै
अपना भुख सैहके सन्तानके दीर्घायुके कामना करै छै
तैदुवारे कहैछै
महताइर धरती
शान्ति
ममताके खानी
सहनशीलताके प्रतिमूर्ति चियै ।
सन्तान उपर कोनो वज्रपात आबैले लागैछै ताब
महताइर
दुर्गा, काली , लक्ष्मी, सरस्वती
सब बैन जाइछै ।
......
नेपाली भाषामा
जितिया
जान्छु माइती
बा र दाइ लिन आउनु भएको छ
जितिया गर्ने दिदी, बैनीलाई
लिन आएका बा र दाइ- भाइलाई
परेवाको मासु र भात खान दिँदै गरेँ स्वागत
तेलपौर रोटी, दही, चिउरा
कोसेली बोकी पुगेँ माइती ।
आएका छन् माइती गाउँभरि दिदी, बैनीहरू
सबै दिदी, बैनीहरूसँग
सुख, दु: खका कुरा गर्दै
पहिलो दिन बिहान
पिना र माटोले कपाल धुँदै नुहाएँ
नुहाइवरी घिरौलाको पातमा दही, चिउरा र
घिरौलाको फूल चढाउँदै
गरेँ पूजा जितमहान बाबाको नाममा
पहिलो दिन बिहान नुहाएर पूजा गरि खाएँ
त्यही दिन मध्य रातमा आमा उठेर
माछा, ओल तरकारी, आलु, भेन्टा,
लौकाको तरूवा र मरूवाको रोटी पकाइन् ।
हामी सबै दिदी, बैनीहरू उठेर
आमाले पकाएको तरूवाहरूसित
चिउरा, दही, केरा र गुड खायौँ
यसलाई ओटघन खानु भनिन्छ ।
त्यही वेला आमाले भनिन्,
जितिया पवैन वर भारी
धियापुताके ठोइक सुतेलि
अपना लेली भोइर थारी ।
दिउँसो,
गाउँका सबै सखी मिलेर
डालो बोकी हिँड्यौँ सुन्न
जितमहान बाबाको कथा
सुन्यौँ जितमहानको कथा
बुझ्यौँ चुलही, सियारीको चरित्र
कथा सुनेर,
बाबा जितमहानको पूजा गर्दै
गरेँ कामना सन्तानको
सुख, शान्ति र दीर्घायुको ।
दिनभरि र रातभरि निवाला व्रत बसी
बिहान सूर्य उदाउने बित्तिकै
नुहाएर धूप बाली
घिरौलाको पातमा घिरौलाको फूल र
दही, चिउरा, सुपारी चढाउँदै
सुकेक कुश नङ्ले काटेर चारै दिशामा फाल्दै
जितमहान बाबासित फेरि
सन्तानको दिर्घायुको कामना गर्दै
बौटरा निल्दै तोडेँ व्रत ।
शनिबार ओटघन ( दर) खाएर
आइतबार निवाला व्रत बसी
सोमबार व्रत तोड्छ
त्यसलाई जितिया सुइध लागेको भनिन्छ ।
भर्खर बिवाह भएका र जुठो पर्दा व्रत टुटेका
दिदी, बैनीहरूले सुइध लागेपछि
जितियाको व्रत उठाउने गर्छन् ।
जितिया पर्व उदार छ
यो पुरूष प्रधानको ओकालत गर्दैन
दिदी, बैनीहरू श्रीमानको लागि होइन
सन्तानको दीर्घायुको कामना गर्न व्रत बस्छन्
सन्तानको रक्षक आमा हुन्
सन्तानको लागि आमा
धरती
शान्ति,
ममताकी खानी
सहनशीलताकी प्रतिमूर्ति हुन् ।
सन्तानमाथि कुनै वज्रपात आउन लागे
आमा
दुर्गा, काली, लक्ष्मी र सरस्वती
सबै बन्न तयार हुन्छिन् ।
अनुवादः कवियत्री स्वयम्
सिरहा नेपाल, हालः पोर्चुगल
प्रकाशित:
३६७ दिन अगाडि
|
२९ भदौ २०८२
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९