Above News Title

टीकापुरमा डढेलो लाग्नै पर्थ्यो  

टीकापुरमा डढेलो लाग्नै पर्थ्यो  

डढेलो लागेपछि
आगो सल्केपछि
फलाम बल्दैन
फलाम जल्दैन

पत्थर खरानी बन्दैन ।
आगो बाल्ने बेला, पराल बल्छ
आगो दन्किएपछि, दाउरा खरानी बन्छ
कि टीकापुरलाई फलाम बन्नु पर्थ्यो
कि टीकापुरलाई पत्थर बन्नु पर्थ्यो
कि जलेर खरानी बन्नुपर्थ्यो ।
त्यसैले,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो । 
टीकापुर दन्कियो
टीकापुर बल्यो
टीकापुर जल्यो 
टीकापुर खरानी बन्यो
कतिको इज्जत लुट्यो
कतिको घरबार ।
गरिबको घरबार लुट्नलाई
थारु चेलीहरुको इज्जत लुट्नलाई
र राज्यलाई तुष्टि दिनलाई भएपनि
त्यसैले ,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो ।
टीकापुर जलेपछिको
अर्को पाटो पनि छ
धेरैले घर बनाए
शहरमा महल ठड्याए
घर र महल बनाउनको लागि 
कसैले कसैको आशा बेच्यो
कसैले कसैको आँशु बेच्यो
कसैले खरानी बेच्यो
केही मान्छेको घर बन्नलाई 
केही मान्छेको महल ठडिनलाई 
त्यसैले,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो
डढेलो लागेको माटोमा
रुख पनि उम्रिन सक्छ
फुट्की च्याउ पनि उम्रिन सक्छ
टीकापुरमा रुख उम्रिन पर्थ्यो
तर उहाँ फुट्की च्याउ उम्रियो
फुट्की ढक्यामा राखेर
फुट्कीको ब्यापार गर्न काठमाडौं पस्यो
कोही सांसद घरमा छिर्यो
कोही  सिंहदरबार भित्र छिर्यो
तिनीहरुलाई सांसद भवन छिराउनलाई
तिनीहरुलाई सिंहदरबारको स्वाद चखाउनलाई
त्यसैले ,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो ।
फुट्कीको कहानी उदेकलाग्दो छ
भन्नेलाई भन्दा सुन्नेलाई लाज लाग्दो
टीकापुरमा मिलेर फुट्की टिप्नेहरु
काठमाडौं पुगेपछि खोसाखोस गर्न थालेपछि
मेरी ‘आजी’ले बनाउनु भएको ढक्या च्यातियो
आजभोलि ‘डाइ’ यो कुरा सुनेपछि 
ढक्या न दे छोरा भनेको थिएँ भन्नुहुन्छ 
फुट्कीको एउटा कहानी लेख्नको लागि 
मेरी आजीको कहानी लेख्नको लागि 
त्यसैले,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो ।
टीकापुर जलेको खरानीमा
आजभोलि 
फुट्की निस्किन छोडेको छ
फुट्कीलाई आफ्नो बाबुको बिर्ता ठान्नेहरुले पनि
ढक्या टाउकोमा राखेर टीकापुर जान छाडेका छन् ।
तिनीहरुलाई फुट्कीको मालिक बनाउन 
तिनीहरुलाई ढक्याको मालिक बनाउन 
त्यसैले,
टीकापुरलाई जल्नै पर्थ्यो
टीकापुरलाई खरानी बन्नै पर्थ्यो ।

 

थारु भासाके उल्ठा

टीकापुर ह जरना रलहिस 

राहा लागल पाछ 
आगि डम्कल पाछ
लुहाक नि बरट
लुहाक नि जरट
पठ्रा भुइ नि बनट ।
आगि सुल्गाइक ला पैरअ बरट
आगि डमक्क पैरअ भुइ बनट
कि टीकापुर ह लुहाक बन्ना रलहिस
कि जर्क भुइ बन्न रलहिस ।
उहमार,
टीकापुर ह जरना रलहिस
टीकापुर ह भुइ बन्न रलहिस । 
टीकापुर डम्कल
टीकापुर बरल
टीकापुर भुइ बनल ।
टीकापुर जरबेर 
ढ्यार ज घर महल ठर्हिल
किउ आगिक आस ब्याँचल
किउ आँखिक आँस ब्याचल
किउ भुइ ब्याँचल 
जसिक फे 
मनैन्हँक ला महल बनाइल
उहमार,
टीकापुर ह बरना रलहिस
टीकापुर ह भुइ बन्न रलहिस
राहा लागल ठाउँ 
रुख्वा फे जामट
फुट्कि फे जामट
टीकापुर म रुख्वा जम्ना रलहिस
रुख्वा जम्लसे मल लग्ने रलहिस ।
टर उहाँ फुट्कि जामल
फुट्कि ढक्यम ढर्क
ब्याचक ला किउ काठमाडौं आइल
कबु सांसद भिट्टर छिरल 
कबु सिंहदरबार भिट्टर ।
हुकन सांसद बनाइक ला फे
हुकन सिंहदरबार छिराइक ला फे
उहमार,
टीकापुर ह जरना रलहिस
टीकापुर ह भुइ बन्न रलहिस ।
फुट्किक खिस्सा फे जाटिबिटि बा
बट्वाइबेर लाज लग्ना
टीकापुर मिल्क फुट्कि बिनुइयन
काठमाडौं पुग्क छिनिक छिना करबेर
हमार पाजिक बिन्लक ढक्या टुट्गिल
आस्काल डाई यि बाट सुनबेर 
ढक्या ना ड्या छावा ट कनहुँ कठि
फुट्किक एक्ठो खिस्सा लिखक ला फे
हमा पाजिक ढक्यक खिस्सा लिखक ला फे
उहमार,
टीकापुर ह जरना रलहिस 
टीकापुर ह भुइ बन्न रलहिस ।
टीकापुर जर्लक भुइ म
आस्काल फुट्कि कम कम डेख्परट
फुट्कि टुर जिना भौजि
ढक्या लेक टीकापुर जाइ छ्वारल बाटि ।
उ भौजि ह ढक्या बोकाइक ला फे
उ भौजि ह टीकापुर आनक ला फे
उहमार,
टीकापुर ह जरना रलहिस
टीकापुर ह भुइ बन्न रलहिस ।

ठाकुरबाबा नपा, गोबरैला, बर्दिया, हालः काठमाडौं

उल्ठा कवि स्वयम्

प्रकाशित:

३९० दिन अगाडि

|

५ भदौ २०८२

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३५ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९