Above News Title

‘हमार कहानी’ चलचित्रको शुभ मुहुर्त सम्पन्न

अनुप चौधरी भए डेब्यू निर्देशक
‘हमार कहानी’ चलचित्रको शुभ मुहुर्त सम्पन्न

निर्देशक अनुप चौधरीको थारु भाषाको चलचित्र ‘हमार कहानी’ को शुभ मुहुर्त मंसिर १७ गते लमही–३, उत्तर मजगाउँस्थित शिव मन्दिरमा सम्पन्न भएको छ । 

नेपाल प्रज्ञा प्रतिष्ठानका प्राज्ञसभा सदस्य डा कृष्णराज सर्वहारीले उक्त चलचित्रको शुभ मुहुर्त गरेका हुन् । 

सानबी फिल्म प्रोडक्सन धनगढीको पहिलो प्रस्तुति रहेको चलचित्रमा कृष्ण चौधरीको कथा पटकथा तथा शब्द, संगीत रहेको छ । कृष्ण चौधरीले थारु भाषाको टुटल जिन्गी, भौंरा लगायत ६ वटा चलचित्र निर्देशन गरेका छन् ।  ‘हमार कहानी’ चलचित्र उनका छोरा अनुप चौधरीले निर्देशन गर्दैछन् । निर्देशक अनुपको यो डेब्यू निर्देशन हो । 

शुभ मुहुर्तको अवसरमा प्राज्ञसभा सदस्य डा सर्वहारीले भने, ‘थारु समुदायका कथा उजागर गर्ने चलचित्र सशक्त माध्यम हो । विडम्वना राम्रा कथाबस्तुमा चलचित्र बन्न सकेको छैन । हमार कहानीले कोशेढुंगा पार गरोस् ।’ निर्देशक कृष्णले आफ्ना छोरा अनुपलाई निर्देशनको बागडोर सम्हाल्न लगाएर पुस्ता हस्तान्तरण गरेकोमा उनले खुशी व्यक्त गरे ।

यसका मुख्य कलाकारमा पुष्कर अवस्थी, राजेश अनुरागी, श्याम चौधरी, मोहन बोहरा, प्रिज्मा ठकुराठी, रहेका छन् । त्यस्तै, अन्य कलाकारमा छविलाल कोपिला, दुर्गा साउद, सुरेन्द्र संगम ‘डोट्याल बड्डो’ रहेका छन् ।

‘हमार कहानी’ चलचित्रको छायांकन दाङदेउखुरीको लमही, घोराही, तुलसीपुरलगायत विभिन्न स्थानमा गरिने निर्माण पक्षले जनाएको छ । चलचित्रमा नृत्य निर्देशन अनमोल विसी, छायांकन राजेश अनुरागी, सहछायांकन तुफान, मेकअप सुमन शंकरको रहेको छ । 

चलचित्रमा थारु समुदायको सामाजिक कथाबस्तुका साथै बोक्सी प्रथाको समस्यालाई उजागर गरिएको निर्देशक अनुप चौधरीले बताए । 

प्रकाशित:

६५३ दिन अगाडि

|

१८ मंसिर २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९