Above News Title

कर्णालीमा १३औं लोकवार्ता सम्मेलन हुने

कर्णालीमा १३औं लोकवार्ता सम्मेलन हुने

                                                              लोकवार्ता परिषद्का महासचिव ध्रुवप्रसाद भट्टराई आफ्ना भनाई राख्दै । सबै तस्विरः डिल्ली रमण सुवेदी

लोकवार्ता परिषद् नेपालले १३औं लोकवार्ता सम्मेलन कर्णालीमा आयोजना गर्ने भएको छ ।

यो वर्षको कात्तिक पहिलो साता (३ गतेदेखि ११ गतेसम्म) कर्णाली प्रदेशका मुगु, जुम्ला र कालिकोट जिल्लामा संगोष्ठी आयोजना हुने काठमाडौमा एक औपचारिक कार्यक्रम गरी परिषद्ले जनाएको छ ।

सम्मेलनलाई सफल पार्न परिषद्ले कर्णाली सम्मेलनका संयोजक, व्यवस्थापकसहित कर्णाली क्षेत्रका जनप्रतिनिधि, सरकारी कर्मचारी, लेखक, साहित्यकार, पत्रकार, संस्कृतिविद् र सरोकारवालाहरुसँग काठमाडौमा वैशाख २३ गते आइतवार पूर्वतयारी छलफल गरेको हो । 

छलफलमा कर्णालीबाट प्रतिनिधित्व गर्ने प्रतिनिधिसभा सदस्यहरु ऐनबहादुर शाही, कान्तिका सेजुवाल, प्रदेश सांसद नरेश भण्डारी लगायतको सहभागिता रहेको थियो । ती सबैले सम्मेलन सफल पार्न आफूहरुको सहयोग रहने बताए ।

१३औं लोकवार्ता सम्मेलनका कर्णाली संयोजक मनोहर लामिछानेले हाम्रा सरकारी कागजपत्र हराएमा प्रतिलिपि निकाल्न सकिने तर हाम्रा परम्परा हराए पुनः फर्काउन नसकिने बताउँदै उनले कर्णालीका लोकसंस्कृति संरक्षण गर्न आवश्यक रहेको, त्यसैका लागि यसपाली कर्णाली छानिएको बताए ।
 सम्मेलनलाई सफल बनाउन जुम्लाको लागि माधव चौलागाईँ, कालिकोटका लागि मोतीराज बम र मुगुको लागि तिलक बहादुर मल्ललाई संयोजक तोकिएको छ। आगामी जेठ ४ गतेबाट स्थानीय क्षेत्रको भ्रमणमा जाने र त्यहाँ पनि विभिन्न चरणमा छलफलका कार्यक्रम राखिएको आयोजकले जानकारी दिएको छ ।

लोकवार्ता परिषद्का महासचिव ध्रुवप्रसाद भट्टराईले सम्मेलनमा स्थानीय, राष्ट्रिय र अन्तर्राष्ट्रिय लेखकहरुका कार्यपत्रहरु प्रस्तुत हुने गरेको जानकारी दिए । यस वर्ष कर्णाली क्षेत्रकै अनुसन्धानदाताका कार्यपत्रलाई प्राथमिकता दिइने उनले बताए । 

आगामी सम्मेलनमा स्थानीय लेखकहरुका २० भन्दा बढी कार्यपत्र संकलन भइसकेको स्थानीय संयोजक राजबहादुर कुँवरले जानकारी दिए । 
परिषद्का उपाध्यक्ष यज्ञराज उपाध्यायले लोकवार्ता सम्मेलनको प्रमुख उद्देश्य भनेकै लोकवार्ताका कर्णाली नेपाली भाषाको उद्गमस्थल, संस्कृति र सभ्यताको जननी र हाम्रा जातजातिको विस्तारको क्षेत्र रहेको बताउँदै त्यहाँका लोकवार्ताका सामग्रीहरुको संकलन र संरक्षण गर्न आवश्य रहेको  बताए । 

२०६८ सालमा पोखराबाट सुरु भएको लोकवार्ता सम्मेलन प्रत्येक वर्ष विशेषतः कात्तिक महिनामा देशका विभिन्न जिल्लाहरुमा आयोजना हुने गरेको छ । 
छलफल कार्यक्रममा माधव चौलागाईंको कृति ‘सपादलक्ष कर्णाली’ बारे पनि चर्चा गरिएको थियो । पत्रकार टीकाराम यात्रीले पुस्तकबारे प्रकाश पारेका थिए । कार्यक्रम लोकवार्ता परिषद्का अध्यक्ष अध्यक्ष प्रेमकुमार खत्रीको अध्यक्षतामा भएको थियो । 


 

प्रकाशित:

८६२ दिन अगाडि

|

२६ वैशाख २०८१

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९