Above News Title

मासिन्या नाटक हेरेपछि ...

मासिन्याको अन्त प्रतिरोध हो। एवम् प्रकारको प्रतिवादले तामाङ् लगायत ५९ समुहहरू नेपालका आदिवासी/ जनजाति हुन भनेर २०५८ सालमा राज्यले ऐन मार्फत जारी गरेको हो। र "मासिन्या" शब्द इतिहास भइसक्यो।
मासिन्या नाटक हेरेपछि ...

जङ्गबहादुरको नयाँ मुलुकी ऐन, सन १८५४ ले नेपालका विभिन्न जात (Caste), जनजाति (Nationalities)लाई तागाधारी (Sacred Thread Wearer) र मतुवाली (Alcohal Drinking) भनेर बाँड्यो।

जात व्यवस्थामा एउटा शुद्ध (Holly) र अर्को अछुत (Untouchable) भनेर बाँड्यो भने मतुवालीमा मासिन्या (Inslavable) न नमासिन्या (Non-inslavable) भनेर बाँड्यो। धेरै जनजाति जो मासिन्या भनेर छुट्यायो, ती मध्ये तामाङ् एउटा ठूलो र जङ्गबहादुरको चारभञ्ज्याङ भन्दा उता सघनरूपमा सम्भवतः इसामसिहको चौथो-पाँचौं शताब्दी देखिनै सघनरुपमा बसोबास रहेको आदिवासी जनजाति समुदाय हो।

उनीहरूलाई किन मासिन्या भन्यो ? किन त्यसको विरुद्ध प्रतिरोधको संघर्ष भएन? तामाङ जनजातिले किन विद्रोह गरेन?र पिपा पदमा सिमित भई किन सैयौँ वर्ष बस्यो? बहस, विमर्श छैन। राजुश्याङतान, लक्ष्मी रुम्बा, र रावतले नाटकको माध्यम बाट बहस सुरुगर्न मासिन्या नाटकको सृजना गरेका छन्। प्रिमियर सोमा पुगेँ तर १ घण्टामा पनि नाटक सुरू नभए पछि खुरुक्कन घर फर्केँ। आज ५ जना परिवार र नाताका मित्रहरूलिएर मासिन्याँ नाटक हेर्न पुगेँ।

झण्डै ३० मिनट ढिलो सुरु भएको नाटक मासिन्या हेर्दा, कला र प्रस्तुति सबै भन्दा बलियो लाग्यो। कथाले संस्कृति, प्रेम, शोषण, साम्यवादी विचार र जातीय उत्पिडन समेट्न प्रयत्न गर्दा मूलविषय वस्तु (थिम) प्रति न्याय गर्न नसकेको हो कि! जसतो भयो। मूल विषयवस्तु हराएको त होइन! भन्ने भयो। जेहोस दर्षकले टम्म भरिएको नाटक घरका युवावर्गको उपस्थिति ले नै बताउँछ, तामाङ जनजाति मासिन्या होइन, कहिले नमासिन्या जनजाति हो। अपितु यो मासिन्या शब्द नेपालमा मात्र शासक वर्गले प्रयोग गरेको नभई हिजो, अस्ति सन १९५७मा अन्तर्राष्ट्रिय श्रमसंगठनको महासंधि, १०७ले आदिवासी जनजाति अस्थायी जाति (temporary Community) हुन भनेको विर्सन हुन्न ।

महासंधि १०७, अत्यन्त जातिवादी भयो भनेर प्रतिवाद गर्दा महासन्धि, १७९ को जन्म भएको थियो । मासिन्याको अन्त प्रतिरोध हो। एवम् प्रकारको प्रतिवादले तामाङ् लगायत ५९ समुहहरू नेपालका आदिवासी/ जनजाति हुन भनेर २०५८ सालमा राज्यले ऐन मार्फत जारी गरेको हो। र "मासिन्या" शब्द इतिहास भइसक्यो।

खैर यस्ता हजारौँ नाटकको सृजनाले एउटा जनजाति सभ्य र समृद्ध बन्न सघाउ पुग्छ। उ प्रतिको प्रेत, मसान, अन्त हुन्छ। त्यो हिसाबले लेखक, निर्देशक र कलाकारहरू निश्चयनै धन्यवाद र वधाईका पात्र छन। जयहोस तामाङ् जनजातिको।

प्रकाशित:

९६० दिन अगाडि

|

१७ माघ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३७ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७१ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८१ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३६ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८५ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४१ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७४ दिन अगाडि

|

२७ मंसिर २०७९