Above News Title

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार उपन्यासकार हितानको  ‘लाहुरेको रेलिमाई’लाई 

बेलायतमा बसोबास गर्ने साहित्यकार विजय हितानद्वारा लिखित उपन्यास लाहुरे दाइको रेलिमाईलाई अरनिको अन्तर्राष्ट्रिय पुरस्कार (२०७९) प्रदान गर्ने निर्णय गरिएको छ ।

गैरआवासीय नेपाली सङ्घको  अरनिको अन्तर्राष्ट्रिय पुरस्कार समितिले  गैरआवासीय नेपाली साहित्यकारहरूद्वारा लेखिएका नेपाली भाषाका कृतिहरूमध्ये सर्वश्रेष्ठ एक कृतिलाई २०७७ सालदेखि प्रत्येक  वर्ष २ लाख नगदराशी र सम्मानपत्रसहित अरनिको अन्तर्राष्ट्रिय पुरस्कारु प्रदान गर्ने  गरेको छ । 

पहिलोपटक २०७७ सालमा यो पुरस्कार हरि अधिकारीको संकलित गद्य रचनालाई प्रदान गरिएको थियो । त्यसैगरी  २०७८ सालमा चेतनाथ आचार्यको  उपन्यास    रुइबालाई पुरस्कृत गरिएको थियो । 

गीत सङ्गीतका मार्फत् नेपाली जातिको जागरणमा जीवनपर्यन्त लागेका मास्टर मित्रसेन थापाको जीवनकथामा आधारित आख्या हितानको लाहुरेको रेलिमाई पुरसकृत हुँदै गरेको उपन्यासले गायक थापाको दृष्टिविन्दूबाट प्रथम विश्वयुद्धको विदारक चित्रण प्रस्तुत  गरेको छ । 

अरनिको अन्तर्राष्ट्रिय पुरस्कार ब्यवस्थापन समितिका अध्यक्ष हिक्मत थापाले पुरस्कार रकम हस्तान्तरण गर्ने मिति पछि थय गरिने बताए ।

प्रकाशित:

९९७ दिन अगाडि

|

८ पुष २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९