Above News Title

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको भवनको उदघाटन.  श्रष्टा सम्मानित

भवन बनाउन लमही नगरपालिकाको १७ लाख सहयोग
देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको  भवनको उदघाटन.  श्रष्टा सम्मानित

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्चको नवनिर्मित भवनको लमही नगरपालिकाका मेयर जोगराज चौधरीले उदघाटन गरेका छन्  ।

दाङको लमहीमा मंसिर १६ गते शनिबार आयोजित मञ्चको १३ औं वार्षिक उत्सवको समारोहको अवसरमा भवन उदघाटन गरिएको हो ।

लमही नगर विकास समितिले उपलब्ध गराएको १५ धुर जग्गामा कार्यालय कक्ष, पुस्तकालय कक्ष र सभाहल समेतको भवन तयार गरिएको छ। भवन बनाउनका लागि लमही नगरपालिकाले १७ लाख, राजपुर गाउँपालिकाले २ लाख, राप्ती गाउँपालिकाले १ लाख ५० हजार र गढवा गाउँपालिकाले १ लाख २५ हजार रूपैयाँ अनुदान सहयोग गरेको मञ्चका अध्यक्ष हरि पोख्रेलले बताए ।

सोही अवसरमा देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङले पाँच श्रष्टालाई सम्मान गरेको छ । देवराज पाठक संस्थापक रहेको ‘पाठक कला संगीत सम्मान’ बाट संगीतकार सन्तोष श्रेष्ठ, निमबहादुर थापाले स्थापना गरेको ‘होतविष्णु साहित्य पुरस्कार’ बाट गंगानाथ कोइराला, धर्मराज पाण्डेले स्थापना गरेको ‘खिमानन्द केशरा साहित्य पुरस्कार’बाट शेरबहादुर चौधरी र शेरबहादुर चौधरीले स्थापना गरेको ‘ठागुरामपति साहित्य पुरस्कार’बाट गीतकार के. डी. शर्मालाई सम्मान गरिएको मञ्चका सचिव केशव शर्मा घिमिरेले जानकारी दिए ।

यसैगरी ‘अग्रज स्रष्टा सम्मान’ बाट ७५ वर्षीया दुर्गादेवी अधिकारीलाई पनि सम्मान गरिएको थियो । यसैगरी शेषमणि शर्मा घिमिरे/कृष्णा शर्मा संस्थापक रहेको ‘बाल प्रतिभा पुरस्कार’ बाट शान्ति गुप्ता (आदर्श नमूना मावि लालमटिया), अनिता सुन्दास (शंकर मावि पिपरी) र मनिष के.सी.(मा.वि. फल्कापुर) लाई पुरस्कृत गरिएको थियो ।

कार्यक्रममा तीन स्रष्टाका तीन कृति पनि लोकार्पण गरिएको थियो । शेषमणि शर्मा घिमिरेको कविता संग्रह ‘देउखुरीको माटो’, जागेश्वर शर्मा घिमिरेको ‘देउखुरीमा बाछिटा’ र दुर्गादेवी अधिकारीको ‘आमाको वेदना’ (गीति काव्यको दोस्रो संस्करण) लोकार्पण गरिएको सचिव केशव शर्मा घिमिरेले जानकारी दिए ।

मञ्चका अध्यक्ष हरि पोख्रेलको सभापतित्वमा भएको कार्यक्रममा संस्कृत विश्वविद्यालयका उपकुलपति प्रा.डा. यादव प्रकाश लामिछाने, लमही नगरपालिकाका मेयर जोगराज चौधरी, राप्ती साहित्य परिषदका केन्द्रीय अध्यक्ष डा. टीकाराम उदासी, प्रगतिशील लेखक संघका केन्द्रीय सल्लाहकार पद्म प्रसाद शर्मा राप्ती साहित्य परिषदका वरिष्ठ केन्द्रीय उपाध्यक्ष कमलमणि देवकोटा, प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य टीका बस्नेत, कवि तथा गीतकार गणेश विषम, नारायण नेपाल, चारु साहित्य तथा संस्कृति प्रतिष्ठानका लुम्बिनी प्रदेश अध्यक्ष तेजप्रसाद खनाल, दाङ साहित्य तथा सांस्कृतिक प्रतिष्ठानका अध्यक्ष डिल्लीराज श्रीधर, शिवगढी साहित्य संगम कपिलवस्तुका अध्यक्ष अर्जुन शर लगायतको उपस्थिति थियो । कार्यक्रममा कवि तथा श्रष्टाहरुले आफ्ना रचना वाचन पनि गरेका थिए ।

५ लाख रुपैयाँ बराबरको १५ प्रकारका अक्षयकोष स्थापना भएको यस मञ्चका हालसम्म १७० आजीवन सदस्यहरु छन् । मञ्चले विभिन्न विधागत कार्यक्रमहरू समेटी संस्थाको वार्षिक कार्यतालिका समेत सार्वजनिक गरेको छ जसमा रचना वाचन, कृति समीक्षा, सांगीतिक प्रस्तुति, भाषा, कला, साहित्य तथा संस्कृति विषयक अन्तरसंवाद, स्रष्टाको घर कार्यक्रम, साहित्यिक वनभोज तथा भ्रमण लगायतका कार्यक्रमहरु छन् ।

देउखुरी साहित्य तथा सांस्कृतिक मञ्च दाङ २०६३ सालमा स्थापना भएको हो ।

प्रकाशित:

१०१८ दिन अगाडि

|

१७ मंसिर २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९