सुर्खेतको वीरेन्द्रनगरमा एक समारोहका बिच थारू लोक ऐतिहासिक, पौराणिक विषय संस्कृति झल्कने थारू समुदायको सख्या नाच गीतको लघु चलचित्र (डकुमेन्ट्री) सार्वजनिक भएको छ ।
लखागिन थारू उत्थान मञ्च सुर्खेतको मूल व्यानर र थारू कल्याणकारणी सभाको समन्वयमा निर्मित सुर्खेतमा सुटिङ भएको सख्या नाच गीतको डकुमेन्ट्रीको थारू संस्कृतिविद अनुसन्धाता मानबहादुर चौधरी ‘पन्ना’ले लेखन तथा निर्देशन गरेका हुन् । यसको निर्माता समाजसेवी शनिश्रा महतम रहेका छन् । डकुमेन्ट्रीको छायांकन तथा सम्पादन दीर्ग चौधरीले गरेका हुन् ।
कार्यक्रमका प्रमुख अतिथि एवम् मध्यपरिश्चमाञ्चल विश्वविद्यालयका पूर्व रजिष्टार एवम् त्रिविका उपप्रध्यापक डा. महेन्द्र कुमार मल्लले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारू जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा सख्या नाच गीतको डकुमेन्ट्रीले कोसेढुङ्गा सावित हुने कुरा बताए ।
पहिचान मौलिकतामा आधारित हुन्छ । संस्कृतिलाई अतिक्रमित हुन दिनु हुन्न । आफ्नो पहिचान संस्कृति बचाए मात्र अधिकार स्थपित हुन्छ । यो डकुमेन्ट्री हेर्दा सानो लागे पनि कालान्तारमा यसले ठुलो महत्व राख्ने उनको भनाइ थियो ।
संस्कृतिले इतिहास बोल्छ, जीवनशैलीलाई जनाउँछ । संस्कृति रहनसहन जीवनशैली भएकोले ज्ञानको अथाह भण्डार हो । गीत संस्कृति समाजकै दर्पण भएकोले यस्ता रचनात्मक कार्यमा युवापुस्ताले ध्यानदिनु पर्नेमा मल्लको जोड थियो ।
आफू पनि थारू समुदायमा हुर्केकोले परम्परागत चालचलन नाच गीतको दृश्यले पुरानो थारू गाउँघरको सम्झना भएको बताउँदै सुर्खेतका थारू समुदायको हस्ती मानबहादुर पन्ना आफ्ने शिष्य भएकोले यति राम्रो काम गरेको गौरवको अनुभूति भएकोे बताए ।
सुर्खेतका समाजसेवी तथा वरिष्ठ अधिवक्ता धुु्रब कुमार श्रेष्ठले आफू बालापनदेखि नै थारू समुदायमा हुर्केकोले थारू समुदायको कला संस्कृतिप्रति सधै सद्भाव र सहयोग रहने कुरा बताए । सानैदेखि नै आफू पनि सख्या नाचमा सहभागी भएको कुरा व्यक्त गर्दै लखागिन थारू उत्थान मञ्च सुर्खेतले निर्माण गरेको डकुमेन्ट्रीले थारूको पहिचान बचाउने अभियान सुरु गरेको महसुस गरेको कुरा व्यक्त गरे ।
अनुसन्धाता मानबहादुर चौधरी पन्नाले डकुमेन्ट्रीबारे प्रष्ट्याएका थिए । सख्या नाच हरेक वर्षको दसैँको अगाडि कृष्णजन्माष्टमी अटवारी पर्वपछि सुरु भइ दसैँ तिहारसम्म नाचिने संस्कृति हो । यस सख्या गीतमा १५ वटा खण्ड र ३३ सय श्लोक छ, जुन महाभारतकालीन कृष्णका माता देवकी (जासु), बुवा वासुदेव (इसरु),कृष्ण (कान्हा), कंस, राधासँग सम्बन्धित छ । त्यसैगरी गीतमा संसारको सृष्टि कसरी भयो ? संसारकै सृष्टिसँगै सुरुमा पृथ्वीमा के के उत्पत्ति भए ? मानव जातिले यस धर्तिमा कसरी जीवन सङ्घर्ष गरे ? भन्ने कुराको आख्यान यस नाच गीतमा पाइने कुरा उनले बताए ।
सख्या नाचले चाडपर्वमा सबै उमेर समूहका नचुन्या, मादलेहरु, गाउँका भद्रभलाद्मी जम्मा भई सरसल्लाह गरी गुरुवा केसौका (गाउँका तन्त्रमन्त्र जान्ने) सँग पूजापाठ गरी गरी अगुवा मादले पछुवा मादले त्यसैगरी गीत गाउने अगुवा मोह्रिन्या र पश्गिन्या छानेर ठूलै समूहमा नाचिने नाच हो । त्यसैले यसको सामाजिक महत्व पनि निकै छ, पन्नाले भने ।
त्यसैगरी पाँच पाण्डप, देृतीबज्यै, अन्य गाउँको भुइ भुइह्यार साझा देउथानका देउतालाई पुकारा गरी नाचिने भएकाले यसको धार्मिक महत्व पनि उत्तिकै रहेको निर्देशक ‘पन्ना’ले बताए ।
डकुमेन्ट्रीका निर्माता शनिश्रा दहित महतमले थारूहरुको थुप्रै लोक संस्कृतिमध्ये झुमरा, हुरडङ्ग्वा, मघौटा, मुङ्ग्रह्वा आदि मध्ये थारू सख्या नाच पौराणिक ऐतिहासिक गाथामा आधारित नाच र गीत भएकोले यसको बेग्ले महत्व रहेको बताए ।
यस डकुमेन्ट्रीले थारूहरुको मौलिकपनलाई पक्रेको छ । नाच्दा गाउँदा प्रयोग गरिने लोक बाजा मादल, मुजुराको प्रयोग, पूजाविधि, सबै पाटो राम्रो छ । यसलाई अझै राम्रो बनाउन सम्ह्रौटी गीतको भागलाई पनि समेट्न सके सुनमा सुगन्ध हुने कुरा सुझाए ।
थारू लोकपरम्परा, संस्कृति दिनप्रतिदिन लोप हुने क्रममा रहेकाले पुराना पुस्ताका ऐतिहासिक, धार्मिक, सांस्कृतिक र सामाजिक महत्व बोकेको यस्ता नाचलाई जीवन्त राख्नका लागि डकुमेन्ट्री निर्माण गरेको महतमले बताए ।
कार्यक्रममा थारू अगुवा जागुराम थारू, राजु चौधरीले पनि विचार व्यक्त गरेका थिए ।
यसैगरी, कार्यक्रममा सख्या नाच गीत डकुमेन्ट्रीका निर्माता शनिश्रा महतम र गुरुवा औसिया थारूलाई सम्मान गरिएको थियो ।
प्रकाशित:
१०३९ दिन अगाडि
|
२६ कात्तिक २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९