मानव अधिकार तथा शान्ति समाजले स्रष्टा सम्मान अभियानअन्तर्गत स्थापित पुरस्कारद्वारा वरिष्ठ साहित्यकार राजेन्द्र विमल (धनुषा) डा कृष्णराज सर्वहारी (दाङदेउखुरी) लगायत १५ जना स्रष्टाहरुलाई शनिवार कार्तिक २४ गते
काठमाडौंमा एक कार्यक्रम गरी सम्मान गरेको छ ।
विमललाई चन्द्रकला खनाल अहिंसा स्रष्टा सम्मान तथा सर्वहारीलाई ज्ञानप्रसाद खनाल सहिष्णुता स्रष्टा सम्मान प्रदान गरिएको हो ।
यसैगरी, राधादेवी दाहाल सद्भाव स्रष्टा सम्मान डा रामप्रसाद ज्ञवाली (गुल्मी), कृष्णकुमारी दाहाल शान्ति स्रष्टा सम्मान सुलोचना मानन्धर (काठमाडांै), पवित्रादेवी चौलागाइँ मानवअधिकार स्रष्टा सम्मान प्राडा सावित्री कक्षपति (पाल्पा), मानबहादुर रावल वातावरण स्रष्टा सम्मान प्रा नवराज पाण्डेय (अर्घाखाँची)लाई प्रदान गरिएको छ ।
त्यस्तै, जोगमाया बराल स्रष्टा सौगात मुकुन्द आचार्य (मकवानपुर), भूमिप्रसाद बराल स्रष्टा सौगात बाजुराम पौडेल (काठमाडौं), जनककुमारी रेग्मी स्रष्टा सौगात कमलादेवी हेमचुरी (ललितपुर), श्रीप्रसाद दाहाल स्रष्टा सौगात लीला राना (स्याङ्जा), राधादेवी दाहाल स्रष्टा सौगात मधुराज केरुङ (पाँचथर), श्रीनारायण दाहाल स्रष्टा सौगात मधु शाही बस्नेत (हुम्ला), पद्मप्रसाद दाहाल स्रष्टा सौगात हंसावती कुर्मी (कपिलवस्तु) र गणेशबहादुर श्रेष्ठ स्रष्टा सौगात मधु हमाल ‘बालकुमारी’ (कञ्चनपुर) लाई प्रदान गरिएको छ ।
समाजले महाप्रसाद रिजाल लोकतन्त्र स्रष्टा सम्मान स्रष्टा राजेश्वर नेपाली (धनुषा)लाई मरणोपरान्त प्रदान गरेको छ । उनको २०८० भदौ ११ गते निधन भएको थियो ।
पुरस्कृत हुनेहरुमा सातजना महिला स्रष्टा छन् भने सातवटै प्रदेशको प्रतिनिधित्व रहेको छ । पुरस्कृत स्रष्टाहरुले मानवअधिकार, शान्ति, लोकतन्त्र र सामाजिक न्यायको आन्दोलनमा योगदान गर्नुका साथै नेपालीका अतिरिक्त मैथिली, भोजपुरी, संस्कृत, नेवारी, थारू, अवधि, मगर, र लिम्बू गरी आठ भाषामा विशेष योगदान गरेका छन् ।
पुरस्कार राशी जनही २० हजार रुपैया नगद तथा प्रमाणपत्र रहेको थियो । शान्ति समाजका अध्यक्ष रामकृष्ण बरालले पुरस्कृत स्रष्टालाई सम्मान गरेका थिए । पुरस्कृत स्रष्टाहरुले रचना पनि वाचन गरेका थिए ।
स्रष्टा सम्मान अभियान अन्तर्गत शान्ति समाजले स्रष्टाहरुलाई पुरस्कृत गर्न थालेको यो चौथो वर्ष हो ।
प्रकाशित:
१०३९ दिन अगाडि
|
२६ कात्तिक २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९