माया श्रेष्ठ
१२ अक्टोवर विश्व दृष्टि दिवस । नेपाललगायत विश्वभर दृष्टि दिवस मनाइदैँछ । आँखामा अन्धोपन ल्याउने मुख्य कारक तत्व मोतीविन्दु हो । मोतीबिन्दुले ७० देखि ८० प्रतिशत अन्धोपना गराउँछ ।
त्यसपछि डाइबेटिजका कारण डाइबेटिज रेटिनोप्याथी गराउने त्रिवि शिक्षण अस्पताल (टिचिङ) का नेत्ररोग विशेषज्ञडा सञ्जीव भट्टराई बताउँछन् । उनका अनुसार जलविन्दु, आँखाको नानीमा आउने समस्या,चोटपटक, आँखामा पावर कम हुँदा, एकथरी अन्धोपना ल्याउने दृष्टि कम्जोरीले आँखामा अन्धोपना ल्याउँछ ।
नेपालमा अन्धोपन हुने क्रमशः कम हुँदै गएपनिदृष्टिमा समस्या बढ्दै गएको डा. भट्टराईको भनाइ छ । जस्तै, ब्लड प्रेसर भएमा,सुगर, थाइराइड, भिरङ्गीलगायत यौनजन्य रोग,बाथ तथा जोर्नी (अर्थराइटिस), दादुरा, जनैखटिरा,कुष्ठरोग,क्षयरोगहुँदा उपचार गरी आँखा परीक्षण नगर्दा बाहिरी तहदेखि भित्री तहसम्म आँखाको दृष्टि घट्ने खतरा बढेको उनको भनाइ छ ।
अन्य रोगले दृष्टिमा कस्तो असर गर्छ ?
अन्य रोगहरू शरीरमा देखिदा आँखामा पनि असर गर्ने भएकाले सचेत हुन आँखा रोग विशेषज्ञहरूको सुझाव छ । जस्तो उच्च रक्तचाप हुँदा,सुगर भई नियमित रुपमाऔषधि सेवन गर्न सुरु गरिएपनि आँखाको पर्दालाई असर गर्ने, आँखामा रक्तश्राव हुने,आँखामा पानी जम्ने, कुनै अवस्थामा पर्दा नै फाट्ने सम्भावना हुने भएकाले यी बिरामीले आँखा जाँच गर्न अतिआवश्यक पर्ने उनको भनाई छ ।
आँखामा असर पार्न सक्ने यी रोगले अन्धोपन नबनाएपनि आँखामा सुख्खापन, आँखाको भित्री भागको रेटिनालाई समेत असर गर्ने डा. भट्टराईले बताए ।
नियमित आँखा परीक्षण
शरीरमा कुनै पनि स्वास्थ्य समस्या नदेखिएपनि ६–६ महिनामा आँखाको दृष्टि जँचाउनुपर्छ । उच्च रक्तचाप हुँदा, सुगर हुँदा क्रमशः दृष्टि मधुरो हुँदै जाने भएकाले अनिवार्य रुपमा आँखा जाँच गर्नुपर्ने उनले बताए ।
चस्मा लगाइराखिएको अवस्थामा आँखाको पावर चाँडो घट्दै गएमाआँखा सुख्खा भई पोल्ने जस्ता समस्या देखिन्छन् । शरीरमा देखिने विभिन्न रोगले केही महिना, केही वर्षपछि आँखामा असर गर्ने भएकाले चिकित्सकको सल्लाहमा अनिवार्य आँखा परीक्षण गर्नुपर्छ ।
प्रेसर,सुगर रोग पुरानै भएपनि पछिल्लो समययी रोग लाग्नेको संख्या बढ्दै गएको छ । जसका कारण आँखा समस्या हुने दरपनि बढ्दै गएको डा. भट्टराईको जिकिर छ ।
प्रकाशित:
१११३ दिन अगाडि
|
२५ असोज २०८०
३ दिन अगाडि
|
१० कात्तिक २०८३
३ दिन अगाडि
|
९ कात्तिक २०८३
४ दिन अगाडि
|
८ कात्तिक २०८३
१४ दिन अगाडि
|
२९ असोज २०८३
१५ दिन अगाडि
|
२८ असोज २०८३
१९ दिन अगाडि
|
२४ असोज २०८३
२२ दिन अगाडि
|
२० असोज २०८३
१४७८ दिन अगाडि
|
२५ असोज २०७९
१५१३ दिन अगाडि
|
२१ भदौ २०७९
१५२३ दिन अगाडि
|
१२ भदौ २०७९
१४७८ दिन अगाडि
|
२६ असोज २०७९
१४२७ दिन अगाडि
|
१५ मंसिर २०७९
१४८३ दिन अगाडि
|
२० असोज २०७९
१४१६ दिन अगाडि
|
२७ मंसिर २०७९