Above News Title

हौली परिवारको २८औं साधारण सभा सम्पन्न

कार्यक्रममा चार वटा थारु पुस्तक लोकार्पण
हौली परिवारको २८औं साधारण सभा सम्पन्न

हौली परिवारको २८औं वार्षिक साधारण सभा असोज १६ गते मंगलवार सुनसरीको दुहवीस्थित आफ्टर डार्क पार्टी प्यालेसमा सम्पन्न भएको छ ।

कार्यक्रममा लेखक रामसागर चौधरीको “हालत” थारू कविता संग्रह र “थारु लोकनाच चोरखेलिया” तथा कवि प्रकाशनारायण चौधरीको “ प्रकाश के चिन्ता” थारू कविता संग्रह एवम् “हौली” थारु पत्रिका कार्यक्रमका प्रमुख अतिथि वेदनारायण गच्छदारबाट लोकार्पण गरियो । 

कार्यक्रममा मेयर गच्छदारले थारु भाषा र संस्कृति लोप हुंदै गएकोमा हौली परिवारले पुनरजागरण गर्ने सराहनीय काम गरेकोमा यस अभियानमा आफ्नो सहयोग रहने बताए । उनले समाजमा रहेको बिकृति, बिसंगति, दुब्र्यसनीको सुधार र जनचेतना फैलाउने काममा पनि हौली परिवारलाई लाग्न भन्दै दुहवी नगरपालिकाले यसमा साथ दिने बताए ।

लोकार्पित प्रकाशित पुस्तकहरुको बारेमा अमेरिकामा ओल्ड डोमिन विश्वविद्यालयका पूर्वीय दर्शनशास्त्रका प्रोफेसर दिनेश पौडेलले समीक्षा गरेका थिए । 

हौली परिवारले गरेको कामहरुको अधिकांश वक्ताहरुले प्रसंसा गर्नुका साथै अझै शसक्त रुपमा काम गर्न सुझाव दिएका थिए । सांसद जयप्रकाश चौधरीले हौली परिवारको संरचना बिस्तार गर्न तथा हौली पत्रिकालाई निरन्तरता दिन सुझाव दिए । 

गढी गाउँपालिकाका अध्यक्ष आशनारायण चौधरीले यी लोकार्पित प्रकाशित पुस्तकहरुले थारु समुदायमा अमर रहने बताए । 
२८औं बार्षिक साधारण सभाको अध्यक्षता हौली परिवारका अध्यक्ष  श्रवण सुथियार थारुले गरेका थिए । उनले परिवारको आब २०७९÷८० को वार्षिक प्रतिवेदन र नीति कार्यक्रमहरु पेश गरेका थिए । 

सो अवसरमा भाषा साहित्य र सामाजिक क्षेत्रमा योगदान गर्ने रामसागर चौधरी, प्रकाशनारायण चौधरी,रुद्रनारायण चौधरी, अवधनारायण माझी, बन्नालाल चौधरी, बालकृष्ण चौधरीलाई प्रमुख अतिथि मेयर गच्छदारबाट सम्मान प्रदान गरियो ।

साथै, अध्यक्ष सुथियारबाट प्रमुख अतिथि र अतिथिहरूलाई हौली परिवारको तर्फबाट मायाको चिनो प्रदान गरिएको थियो । 
कार्यक्रममा बूढीगंगा गाउँपालिकाका उपाध्यक्ष अमृता कुमारी गच्छदार, पूर्व गाउंपालिका अध्यक्ष बालचन्द्र माझीलगायत थारु कल्याणकारिणी सभा, थारू विद्यार्थी समाजका, थारु महिला सभा र हौली परिवारका पदाधिकारीहरुको उपस्थिति रहेको थियो ।

हौली परिवार थारु भाषा, संस्कृतिको विकास तथा संरक्षणका लागि २०४२ सालदेखि कार्यरत छ । यो परिवार संस्थाको रुपमा २०५१ साल माघ २२ गते जिल्ला प्रशासन कार्यालयमा, मोरङमा दर्ता भएको हो। 

यस परिवारले थारु भाषामा हौली वार्षिक पत्रिका २०७९ सम्ममा १५ अंक प्रकाशन गरिसकेको छ । बिभिन्न साहित्यिक गोष्ठीहरु संचालन गर्नुका साथै थारु लेखक संघले आयोजना गर्ने राष्ट्रिय थारु साहित्य सम्मेलनहरुमा सहभागिता जनाउँदै आएको छ । हौली परिवारको संयोजनमा आगामी माघमा आठौं राष्ट्रिय थारु साहित्य सम्मेलन मोरङमा गरिने भएको छ । 

 

प्रकाशित:

१०७८ दिन अगाडि

|

१७ असोज २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९