नीरा शर्मा
मैले धेरै पढेँ
आमाका बेदनाका कथाहरु
तर कहिल्यै पढिन
बाका अनुहारमा सलबलाएका
दु:खका बक्ररेखाहरु
धेरै पटक कविहरुले
आमाकै तारिफमा कबिता कोरे
आमाकै गीत संगीत भरे
आमालाई धर्ती भन्नेहरुले
बालाई कहिल्यै आकाश भनेनन्
र त
बा सँधै ओझेल परे ।
बारीको डीलमा चुपचाप
ठिंग उभिएको बूढो रुख झैं
बा कहिल्यै उभिएनन्
भन्ज्यांगको चौतारी झैं
ढसमस्स बसेनन् बा कहिल्यै
बा त
हाम्रो अँधेरो मेटाउन
मैन झै जलिरहे
हाम्रा खुसी समेट्न
मोनो रेल झैं चलिरहे
जिन्दगी भर कुदिरहे कुदिरहे
थाकेर सुइय नगरि
सँधै एक्लै कुदिरहे
त्यसैले त अग्लिदैछ एक्लोपनको हिमाल
बाको मनभित्र ।
यतिखेर
लम्पसार छ निरस जिन्दगी
बाकै अघिल्तिर
थिचिएर त्रासले सँधै
घुरिरहन्छ घ्वारघ्वार
कुम्भकर्णको निद्रामा
बाको अन्योल जिन्दगी
तर बा
करकलाको पातमा टलपल पानी झैं
आँसु टिलपिलाएका आँखामा
निद्रा हराएपछि
खुसीहरुको सिला खोज्दैछन्
परेलीका डीलहरुमा ।
बोल्दा बोल्दै भासिन्छ बाको स्वर
बोली बन्द हुन्छ एकाएक
थाहा पाउछु म गला अबरुद्ध भएको
र पनि दबाएर सबै पीडा
मुस्कुराएको अभिनय गर्छन्
म चिन्छु त्यो मुस्कान
त्यो नक्कली मुस्कान
जो बाको होइन
हुदै होइन ।
फुंग रंग उडेका
उदासीका फूलहरु
फुलेका छन् बाका मुहार भरि
चाउरिएर
ग्राफ जस्ता गालाका रेखाहरुमा
कतै एक धर्को सन्तोष छैन
कपाल झरेर खुइलिएको बाको तालुमा
जिम्मेवारीको चर्को घामले
उदाए देखि अस्ताउदा सम्म
ठुंगिरहन्छ ।
भित्र मनमा कता कता
बिगत र आगतको
उही चिन्ताको पहाड उभिएको छ
र बा त्यही पहाडमा उभिएर
संसार जितेको नाटक गर्छन्
अनि बाँड्छन् हामीलाई
पैंचो मागेका उधारा खुसीहरु
तर यथार्थमा
बा हारिरहन्छन् पलपल
मेरो लागि
तिम्रो लागि र
हाम्रो लागि
हो, बा त्यो हरुवा हो
जो सँधै हारिरहन्छन्
केवल सन्तानका लागि ।
प्रकाशित:
१०९८ दिन अगाडि
|
२८ भदौ २०८०
२ दिन अगाडि
|
२९ भदौ २०८३
३ दिन अगाडि
|
२८ भदौ २०८३
१६ दिन अगाडि
|
१५ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
१८ दिन अगाडि
|
१३ भदौ २०८३
२३ दिन अगाडि
|
७ भदौ २०८३
३२ दिन अगाडि
|
२९ साउन २०८३
१४३६ दिन अगाडि
|
२५ असोज २०७९
१४७० दिन अगाडि
|
२१ भदौ २०७९
१४८० दिन अगाडि
|
१२ भदौ २०७९
१४३५ दिन अगाडि
|
२६ असोज २०७९
१३८४ दिन अगाडि
|
१५ मंसिर २०७९
१४४० दिन अगाडि
|
२० असोज २०७९
१३७३ दिन अगाडि
|
२७ मंसिर २०७९