Above News Title

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

लखागिन थारु उत्थान मञ्चको दोस्रो साधारण सभा सम्पन्न 

लखागिन थारु उत्थान मञ्च, सुर्खेतको दोस्रो साधारण सभा वीरेन्द्रनगरमा एक समारोहकाबीच भदौ २३ गते शनिवार सम्पन्न भएको छ ।

मञ्ले गरेको विभिन्न कार्यक्रमको आर्थिक वर्ष २०७९÷०८० असार मसान्तसम्मको ३ लाख ७९ हजार ३८४ रुपैंयाको आय व्यय प्रस्तुत गरेको छ ।

साधारण सभा कार्यक्रममा अध्यक्ष मानबहादुर चौधरी पन्नाले आर्थिक प्रतिवेदन तथा आगामी वर्षमा गरिने वार्षिक कार्ययोजना तथा उपाध्यक्ष लोकबहादुर चौधरीले प्रगति प्रतिवेदन प्रस्तुत गरेका थिए । प्रस्तुत गरिएको आर्थिक प्रतिवेदन तथा प्रगति प्रतिवेदन सर्वसम्मतबाट पारित भएको छ ।

कार्यक्रमका प्रमुख अतिथि एवं वीरेन्द्रनगर नगरपालिकाका ९ नं वडाका वडाध्यक्ष ऋषि गिरीले सुर्खेत उपत्यकाका मुल आदिवासीको रुपमा चिनिने थारु जातिको लोकसंस्कृति लोप हुँदै गइरहेको अवस्थामा लखागिन थारु उत्थान मञ्चले सामाजिक, आर्थिक, सांस्कृतिक क्षेत्रमा मियोको रुपमा काम गरिरहेको बताउदै  थारु समुदायमा राजनीतिक रुपमा पनि अघि बढ्नु पर्नेमा जोड दिए ।  

थारु समुदायमा लाग्ने सिकलसेल एनिमिया रोगको उपचार गर्न यहाँका थारुहरुलाई अब लाटीकोइलीमा बन्दै गरेको स्वास्थ्य अस्पतालबाट निकट भविष्यमा व्यवस्था हुने कुराको जानकारी उनले गराए । आफू थारु समुदायमा हुर्केकोले थारु समुदायको समस्या बुझेका आफ्नो वडाबाट हुने जुनसुकै कुरामा सहयोग हुने पनि वडाध्यक्ष गिरीले प्रतिवद्धत व्यक्त गरे ।

कार्यक्रममा थारु कल्याणकारिणी सभाका केन्द्रीय सदस्य कृष्णबहादुर थारुले संस्कृति मानव जातिकै उपज भएकोले आजको परिवर्तनशील समयमा यसको मौलिकताको संरक्षण गीत, चालचलन र परम्पराको संरक्षणको लागि लखागिनले काम गर्दै आएकोमा खुशी व्यक्त गरे ।

उनले हरेक जातिको कला संस्कृति नेपालकै संस्कृति भएकोले यसको संरक्षण गर्नु राज्यको दायित्व भएको तर यसका लागि थारु समुदाय आफैमा जागरुक हुनुपर्ने जिकिर गरे ।

लखागिन थारु उत्थान मञ्च, सुर्खेतका सल्लाहकार जागुराम थारुले थारुहरु संस्कृतिका धनी हँुदाहुदै पनि अन्य पहाडी समाजको प्रभाव, विश्वव्यापीकरणका कारण आफ्नो संस्कृति खोज्नुपर्ने अवस्था आइरहेकोप्रति सङ्केत गर्दै यस संस्थाले थारु समुदायको संस्कृति बचाउने कार्य ऐतिहासिक  उपलब्धि भएको बताए  ।

कार्यक्रममा लखागिन थारु उत्थान मञ्चका संरक्षक सनिसरा दहितले थारु समुदायको अगुवाई गरी यस संस्थाले राम्रो उदाहरणीय कार्य गएकोले आगामी दिनमा पनि निरन्तरता दिनुपर्नेमा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा थारु कल्याणकारिणी सभा सुर्खेतका सभापति बेचुलाल चौधरी, वीरेन्द्रनगर नगरपालिका वडा नं २ का वडासदस्य रमेश चौधरी, थारु अगुवा मानबिर थारु, भागिराम थारुलगायतका वक्ताहरुले थारुहरु आफ्नो हकहितका लागि एकजुट हुँदै अघि बढ्नुपर्नेमा जोड दिएका थिए ।

 

प्रकाशित:

१०९९ दिन अगाडि

|

२७ भदौ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३६ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४७० दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४८० दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३५ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८४ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४४० दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७३ दिन अगाडि

|

२७ मंसिर २०७९