Above News Title

सकम्बरी

सकम्बरी

छविलाल खड्का

‘ए राधा, छिटो गर न । ढिला हुन्छ के ।’ कृष्ण मुरारी पाखण्डी हतारमा थिए । 

‘किन ? के हतार भयो र ?’ उनले पुलुक्क हेरिन् । 

‘हिजो भनेको बिर्सियो ? मेरो उपन्यास सकम्बरीले सम्मान पाउँदैछ ।’ उनले सम्झाए ।

तयारीपछि दुवै हिँडे । कार्यक्रमस्थल प्रवेश गरे ।

कार्यक्रमस्थल झकिझकाउ थियो । मुर्धन्य साहित्यकारहरूको उपस्थिति भइसकेको थियो । 

औपचारिक कार्यक्रम सुरु भयो, भाषण भीषण भए । प्रमुख अतिथिबाट निधारमा रातो टीका, काँधमा दोसल्ला र हातमा सम्मान पत्र पाउँदा गर्वानुभूति महसुस गरे, लेखक कृष्ण मुरारी पाखण्डीले ।

कार्यक्रम समापन भयो । दम्पती बिदा भएर निस्के । 

राधाले खुसुक्कै सोधिन्, ‘सम्मानमा पैसा सैसा त केही छैन त ?’

‘धन पैसाको भन्दा सम्मान पत्रको महत्त्व बेग्लै हुन्छ । पैसा भनेको त उपियाँ हो । फट्किरहन्छ । आज छ, भोलि छैन । यो सधैँ रहिरहन्छ ।’ उनले बेलिविस्तार लगाए ।

फर्किदै गर्दा अचानक उनीहरु सवार बस दुर्घटनामा पर्यो । 

उनको खुट्टा र ढाडमा गहिरो चोट लाग्यो । हतार हतार अस्पताल पुर्याइयो । 

तुरुन्त अप्रेसन गर्नुपर्ने भएकोले एक लाख डिपोजिट गर्न भनियो ।

राधाले सबैसँग सहयोगको हात पसारिन् । तर सबै व्यर्थै भयो । 

उनले नजिक आएकी श्रीमतीलाई पुलुक्क हेर्दै भने, ‘केही उपाय लाग्यो त राधा ?’

‘अँह, कतै जोडजाम गर्न सकिएन । अब हजुरकै सञ्चयकोष निकाल्नु पर्यो ।’ उनले उपाय सुझाइन् ।

उनी द्रविभूत भए । आँसु झारे । केही बोलेनन् । 

‘किन चुप लाग्नु भयो ? सञ्चयकोष निकाल्नु पर्यो भन्या ।’

जिब्रो लर्बराउँदै लेखक महोदयले निराश भावमा भने, ‘त्यही सञ्चयकोष निकालेर त सकम्बरी छापेको ।’

                                                                                                                      कोहलपुर, बाँके

प्रकाशित:

१२०० दिन अगाडि

|

२० जेठ २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९