अचेल,
मेरा नयनका पर्दाभरि
पोतिएका छन्
रंगी–विरंगी वैचारिक रंगहरु
हरियो, बैजनी, रातो अनि के–के हो के–के ।
हरेक बिहान निस्कन्छन्
विकासका नारा लिएर
सानेपाका हरियो जुलुसहरु,
बल्खुका बैजनी किरणहरु,
क्रान्तिको उद्घोष गर्दै
पेरिसडाँडाका राता अनुहार,
अनि, सनातन भजन गाउँदै
गेरुधारी बनारसीलालहरु,
र, छिर्छन सिंंहदरबार ।
यता सप्तरंगी प्रकाश–पुञ्जले
सजाइएको सिंहदरबार
स्वर्गीय झिलिमिलीसंगै
मनोरंगका इन्द्रेणी चक्रले
घुमाउँछ फनफनी
अनि, सेतो पर्दा देखाउँदै
अनुहारभरि कालो पोटेर
पठाउँछ बाहिर
हामी भने,
तिनै काला आकृतिहरुलाई
भगवान भनेर पुजिरहेछौं ।
मौसमहरुले
समयसंगै के–के खबर ल्याउँछन्
रंगहरु आलोपालो गर्दै
एक मुठी माटोको उपहार
र, बिन्ति–पत्र बोकेर
पुग्छन् दिल्लीगेट
यता दिल्ली दरबारले बिन्ति–पत्र
सुर्ती र पानसंगै चपाउँछ
अनि, सिंहदरबारमा पिच्च थुक्छ
हामी भने,
त्यही छिटाको रंगमा होली मनाउँछौं ।
यता, प्रयोगशालाभित्र
धेरै रंगहरु रिकप र टेष्ट–ट्युबमा
कति सजिलै घुल्छन्
तर, उही रंगहरु
कहिलेकाहीं विभक्त हुन्छन् आफै
अनि, एकार्कामा
फोहोर छ्यापाछ्याप गर्छन्
हामी भने,
प्रयोगशालामा रंगहरुका
लुकामारी हेरेर दिन बिताइरहेछौं ।
प्रकाशित:
१२२७ दिन अगाडि
|
२३ वैशाख २०८०
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९