सुशील लामा
अलिकति आफ्नै रहर
अलिकति अस्थिर राजनीति
अलिकति तरल आर्थिक अवस्था
यस्तै यस्तै कुराहरूलाई
कारण बनाएर
म अरूको देशमा निर्यात भएको मान्छे ।
आफ्नै चल अचल सम्पत्ति धितो राखेर
सयकडा पाँच प्रतिशत ब्याज तिरेको
आफ्नै भनाउँदो पैसामा
आफ्नै मान्छेले बेचिएको मान्छे ।
बादलको बाटो हुँदै
थुप्रै थुप्रै डाँडा अनगिन्ती खोला तरेर
हावासँगै बत्तासेको हवाई एयरबस चढेर
सपनाको देशमा
थुप्रै थुप्रै सपनाहरू सजाएर
बा आमाको आशीर्वाद
प्रियसीको मीठो माया
आफन्तीको आश्वासन बोकेर
म बेचिएको संसारमा आइपुगेको छु ।
अलिकति आशाको सपना बोकेर
म आफ्नो देशबाट निर्यात भएदेखि
उर्वर भूमि बाँझो पल्टेर
घरको भान्सामा पाक्ने
तरकारीदेखि
पाक्ने दाल, चामल
आयात हुँदैछन् छिमेकी मुलुकदेखि
कस्मेटिक र फेन्सीदेखि
सियोदेखि फालीसम्म
आयात भएर आउँदैछ अन्य मुलुकदेखि
बाँकी अरूको के कुरा गरौँ
म बेचिएको मान्छे ।
अरू अरू टाढाको मान्छेले होइन
आफ्नै देशको
असरल्ल परेको व्यवस्थाले
धकेली पठाएको मान्छे,
सपनाहरूको इन्द्रेणी बुट्टा बुट्टीमा
आशाको गुराँस फुलाउँदै
समुद्रको साथ किनारामा रहेको
बालुवामा कोरेको मीठो सपना
समुन्द्रको लहरसँगै बगिदिन्छ ।
अनिदो रातहरूसँगै पलाएको मनको चाह
बिहानी पखको प्रवासी शीतको प्रवाहसँगै
मरुभूमिमा चर्दै गरेको ऊँटको तिर्खामा
तृप्त भएको पाउँछु
म हेलिएको मान्छे ।
म रहरले होइन, बाध्यताको करौँतीले
रेटी पठाएको मान्छे
बिहानै उदाउने घामले
लिएर आउँछ सन्देश
आमाले सपना नराम्रो देख्यो रे
सन्चो बिसन्चो के छ भनी
दुखेको मनलाई आँसु बनाएर
भिजाउँदै छन् रे चाउरिएको बूढो अधर
पूर्णिमाको राती
रहर र बैँसलाई पर्खाइको पेरोङ्गेमा
कच्याक कुच्चुक पारेर कोच्याउँदै
अँगालो भरिको जीवनसाथी
सम्झी सम्झी
यादको देवालयमा
फर्की आउने दिनको भाकल गरी
पात्ती टिपी
मध्यरातमा सपनासँगै चढाउँदै छन् रे
कहिले झुल्किने होला ?
म स्वदेश फर्किने दिनको न्यानो घाम ।
कहिले उदाउने होला ?
सिङ्गो चन्द्रमा
अँध्यारो रातलाई
मधुर जुनेली किरणले सजाउन
म जुनसँगै बिछोडको घाउ मेटाएर
उमङ्गको प्वाँख जडेर उड्दै
मिलनको मधुमासले
सुन्दर परिवारलाई सजाउन
म बेचिएको मान्छे ।
म निर्यात भएको मान्छे ।
काभ्रे, पाँचखाल
हालः लिमासोल, साइप्रस
प्रकाशित:
१२३४ दिन अगाडि
|
१६ वैशाख २०८०
१८ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९