Above News Title

थबाङ

थबाङ

थबाङ !
बारुदको गन्धबाट हुर्किएको भूगोल
विद्रोहको ज्वालाबाट उठेको बस्ती
र क्रान्तिको धारबाट बगेको मन हो ।
जब पलाउँछन्
बस्तीका डालीहरूमा आकांक्षा गुराँसहरू
कोइलीहरू गाउनेछन्
परिवर्तनका गीतहरू
र, फुल्न थाल्नेछन्
आस्थाका रक्तिम फूलहरू
भने कतै स्याल हुइयाँसँगै
साम्राज्य जमाउँछन् औंसी रातहरू
र तर्साउन खोज्छन् अनेक राँके भूतहरू
तर थबाङ कहिल्यै डराउँदैन
ऊ कहिल्यै तर्सिदैन
किनकि,
थबाङ पूर्णिमा हो र आफै राँको हो ।
बाजहरू
थबाङलाई बारम्बार हेर्छन्
आगोको फिलिङ्गो जस्तै आँखाहरूले 
कोपर्न खोज्छन्
सुइरो जस्तै तिखा नाङ्ग्राहरूल
र, टोक्न आउँछन् भाला जस्तै दाँतहरूले
तर, थबाङ स्वाभिमानको छाती थापेर
निर्भीकतापूर्वक ठिङ्ग उभिरहन्छ ।
जून निलेर औंसीहरू
जब थबाङको स्वाभिमानमाथि
नाइट भिजनहरूबाट
बर्साउँछन् कायरताका गोलीहरू
मिसाइलहरू र बम–बारुदहरू
थबाङ जुरुक्क उठ्छ
ऊ पनि निस्किन्छ समरयात्रामा
र उभिन्छ युद्ध मैदानमा 
रुख, बुट्यान, ढुङ्गाहरूका आर्क लिएर
बङ्कर र सेल्टरहरूबाट 
धैर्यता र साहास बोकेर
आस्था र दृढता बोकेर
प्रतिकारात्मक प्रहार गर्छ
दुर्भाग्य पोखिन्छन् 
माटोमा दुइ–चार थोपा रगतहरू
तर पनि थबाङ, 
सधैं विजयको झण्डा लिएर उभिन्छ ।
थबाङ !
धेरै पटक आश्वासनहरू खाएको छ
झूठहरू अनि भ्रमहरू पचाएको छ
दुःख, बेथिति र नियतिहरू भोगेको छ
अवरोध–प्रतिरोधको सामना पनि गरेको छ
यसरी भोक, रोग र प्याससँग संघर्ष गर्दै
दमन, शोषण र उत्पीडनसँग जुझ्दै
विचारको ज्वार बोकेर
ऊ क्रूरता र आतंक बिरुद्ध विध्वंश मच्चाउँदै 
निस्किन्छ अंगारबाट आँट र विवेक बनेर ।
थबाङ !
दुश्मनहरूका बिरुद्ध
आगोका लप्काहरू ओकल्दै
ज्वालामुखीझैं बिस्फोट हुँदै
ती अनिदा रातहरू ब्युँझाउँदै
ऊ पूर्णिमाको जून जस्तै उदाइरहेछ
र अब कसैको दास बन्नु हुँदैन
कसैको कमारा बन्नु हुँदैन
यही क्रान्तिकारी सन्देश बोकेर
सगरमाथाझैं उच्च स्वाभिमानी भएर
थबाङ चलमलाइरहेछ ।
प्रकृतिका अनुपम सुन्दरतासँगै
जब थबाङखोला सुसाउँछ
झुपडी, गरीब, निमुखाहरूको आवाज
प्रकृति पूजकहरूको भूमे
प्राचीन कला–संस्कृति र पहिचान
सुनछहरी गाउँछ शान्तिको गीत
र उत्साहको हातहरू हल्लाइरहेछ जलजला
यता आफ्नै आस्था र आफ्नै भरोसामा 
सगर्व बाँचिरहेछ थबाङ ।

प्रकाशित:

१२३९ दिन अगाडि

|

१२ वैशाख २०८०

रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?
रेशम चौधरीको उम्मेदवारी विरुद्ध उजुरी किन ?

१४३४ दिन अगाडि

|

२५ असोज २०७९

डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू
डा. केआई सिंहको बिर्तावाल ‘गुलयारी’ : थारू उपर कहिल्यै नमेटिने ती घाउहरू

१४६९ दिन अगाडि

|

२१ भदौ २०७९

स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक
स्वतन्त्रहरु अनि नागरिक उन्मुक्ति पार्टीको उदयको दस्तक

१४७९ दिन अगाडि

|

१२ भदौ २०७९

‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई
‘रेशम रक्तबीज हो, एक रेशमको उमेदवारी खारेजले हजार रेशम जन्मिन्छन्ः’ हिमाञ्चल भट्टराई

१४३४ दिन अगाडि

|

२६ असोज २०७९

टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 
टीकापुर घटनाको मुद्दा फिर्ता नलिइए नागरिक उन्मुक्तिका सांसदले शपथ नलिने 

१३८३ दिन अगाडि

|

१५ मंसिर २०७९

रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ
रातीसम्म नाचगान गरेको भन्दै टीकापुर प्रहरीबाट जानकीका ३ जनालाई पक्राउ

१४३९ दिन अगाडि

|

२० असोज २०७९

टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी
टीकापुर घटना राज्यसत्ताले चलाखीपूर्ण रूपमा घटाएको घटना होः मोहना अन्सारी

१३७२ दिन अगाडि

|

२७ मंसिर २०७९