दीपेन्द्र आचार्य
थुन्सेभरी जुन बोकेर
वैशाख जेठतिर
शीतल बाँड्ने मेरी आमा
जब माघ कठ्याङ्ग्रिन्छ नि !
काखभरी भर्भराँउदो आगो ल्याउँछिन्
र भन्छिन्, मेरो काख ताप्दै गर बाबु
बुवा छिट्टै घाम लिएर फिर्नुहुन्छ
बुवा दुबई जानु भा हो आमा ?
त्यहाँ त निकै तातो
घाम पो हुन्छ रे नि ?
हो बाबु,
त्यहाँको घाम कति धेरै तातो हुन्छ रे भने नि !
सगरमाथा छैन रे त्यो देशमा
घामले पग्लिएर ।
हो र आमा,
बुवा कसरी बाँच्नुहुन्छ त त्यो देशमा ?
जिउँदै त फिर्नु हुन्छ नि बुवा ?
सगरमाथा भएको तेरो शीतल देशमा
मन मुटुभरि भरी ज्वालामुखीहरू
विस्फोटन भइरहन्छन् साँझ बिहान
जिउँदै मृत्युहरू आउँछन्
अनि लान्छन् छोराछोरीहरूलाई
बूढी आमाहरूको आँखाभित्रबाट
ह्वाल ह्वाल बगिरहन्छन्,
वेदनाको म्याग्माहरू
अनि तरुनी श्रीमतीको
सिउँदोबाट बगेको रातो लाभाहरुको
इज्जत र सपना पूरा गर्न
आफ्नै सपनाको मृत्युमा
सती गएका श्रीमान्हरू
र, आमाको चोर औँला समातेर
शिशुकक्षा पुगेका सन्तानहरूको
रहर पूरा गर्न
एक चपरी पुर्ख्यौली माटो
बैंकको चर्को व्याजमा धितो राखी
आफ्नै देशको परित्याग गर्दा
मुटुमा गाडिएको पीडाजस्तै
पोल्ने अनि
पोलिरहने छैन बाबु
त्यो देशको घाम ।
त्यो देशको घाम त
प्रिय छ बाबु,
जसले तेरो रित्तो कापीहरूमा
सुनौलो अक्षरहरू भर्छन्
तेरो रित्तो निधारहरूमा
उज्यालो भविष्यहरू कोर्छन्
तेरो बुवा नआए पनि
नयाँ नाना बनेर आउँछ दसैँमा
त्यो देशको घाम ।
यसैले त बाबु
भत्भती पोल्ने त्यो घामले
तेरो बुवाको शरीर
रातो बाकसमा आए पनि
तँ भित्र बाँचिरहनेछन् तेरो बुवा
जिउँदै रहनेछ तेरो सगरaमाथा ।
शिक्षक, श्रीकृष्णाश्रम मावि कन्याम, इलाम
प्रकाशित:
१२६३ दिन अगाडि
|
१८ चैत २०७९
१७ घण्टा अगाडि
|
२९ भदौ २०८३
२ दिन अगाडि
|
२८ भदौ २०८३
१५ दिन अगाडि
|
१५ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
१७ दिन अगाडि
|
१३ भदौ २०८३
२२ दिन अगाडि
|
७ भदौ २०८३
३१ दिन अगाडि
|
२९ साउन २०८३
१४३४ दिन अगाडि
|
२५ असोज २०७९
१४६९ दिन अगाडि
|
२१ भदौ २०७९
१४७९ दिन अगाडि
|
१२ भदौ २०७९
१४३४ दिन अगाडि
|
२६ असोज २०७९
१३८३ दिन अगाडि
|
१५ मंसिर २०७९
१४३९ दिन अगाडि
|
२० असोज २०७९
१३७२ दिन अगाडि
|
२७ मंसिर २०७९